वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ ।
मन्त्रालयले एक प्रेस विज्ञप्तिमार्फत संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद्को सूचीकृत व्यक्ति, समूह वा सङ्गठनसँग सम्बन्धित प्रस्तावले सूचीकरणका लागि तोकेको मापदण्डमा पर्नसक्ने कुनै सूचना वा मनासिव आधार प्राप्त गरेमा सोको जानकारी गोप्य रूपमा उपलब्ध गराउन आग्रह गरेको छ ।
मन्त्रालयले कुनै व्यक्ति, निकाय वा संस्थाले आफ्नो काम कारबाहीको सिलसिलामा कुनै तरिकाले अनाधिकृत कार्य गरेको पाइएमा त्यसको जानकारी दिन सूचनामार्फत आग्रह गरेको हो ।
मन्त्रालयले त्यस्तो सूचना नजिकको जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखामा जानकारी गराइदिन अनुरोध गरेको छ ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०८१ बमोजिम मन्त्रालयले सो आग्रह गरेको हो । -रासस
Comments
अरु समाचार
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...
-
‘मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैन’
काठमाडौँ । आगामी मौद्रिक नीतिमार्फत कर्जा प्रवाह विस्तार, उत्पादनमुखी लगानी प्रोत्साहन र नीतिगत स्थायित्व सुनिश्चित गर्न नसके अर्थतन्त्रले अपेक्षित गति...
-
के हो ५८ स्थानीय तहमा सञ्चालन गरिएको ‘स्रोत बीउ उत्पादन कार्यक्रम’ ?
काठमाडौँ : कृषि विभागले गुणस्तरीय बीउमा किसानको पहुँच बढाउने उद्देश्यले १८ जिल्लाका ५८ स्थानीय तहमा स्रोत बीउ उत्पादन कार्यक्रम सञ्चालन...
-
सरकारका सय दिने उपलब्धि: मन्त्रालय घटाउँदा मात्रै २० अर्ब बचत
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री...
-
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मन्त्रीपरिषद् बैठकले गर्यो १० मुख्य निर्णय (सूचीसहित)
काठमाडौँ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न १० वटा निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित...
-
विष्णु पाैडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति
काठमाण्डाै – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई विशेष अदालतले थप ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सम्पत्ति शुद्धीकरण...











