अप्रिलमा चीनको विद्युतीय गाडीको निर्यात ४० प्रतिशतले बढ्यो
काठमाण्डौ । गएको अप्रिल महिनामा चीनको विद्युतीय गाडीको निर्यात ४० प्रतिशतले बढेको छ । अप्रिलमा चीनले २ लाख ७८ हजार ८१ वटा विद्युतीय गाडीको निर्यात गरेको विश्वव्यापी वित्तीय सफ्टवेयर, डेटा, मिडिया र प्रविधि कम्पनी ब्लूमबर्गलाई उद्धृत गर्दै समाचार संस्था अलजजीराले जनाएको छ । योसँगै यस वर्षको अहिलेसम्म चीनले ८ लाख ९३ हजार ८५२ वटा विद्युतीय गाडी निर्यात गरेको छ ।
चिनियाँ विद्युतीय गाडी सबैभन्दा धेरै एशियामा १ लाख १० हजार ६१३, युरोपमा ८३ हजार ८१३ र ल्याटिन अमेरिकामा ५२ हजार ८९७ वटा निर्यात भएको छ । तथ्याङ्क अनुसार ओशिनियाले २२ हजार ६९५ र उत्तर अमेरिकाले ४ हजार ४२२ वटा गाडी आयात गरेको छ । ब्राजिलमा चिनियाँ विद्युतीय गाडीको आयात २२१ प्रतिशतले बढेर ३८ हजार १४४ वटा पुगेको छ । दक्षिण कोरिया, जर्मनी र अस्ट्रेलियामा पनि आयात १०० प्रतिशतदेखि १९० प्रतिशतसम्म बढेको छ ।
अमेरिका र युरोपले आफ्नो घरेलु बजारमा चिनियाँ गाडीलाई प्रतिबन्धित गर्ने प्रयास गरे पनि चीनको निर्यात बढिरहेको छ । चिनियाँ विद्युतीय गाडीमा अमेरिकाले १०० प्रतिशत र युरोपेली सङ्घले ३५ दशमलव ३ प्रतिशतसम्मको कर लगाउँदै आएको छ ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का अनुसार चीन विश्वव्यापी रूपमा विद्युतीय गाडीको सबैभन्दा ठूलो उत्पादक हो । सन् २०२५ मा उत्पादन भएका २ करोड २० लाख गाडीमध्ये झन्डै ७५ प्रतिशत हिस्सा चीनले ओगटेको थियो ।
सन् २०२५ मा चिनियाँ विद्युतीय गाडीको निर्यात २५ लाखको कीर्तिमानी उच्चतम विन्दुमा पुगेको थियो, यो अघिल्लो वर्षको भन्दा दोब्बर हो । आईईएका अनुसार युरोप र अमेरिकाबाहिर गएको वर्ष विद्युतीय गाडी बिक्रीको ५५ प्रतिशत हिस्सा चिनियाँ मोडेलहरूको थियो ।
Comments
अरु समाचार
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
बूढीगण्डकी बाढीः फसेका ३६ जनाको उद्धार, १० सम्पर्कविहीन, ६ पुल र ३५ बढी घरमा क्षति
काठमाडौं । बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको हो । सेनाका अनुसार...
-
सिँजा उपत्यका र खस सभ्यतालाई अन्तर्राष्ट्रियकरण गर्ने सरकारको योजना
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले खस सभ्यताको उद्गमस्थल सिँजा उपत्यकालाई पुर्ख्यौली पहिचान र पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका...
-
दशैंमा घर जानेहरुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला
काठमाडौं । दशैंमा घर जानेहरुका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट छिटो पाइने आशमा युवाहरु...
-
आजका लागि विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सको सातौँ समूहका लागि आवेदन खुला
काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालन हुने फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...












