नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ नेपालदेखि विश्वभरि फैलाइँदै
काठमाडौं । नेपालको आफ्नै उत्पादन सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ लाई पाँच वर्षभित्र नेपालव्यापी बिस्तार गर्ने उद्देश्य पूरा गर्न आफूहरु प्रयासरत रहेको यसका सञ्चालक तथा विज्ञहरुले बताएका छन् । आजभोलि तीब्ररुपमा सामाजिक सञ्जाल बिस्तारको काम भइरहेको र नेपालभरिको रोजाईको माध्यम बनाएपछि क्रमशः विश्वव्यापीकरण गर्ने चरणमा आफूहरुको रहेको उनीहरुको भनाइ छ । ग्लोबल डायरीका चारलाख बढी युजर पुगेको अवसरमा यही माघ २८ गते बुधबार काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा पहिलोपटक अफसियलीरुपमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो जनाएका हुन् ।
ग्लोबल डायरी एक स्वदेशी डिजिटल सामाजिक सञ्जाल तथा सूचना प्रविधि प्लेटफर्मको उद्देश्य, सेवा, भावी कार्ययोजना तथा राष्ट्रिय डिजिटल क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयवस्तु सार्वजनिक गर्ने उद्देश्यले पत्रकार सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनमा ग्लोबल डायरीको अवधारणा, विकास यात्रा, स्वदेशी सूचना प्रविधिको प्रवर्द्धन, डिजिटल नेपालको अभियानमा यसको भूमिका तथा आगामी योजनाबारे औपचारिक जानकारी दिइयो । साथै, पत्रकारसँग खुला अन्तरक्रिया तथा जिज्ञासा समाधान गर्ने कार्यक्रम पनि समावेश गरिएको थियो ।
ग्लोबल डायरीका अध्यक्ष शेखर अर्यालले सोसल प्लाटफर्म स्थापनाको पृष्ठभूमीमाथि प्रकाश पार्दै रणनीतिक योजनाहरु र भावी कार्ययोजनाका सम्बन्धमा प्रष्ट पार्नुभयो । नेपालको पहिचान दिनेगरि सामाजिक सञ्जाल स्थापना गर्न सफ्टवेयर इन्जिनियरहरुले ठोस अवधारणाका साथ आफूलाई घच्घचाएकाले दर्ता गर्न प्रेरित गरेको बताउनु भयो । अध्यक्ष अर्याले भन्नुभयो, ‘विभिन्न उद्देश्यहरुका साथ ग्लोबल डायरीको देशका रुपमा नेपाललाई विश्वमा चिनाउने गरि विश्वव्यापीकरण गर्ने लक्ष्य लिएका छौं ।’
ग्लोबल डायरीका डाइरेक्टर तथा बोर्ड सदस्य कृष्ण प्रसाद सापकोटाले विश्व मानचित्रमा सानो देश नेपालबाट सुरु गरिएको सोसल प्लाटफर्म विश्वलाई पनि दिने उद्देश्यले सुरु गरिएको बताउनु भयो । ग्लोबल डायरी प्रोडक्ट नेपालमा डिजिटल हबको रुपमा विकसित हुँदै गएको बताउँदै यस प्लाटफर्मलाई प्रवर्दन गर्न पत्रकारहरुको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।
संस्थाका कार्यकारी निर्देशक भगवानदाश अग्रहरीले ग्लोबल डायरीले प्रयोगकर्ता, व्यवसाय र सरकार तीनै पक्षलाई प्रत्यक्ष फाइदा पुर्याउने प्रष्ट पार्नु भयो । प्रयोगकर्ताले समय र खर्च बचत गर्दै भरोसायोग्य सेवा, उत्पादन र जानकारी पाउने सीईओ अग्रहरीको विश्वास छ । साना तथा मध्यम व्यवसायहरू डिजिटल पहुँचको कमीका कारण सङ्घर्षरत छन् भने प्रयोगकर्ताहरू अनलाइन सेवा र उत्पादनप्रति विश्वास गर्न सकिरहेका छैनन्। यही यथार्थलाई समाधान गर्ने उद्देश्यले जन्मिएको एक दूरदर्शी डिजिटल पहल ग्लोबल डायरी भएको अग्रहरीको दाबी छ। नेपालमै निर्माण गरिएको यो एआई पावर्ड डिजिटल इकोसिस्टमले प्रयोगकर्ता, व्यवसाय र सरकारी निकायलाई एउटै संरचित डिजिटल प्लेटफर्ममा जोड्दै डिजिटल पहुँचलाई सरल, किफायती र भरोसायोग्य बनाउने लक्ष्य लिएको ग्लोबल डायरीका सञ्जालकहरुको विश्वास छ। कार्यकारी निर्देशक अग्रहरीले पत्रकार सम्मेलनमा भन्नुभयो,’ ग्लोबल डायरी केवल प्रविधिको प्रयोग होइन, यो नेपालको डिजिटल आत्मनिर्भरतातर्फको यात्रा हो।’
ग्लोबल डायरीले पहिलो एकलाख भेरिफाइड युजरहरुमध्ये सयजनालाई लक्की ड्र मार्फत स्मार्ट फोन, ५० हजार भेरिफाइड बिजिनेशहरुमध्येबाट एउटा कार, सयवटा स्मार्ट फोन, हजार वटा स्मार्ट घडीहरु लक्की ड्र अफरमा राखेको जनाउनु भयो । ५ वटा बाइक पनि भेरिफाइड बिजीनेशमा अफर राखिएको छ । प्रोजेक्टलाईए अझ प्रख्यात बनाउनका लागि कलेज एडभेन्चर्स प्रोग्राम चलाइरहेको जनाउँदै ७० बढी कलेजहरुसँग एसोसियटेड भएको प्रष्ट पार्नु भयो । अबको केही समयपछि व्यापार व्यवसाय तथा उद्यम गर्नेहरुको बजारलाई सहज बनाउने उद्देश्यले ग्लोबल डायरीले डिजिटल मार्केटिङ सञ्चालन गर्ने जनाउनु भयो ।
