ताजा समाचार

अण्डाको नयाँ बिक्री मूल्य तोकियो, आजदेखि लागु

काठमाडौँ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको छ । संघको काठमाडौँमा सम्पन्न बैठकले अण्डा उत्पादक किसानको सिफारिसअनुसार मूल्य समायोजन गर्ने निर्णय गरेको हो । संघका अनुसार २०८२ साल माघ ४ गते बसेको कार्यसमितिको निर्णयअनुसार माघ ५ गतेदेखि लागु हुने गरी चितवनलाई आधार मानी अण्डाको समर्थन बिक्री मूल्य निर्धारण गरिएको छ ।

नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डाको फार्म मूल्य प्रतिक्रेट ४८० रुपैयाँ, ठूलो अण्डाको ४६५ रुपैयाँ र मिडियम अण्डाको ४४५ रुपैयाँ तोकिएको छ । संघले चितवनबाट लोड भई देशभर अण्डा बिक्री–वितरण गर्दा दूरीअनुसार भाडा, कार्ड र क्रेटसहित प्रतिपेटी १३० रुपैयाँ लाग्ने जनाएको छ । संघका सचिव मदन पोखरेलले तोकिएको मूल्यअनुसार अण्डाको बिक्री–वितरण गर्न सबै सरोकारवालालाई अनुरोध गरेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org