चार लेन सडक निर्माणका लागि विद्युत् पोल हटाइँदै
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले घोषणा गरेको घुम्नै पर्ने एक सय पर्यटकीय गन्तव्यभित्र परेको मुन्दुम पदमार्गको यात्राका क्रममा भेटिने यो पोखरी प्राकृतिक सौन्दर्यका कारण पर्यटकमाझ लोकप्रिय बन्दै गएको हो ।
समुद्री सतहबाट करिब दुई हजार ५०० मिटर उचाइमा रहेको यो पोखरी घाँसेमैदानको बीचमा अवस्थित छ । वरिपरि फैलिएको हरियाली, शान्त वातावरण र प्राकृतिक सौन्दर्यले यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गरेको छ । बाह्रै महिना पानीले भरिएको रहने यस पोखरीको मनमोहक दृश्यले पदयात्रामा निस्कने पर्यटकलाई विशेष आनन्द दिने गर्छ ।
मुन्दुम पदमार्गमा पदयात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि मलुवा पोखरी विश्रामस्थलका रूपमा पनि परिचित बन्दै गएको छ । पदमार्गको यात्रामा निस्केका पर्यटक यहाँ पुगेर केही समय विश्राम गर्ने, फोटो खिच्ने र प्राकृतिक दृश्यावलोकन गर्ने गर्दछन् ।
पर्यटकको आकर्षण बढाउन पोखरीमा माछाका भुरासमेत हालिएको छ । पोखरी वरिपरि फैलिएको घाँसेमैदान र सुन्दर वातावरणले यस क्षेत्रलाई अझ आकर्षक बनाएको छ । वसन्तयाममा वरिपरि फुल्ने गुराँस तथा अन्य वनस्पतिले यस क्षेत्रको सौन्दर्यलाई थप मनमोहक बनाउने गरेको स्थानीयवासी बताउँछन् ।
पर्यटन प्रवर्द्धनलाई ध्यानमा राख्दै गाउँपालिकाले पोखरी क्षेत्रको संरक्षण तथा व्यवस्थापनमा ध्यान दिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए । उनका अनुसार मुन्दुम पदमार्ग हुँदै आउने पर्यटकको सङ्ख्या बढेसँगै यस क्षेत्रको महत्त्व पनि बढ्दै गएको छ ।
Comments
अरु समाचार
-
रसुवा बाढीमा १२१ जना सुरुङभित्र फसेको सेनाको अनुमान
काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान नेपाली सेनाले गरेको...
-
काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव
काठमाण्डाै । काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ । साउनको पहिलो हप्तादेखि नै सहजरूपमा ग्यास...
-
बाढी प्रभावित असाहय बालबालिकाको भविष्य बनाउन भारत–नेपालका दुई फाउन्डेसनको सहकार्य
पोखरा। रसुवागढी नाका हुँदै विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित बालबालिकाको दीर्घकालीन भविष्य सुरक्षित गर्न भारतको डा....
-
वायुसेवा निगमको निमित्त महाप्रबन्धकको जिम्मेवारी ‘जनकराज कालाखेती’लाई
काठमाडौं । नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धकमा नायब महाप्रबन्धक जनकराज कालाखेती तोकिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कालाखेतीलाई...
-
चीनले तेस्रो पटक पठायो राहत सामग्री, १० फरेन्सिक विज्ञ पनि आइपुगे
काठमाडौं । रसुवा बाढीबाट प्रभावित क्षेत्रका लागि छिमेकी मुलुक चीनले उपलब्ध गराएको आपतकालीन राहत सामग्रीको तेस्रो खेप बिहीबार नेपाल आइपुगेको...
-
शेयर बजार लगातार तेस्रो दिन बढ्यो, झन्डै साढे तीन अर्बको कारोबार
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ६६ अङ्कले बढेर...
-
बाढी–पहिरोले सात जिल्लाका सडक अवरुद्ध, आवागमनमा समस्या
काठमाडौँ, भदौ १८ गते । लगातारको वर्षाका कारण आएको बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्गको...
-
फ्लाई दुबई र पोखरा महानगरपालिकाबीच सहकार्यको सम्झौता, सेप्टेम्बर २३ देखि नियमित उडान
पोखरा। फ्लाई दुबई र पोखरा महानगरपालिकाबीच सहकार्यको सम्झौता भएको छ ! पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय हवाई सेवा...
-
नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले विपदबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउनेउद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख...