कार्यकारी निर्देशक अग्रहरीले भन्नुभयो, ‘हामीले संघर्ष गरेर यो प्रोजेक्टलाई यहाँसम्म ल्यायौं, अब यसलाई राष्ट्रिय गौरबको बिषय बनाउने जिम्मेवारी हामी सबैको र तपाई सबैको हो । ‘ व्यवसाय सुरु गर्न चाहने उद्यमीहरूका लागि महत्वपूर्ण सुझाव दिँदै अग्रहरीले सुरुवाती चरणमा महँगो योजना आवश्यक नपर्ने भएकाले फ्री प्लान नै पर्याप्त हुने प्रष्ट पार्नुभयो । नयाँ व्यवसायीहरूलाई सबैभन्दा पहिले आफ्नो बिजीनेश पेज बनाउन आग्रह गर्दै यसले ग्राहकसँग प्रत्यक्ष सम्पर्क बढाउने र आफ्नो ब्रान्डलाई डिजिटल माध्यमबाट चिनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा आफ्नो प्रोडक्ट र सर्भिसेज सम्बन्धी जानकारी नियमित रूपमा पोस्ट गर्न पनि कार्यक्रममा सुझाव दिइएको थियो । यसले सम्भावित ग्राहकहरूलाई आकर्षित गर्ने र बिक्री वृद्धि गर्न मद्दत पुग्ने बताइएको छ।
पत्रकार सम्मेलनमा वरिष्ठ पत्रकार एवम् राष्ट्रिय समाचार समितिका बोर्ड सदस्य कृष्ण प्रसाद अधिकारीले पत्रकार, व्यवसायीलगायतलाई ग्लोबल डायरीसँग आबद्ध हुन आग्रह गर्नुभयो । उहाँले ग्लोबल डायरी नेपालको उत्कृष्ट प्लेटफर्म हुने विश्वास लिने बताउँदै सञ्चारमाध्यमहरुका लागि यो प्लाटफर्म उपयोगी हुने भनाइ राख्नु भयो ।
विशेष अतिथि डा. विनोद आत्रयले ग्लोबल डायरी एप्स चलाएपछि उद्यमी व्यवसायीले बजारमा ल्याएको बस्तु बिक्रीमा कतिको सुधार हुन्छ, सब्सक्रीप्सन गरेपछिको अवस्था, भिजीबिलीटी र व्यवसायीमा मोटीभेसनलगायत चुनौती भएको बताउनु भयो । नेपाली उद्यमीहरुले नेपालमै उत्पादन गरेर महत्वपूर्ण काम गरिरहेको जनाउँदै यस कार्यलाई सबैले उत्साहित गर्नुपर्ने जनाउनु भयो । ग्लोबल डायरीले उपयुक्त योजना तथा रणनीति बनाउँदै ग्राहकको मन जित्न आग्रह गर्नुभयो ।
‘ग्लोबल डायरी’ (www.globaldairy.com) नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म हाे। यो व्यवसाय, व्यक्तित्व र विभिन्न निकायहरूलाई सशक्त बनाउने उद्देश्यले तयार पारिएको हो । यसमा सम्पर्क, व्यापार र अवसरहरूलाई एउटै प्लेटफर्ममा समेटिएको छ।
‘ग्लोबल डायरी’ नेपालमै बनाइएको भए तापनि यसको उद्देश्य, कार्यशैली र पहुँच भने अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार गरिएको छ। यस प्लेटफर्मले व्यक्तिगत प्रयोगकर्ता, व्यवसायिक संस्था तथा विभिन्र निकायहरूलाई एउटै डिजिटल संरचनामा जोडेर सम्पर्क, व्यापार, सेवा तथा अवसरहरूलाई सजिलै पहुँच योग्य बनाउने उद्देश्य बोकेको छ। नेपालको पिछडिएकाे डिजिटल संरचनालाई सम्बोधन गर्दै एआई-सञ्चालित बहुपक्षीय प्लेटफर्ममार्फत सबै पक्षलाई सशक्त बनाउने लक्ष्यसहित ग्लोबल डायरीको निर्माण गरिएको हो।
नेपालमै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल ‘ग्लोबद डायरी’ (Global Diary)सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आधिकारिक रूपमा सूचीकरण भइसकेकाे छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका– २०८० को दफा ३ को उपदफा १ मा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने, व्यक्ति, कम्पनी वा संस्थाले सो निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्थाअनुसार ‘ग्लोबल डायरी’ सुचीकृत भएको हो ।
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका– २०८० को दफा ३ को उपदफा ४ मा अनुसूची १ बमोजिमको ढाँचामा सम्बन्धित व्यक्ति, कम्पनी वा संस्थाले अनुसूची १ मा उल्लिखित कागजात संलग्न गरी निवेदन दिनुपर्ने व्यवस्था छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ग्लोबल डायरी प्रा.लि. सूचीकरण भएको निस्सा प्रदान गर्दै भनेको छ, “श्री ग्लोबल डायरी प्रा. लि ग्लोबल डायरी “Global Dairy’ तपाईलाई सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ८ बमोजिमको जिम्मेवारी पूरा गर्ने गरी सोहि निर्देशिकाको दफा ३ को उपदफा (६) बमोजिम सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न यो निस्सा प्रदान गरिएको छ ।”
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...
-
पहिलो दल बनेको रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा सबैभन्दा ठुलो दल बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा छ ।...











