राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने
काठमाडौं । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने भएको छ ।
सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा कार्यक्रममाथि सांसदहरूले धारणा राख्ने क्रम नसकिएकाले आगामी बैठकमा समेत छलफल जारी रहने जानकारी गराए ।
राष्ट्रियसभामा बुधबारदेखि नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको हो । बैठकमा सांसदहरू किरणबाबु श्रेष्ठ, झक्कुप्रसाद सुवेदी, प्रेमप्रसाद दङ्गाल, मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा, नारायणदत्त मिश्र, घनश्याम रिजाल, सम्झना देवकोटा, दुर्गा गुरुङ, सुरेश आलेमगर र सोमनाथ पोर्तेलले आआफ्नो धारणा राखे ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्दै आर्थिक वर्ष २०८३/०८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही वैशाख ३१ गते बिहीबार बिहान ११ः१५ बजे बस्नेछ ।
Comments
अरु समाचार
-
गोपनीयता चुहाउनेलाई कुनै उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल (एपीएफ) का अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई गरिएको निलम्बनको प्रसङ्गलाई लिएर राज्यको गोप्य...
-
आज न्यायपरिषद्को बैठकः सर्वोच्चमा ५ न्यायाधीश नियुक्ति मुख्य एजेन्डा, जुनियर पनि आकांक्षी
काठमाडौं। आज (मंगलबार) दिउँसो १ बजे बस्ने न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भएको छ...
-
‘विपद् व्यवस्थापानको काममा निरन्तरता, चाँडोभन्दा चाँडो सक्ने प्रयास
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापन निरन्तर भइरहेको बताएका...
-
वरिष्ठतम् नायव महान्यायाधिवक्तामा लोकराज पराजुली
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम् नायव महान्यायाधिवक्ता लोकराज पराजुली भएका छन् । निवर्तमान वरिष्ठतम् नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी यही असोज...
-
‘लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन’
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनु...
-
नेपाली कांग्रेसको १५ ओैं महाधिवेशनको तयारी पूरा, दिउँसो खुलामञ्चमा उदघाटन कार्यक्रम
-किशोर शर्मा (काठमाडौं )। आज असाेज १८ गतेदेखि नेपाली कांग्रेस गगन कुमार थापा पक्षकाे १५ ओैं राष्ट्रिय महाधिवेशन काठमाडौंकाे खुलामञ्चमा...
-
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, ७ हजार पाँच सय बढी प्रतिनिधि सहभागी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका...
-
विकल पौडेलले लगभग ४२ करोड रुपियाँ गैरकानुनी सम्पति आर्जन गरेको विशेष अदालतको ठहर
काठमाडौं । विकल पौडेलसहित चारजना विरुद्धअख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा दायर भएको मुद्धामाथि विशेष...
-
प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो १५ प्रमुख उपलब्धि, हेलो सरकारमा आएका १५ हजार बढी गुनासो समाधान
काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौ ५ गते यताका आफ्ना उपलब्धि सार्वजनिक गरेको छ। सम्माननीय प्रधानमन्त्री वालेन्द्र...













