अप्रिलमा चीनको विद्युतीय गाडीको निर्यात ४० प्रतिशतले बढ्यो
काठमाण्डौ । गएको अप्रिल महिनामा चीनको विद्युतीय गाडीको निर्यात ४० प्रतिशतले बढेको छ । अप्रिलमा चीनले २ लाख ७८ हजार ८१ वटा विद्युतीय गाडीको निर्यात गरेको विश्वव्यापी वित्तीय सफ्टवेयर, डेटा, मिडिया र प्रविधि कम्पनी ब्लूमबर्गलाई उद्धृत गर्दै समाचार संस्था अलजजीराले जनाएको छ । योसँगै यस वर्षको अहिलेसम्म चीनले ८ लाख ९३ हजार ८५२ वटा विद्युतीय गाडी निर्यात गरेको छ ।
चिनियाँ विद्युतीय गाडी सबैभन्दा धेरै एशियामा १ लाख १० हजार ६१३, युरोपमा ८३ हजार ८१३ र ल्याटिन अमेरिकामा ५२ हजार ८९७ वटा निर्यात भएको छ । तथ्याङ्क अनुसार ओशिनियाले २२ हजार ६९५ र उत्तर अमेरिकाले ४ हजार ४२२ वटा गाडी आयात गरेको छ । ब्राजिलमा चिनियाँ विद्युतीय गाडीको आयात २२१ प्रतिशतले बढेर ३८ हजार १४४ वटा पुगेको छ । दक्षिण कोरिया, जर्मनी र अस्ट्रेलियामा पनि आयात १०० प्रतिशतदेखि १९० प्रतिशतसम्म बढेको छ ।
अमेरिका र युरोपले आफ्नो घरेलु बजारमा चिनियाँ गाडीलाई प्रतिबन्धित गर्ने प्रयास गरे पनि चीनको निर्यात बढिरहेको छ । चिनियाँ विद्युतीय गाडीमा अमेरिकाले १०० प्रतिशत र युरोपेली सङ्घले ३५ दशमलव ३ प्रतिशतसम्मको कर लगाउँदै आएको छ ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का अनुसार चीन विश्वव्यापी रूपमा विद्युतीय गाडीको सबैभन्दा ठूलो उत्पादक हो । सन् २०२५ मा उत्पादन भएका २ करोड २० लाख गाडीमध्ये झन्डै ७५ प्रतिशत हिस्सा चीनले ओगटेको थियो ।
सन् २०२५ मा चिनियाँ विद्युतीय गाडीको निर्यात २५ लाखको कीर्तिमानी उच्चतम विन्दुमा पुगेको थियो, यो अघिल्लो वर्षको भन्दा दोब्बर हो । आईईएका अनुसार युरोप र अमेरिकाबाहिर गएको वर्ष विद्युतीय गाडी बिक्रीको ५५ प्रतिशत हिस्सा चिनियाँ मोडेलहरूको थियो ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












