सरकारले कानुन कार्यान्वयनको सुनिश्चितता गर्नेमा विश्वस्त छु: राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको भावना अनुसार नयाँ बनेको सरकारले जनकल्याणकारी कानुन निर्माण र त्यसको परिणाममुखी कार्यान्वयनको काम गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।
संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा उनले निर्माण भएका कानुनको मर्म र भावना अनुरुप प्रभावकारी र परिणामुखी कार्यान्वयनको सुनिश्चितता सरकारले दिनेछ भन्नेमा आफू विश्वस्त रहेको बताएका हुन् ।
‘पटकपटक भएका जनआन्दोलन, संघर्ष र पछिल्लो पटक युवा पुस्ताको आन्दोलनमार्फत नेपाली जनताले प्रकट गरेको मर्म, भावना र चाहना पनि यही थियो,’ राष्ट्रपति पौडेलले भने, ‘जनताको चाहना पूरा गर्न संसद्ले नागरिक केन्द्रित जनकल्याणकारी कानुनी निर्माण गर्नुपर्छ । निर्माण भएका कानुनको मर्म र भावना अनुरुप प्रभावकारी र परिणामुखी कार्यान्वयनको सुनिश्चितता सरकारले दिनेछ भन्नेमा म विश्वस्त छु ।’
‘साथै न्यायपालिकाबाट छिटो, छरितो, स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन हुन सक्यो भने परिवर्तनका निम्ति अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति साँचो अर्थमा सम्मान हुने ठहर्छ,’ उनले भने । त्यस्तै, न्यायपालिकाबाट छिटो, छरितो, स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन हुँदा मात्रै शहीदहरूप्रति साँचो अर्थमा सम्मान हुने बताए ।
Comments
अरु समाचार
-
हर्क साम्पाङले मागे प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा
काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह संसदप्रति गैरजिम्मेवार बनेको आरोप...
-
वालेन्द्रको अटेरीमा रास्वपाका दुई शब्दः परिवर्तन र क्रमभंगता, कहिलेसम्म टिक्ला यस्तो चर्तिकला ?
काठमाडौं । अघिल्लो संसद्मा प्रधानमन्त्री उपस्थित नभएको विषयलाई लिएर संसद अवरुद्ध पार्ने प्रमुख दलमध्ये एक थियो राष्ट्रिय स्वतन्त्र पार्टी। तत्कालीन...
-
चीनले इरानलाई हतियार नदिने र हर्मुज खोल्न सहयोग गर्ने प्रतिबद्धता जनाएको छ: ट्रम्प
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले स्ट्रेट अफ हर्मुज खोल्न अमेरिकालाई सहयोग गर्ने बताएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका...
-
प्रतिनिधिसभाः बहुमतले संशोधन प्रस्तावहरू अस्वीकृत
काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई पारित गरेको छ । नीति तथा...
-
पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न सरकारले बनायो समिति
काठमाडौं । सरकारले तत्कालीन गृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति...
-
सी र ट्रम्पबीच भयाे द्विपक्षीय वार्ता, द्वन्द्व नगरि साझेदार बनेर अघि बढ्नुपर्नेमा जोड
बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङ र चीनको राजकीय भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच बिहीबार बेइजिङस्थित ग्रेट हल अफ दी...
-
एमाले सचिवालय बैठक शनिबार बस्दै
काठमाडौँ । नेकपा एमाले को सचिवालय बैठक शनिबार बस्ने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली को स्वास्थ्य अवस्थालाई ध्यानमा...
-
गैरकानुनी सम्पत्ति छानबिनका लागि आयोगको सार्वजनिक सूचना
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले गैरकानुनी रूपमा आर्जित सम्पत्तिबारे उजुरी दिन सर्वसाधारणलाई आह्वान...
-
जडीबुटी प्रशोधनको आवरणमा ‘प्रकृतिको अवैध दोहन’
काठमाडौं। नेपालको पहाडी र हिमाली भेगका जडीबुटीलाई आर्थिक समृद्धिको आधार मानिन्छ। तर, यही समृद्धिको नारालाई ढाल बनाएर केही विदेशी लगानीकर्ता...












