प्रतिनिधिसभा निर्वाचन : ६८ दलका ३,४८४ उम्मेदवार मैदानमा, ६२ प्रतिशत उम्मेदवार ४० वर्षमुनिका
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पहिलो हुने निर्वाचित हुने (FPTP) प्रणालीतर्फ उम्मेदवारी मनोनयन दर्ता गराउनेको संख्या ३ हजार ४ सय ८४ पुगेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार कुल उम्मेदवारमध्ये ३ सय ९५ जना महिला (११ प्रतिशत), ३ हजार ८८ जना पुरुष (७९ प्रतिशत) र १ जना अन्य लिङ्गका छन् ।
राजनीतिक दलका तर्फबाट मनोनयन दर्ता गराउने उम्मेदवारको संख्या २ हजार २ सय ९७ रहेको छ । तीमध्ये २ सय ३५ जना महिला (१० प्रतिशत), २ हजार ६४ जना पुरुष (९० प्रतिशत) र १ जना अन्य लिङ्गका उम्मेदवार छन् ।
स्वतन्त्र उम्मेदवारको संख्या १ हजार १ सय ८७ पुगेको आयोगले जनाएको छ । यसमा १ सय ६० महिला र १ हजार २४ पुरुष उम्मेदवार रहेका छन् ।
उमेर समूहका आधारमा ३६ देखि ४० वर्ष समूहका उम्मेदवार सबैभन्दा बढी देखिएका छन् । यस समूहमा कुल १ हजार ६ सय १० जना उम्मेदवार छन्, जुन कुल संख्याको ४६ प्रतिशत हो । तीमध्ये २ सय ३५ महिला र १ हजार ३ सय ७५ पुरुष छन् ।
२५ देखि ३५ वर्ष उमेर समूहमा ५ सय ८३ जना (१६ प्रतिशत) उम्मेदवार दर्ता भएका छन् भने ४१ देखि ४५ वर्ष उमेर समूहमा १ हजार ९० जना (३१ प्रतिशत) उम्मेदवार रहेका छन् । ४५ वर्षभन्दा माथिका उम्मेदवारको संख्या २ सय १ (५ प्रतिशत) रहेको छ ।
निर्वाचन आयोगका अनुसार यसपटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने राजनीतिक दलको संख्या ६८ पुगेको छ । आयोगले सार्वजनिक गरेको तथ्यांक प्रारम्भिक भएकाले यसमा केही संशोधन हुन सक्ने जनाएको छ ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












