कानून दिवसको अवसरमा न्यायकर्मीहरूबीच ब्याडमिन्टन प्रतियोगिता, मानबहादुर र शेरबहादुरको टोलीलाई उपाधि (तस्बिरहरु)
काठमाडौँ । कानून दिवसको अवसरमा न्यायकर्मीहरूबीच ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । जस नेपालद्वारा आयोजित प्रतियोगिताको उद्घाटन ललितपुर उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले गरेका थिए । शनिबारदेखि २ दिन चलेको प्रतियोगितामा १८ टोलीका ३६ जना प्रतिस्पर्धी सहभागी भएका थिए । महिलातर्फ ४ टोलीका ८ जना सहभागी थिए ।
प्रतियोगिताअन्तर्गत पुरुषतर्फ सर्वोच्च अदालतका रजिष्ट्रार मानबहादुर कार्की र जिल्ला अदालतका कर्मचारी शेरबहादुर थापाको टोली प्रथम भयो। त्यसैगरी जीवन कालाखेती र महेशसिंह धामीको टोली दोस्रो भयो । यसैगरी कृष्ण खड्का र विनियोजन कुमालको टोलीले तेस्रो स्थान हासिल गर्न सफल भएको कार्यक्रम संयोजक सदिक्षा अर्यालले जानकारी दिइन् ।
महिलातर्फ सिमस कुँवर र लसता मल्लको टोली प्रथम भयो भने पूजा खड्का र सुलोचना थापाको टोली दोस्रो भएको छ । प्रतियोगितामा रेफरीको भूमिकामा विधान रिजाल रहेका थिए । ललितपुर उच्च अदालतको ब्याडमिन्टन हलमा आयोजना गरिएको प्रतियोगितामा माननीय न्यायाधीशहरू, कानून तथा न्याय सेवाका कर्मचारी, सरकारी वकील तथा कानून व्यवसायीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको पुरस्कार वितरण भने छुट्टै कार्यक्रममार्फत गरिने आयोजकले जनाएको छ ।
Comments
अरु समाचार
-
राष्ट्रपति पौडेलको आह्वान : ‘यो विभाजन होइन, राष्ट्रिय एकता र पुनर्निर्माणको समय हो’
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।...
-
विनाशकारी बाढीमा मृत्यु भएका व्यक्तिहरूको सम्झनामा झुकाइयो आधा राष्ट्रिय झण्डा
काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। भदौ १८...
-
‘सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइयो एमाले अध्यक्ष ओलीको एआई तस्बिर’
काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइएको एआई तस्बिरप्रति गम्भीर...
-
बाढी प्रभावितलाई प्रधानमन्त्री शाहको सन्देश– हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ
काठमाडौँ भदौ २० गते । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य...
-
धैर्य, एकता र कर्तव्यका साथ पुनर्निर्माणमा अघि बढ्न प्रधानमन्त्री बालेनको अपिल
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले धैर्य एकता र कर्तव्यका साथ विपद्को स्थितिबाट अघि बढ्न आमनागरिकलाई अपिल गरेका छन् । शुक्रबार सामाजिक...
-
राष्ट्रपति पौडेलले गरे पाटन कृष्ण मन्दिरमा पूजाआराधना
काठमाडौं । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार साँझ ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवं पूजाअर्चना गरेका छन्...
-
रसुवा बाढीपछि उद्धार, राहत र पूर्वाधार पुनःस्थापनामा तीव्रता : प्रधानमन्त्री शाह
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हामीले गरेको नगन्य गल्तीको ठुलो सजाय भोगेको बताउनुभएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्यसैको...
-
मन्त्रिपरिषद् बैठकका मुख्य सात निर्णयहरू यी हुन्
काठमाडौं : बिहीबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक भएका छन्। बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।...
-
जेनजी शहीदको सम्झनामा भदौ २३ गते देशभर सार्वजनिक बिदा
काठमाडौं । सरकारले आगामी भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ‘जेनजी शहीद’...












