कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की
मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी बजेट निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । कोशी प्रदेश योजना आयोगले सोमबार बैंक सूचना प्रणालीसम्बन्धी विराटनगरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा प्रदेशसभाका सदस्यलाई राखेर योजना छनोट र योजना बैंकमा ‘योजना इन्ट्री’ गर्ने विषयमा प्राविधिक तथा सैद्धान्तिक जानकारी दिइएको थियो । कार्यक्रममा आयोगका अध्यक्षसमेत रहेका मुख्यमन्त्री कार्कीले विगतमा गर्दै गएको असन्तुलित अभ्यासलाई यसपटक गम्भीर रूपमा समीक्षा गरी सबै क्षेत्रमा नतिजा दिने गरी बजेट बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले योजना बैंकलाई व्यवस्थित ढङ्गले सञ्चालन गरी यसपटकको बजेटमा बैंकमा आएका योजनालाई प्राथमिकता दिने बताए ,।
मुख्यमन्त्री कार्कीले प्रदेश संरचनाले यसपटक देखिनेगरी काम गर्नका लागि आग्रह गर्दै यसअघि बजेट निर्माणमा भएका कमीकमजोरी यसपटक नदोरिने गरी जिल्ला तहबाट बजेट प्रविष्ट गर्ने प्रणाली विकास गरिएको जानकारी दिए । मन्त्री र सचिव पनि फेरिरहने परिपाटीले गर्दा विकासका गति अघि बढ्न नसकेको उनले गुनासो गरे । प्रदेश सरकारले प्रदेशभित्र रहेका विभिन्न विश्वविद्यालय र क्याम्पससँग प्रदेशको समग्र विकास सेवा प्रवाहसँग सम्बन्धित विषय साथै अनुसन्धान खोज र सम्भाव्यता अध्ययनका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
प्रदेश योजना आयोगमार्फत परम्परागत रूपमा परिवारमा उत्पादन गरिँदै आइएको घरेलु मदिरा (रक्सी)को उत्पादन, गुणस्तर मापन, परीक्षण, बजारीकरण, ब्रान्डिङलगायत विषयका सन्दर्भमा त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान केन्द्रीय प्रविधि क्याम्पस धरानसँग सम्झौता गरिएको छ ।
त्यस्तै, त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर क्याम्पस विराटनगर, पूर्वाञ्चल विश्वविद्यालय, कोशी प्रदेश मनमोहन प्राविधिक विश्वविद्यालयसँग पनि विभिन्न विषयमा सम्झौता गरिएको मुख्यमन्त्री कार्कीले उल्लेख गरे ।
प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले यो सम्झौता र आयोजना बैंकको कार्यान्वयनले प्रदेशको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रप्रसाद पौडेलले प्रदेश सरकारले आयोजना बैंकलाई प्राथमिकता दिएर काम गर्ने बताए ।कार्यक्रममा प्रदेशका सभामुख, विभिन्न मन्त्रीहरू, प्रदेश योजना आयोगका पदाधिकारी, प्रमुख सचिव, सचिवहरू, मुख्यमन्त्रीका सल्लाहकार, पत्रकार तथा शैक्षिक संस्थाका प्रतिनिधिको सहभागिता थियो ।
Comments
अरु समाचार
-
गोपनीयता चुहाउनेलाई कुनै उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल (एपीएफ) का अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई गरिएको निलम्बनको प्रसङ्गलाई लिएर राज्यको गोप्य...
-
आज न्यायपरिषद्को बैठकः सर्वोच्चमा ५ न्यायाधीश नियुक्ति मुख्य एजेन्डा, जुनियर पनि आकांक्षी
काठमाडौं। आज (मंगलबार) दिउँसो १ बजे बस्ने न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भएको छ...
-
‘विपद् व्यवस्थापानको काममा निरन्तरता, चाँडोभन्दा चाँडो सक्ने प्रयास
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापन निरन्तर भइरहेको बताएका...
-
वरिष्ठतम् नायव महान्यायाधिवक्तामा लोकराज पराजुली
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम् नायव महान्यायाधिवक्ता लोकराज पराजुली भएका छन् । निवर्तमान वरिष्ठतम् नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी यही असोज...
-
‘लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन’
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनु...
-
नेपाली कांग्रेसको १५ ओैं महाधिवेशनको तयारी पूरा, दिउँसो खुलामञ्चमा उदघाटन कार्यक्रम
-किशोर शर्मा (काठमाडौं )। आज असाेज १८ गतेदेखि नेपाली कांग्रेस गगन कुमार थापा पक्षकाे १५ ओैं राष्ट्रिय महाधिवेशन काठमाडौंकाे खुलामञ्चमा...
-
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, ७ हजार पाँच सय बढी प्रतिनिधि सहभागी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका...
-
विकल पौडेलले लगभग ४२ करोड रुपियाँ गैरकानुनी सम्पति आर्जन गरेको विशेष अदालतको ठहर
काठमाडौं । विकल पौडेलसहित चारजना विरुद्धअख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा दायर भएको मुद्धामाथि विशेष...
-
प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो १५ प्रमुख उपलब्धि, हेलो सरकारमा आएका १५ हजार बढी गुनासो समाधान
काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौ ५ गते यताका आफ्ना उपलब्धि सार्वजनिक गरेको छ। सम्माननीय प्रधानमन्त्री वालेन्द्र...













