आज आव २०८३/८४ को बजेट सार्वजनिक गर्दै सरकार, सुशासनलाई प्राथमिकता
काठमाडौँ । सरकारले आज आगामी आर्थिक वर्ष २०८३\८४ को बजेट सार्वजनिक गर्दैछ । बजेटमा अनावश्यक खर्च कटौती र वित्तीय अनुशासनलाई प्राथमिकता दिइएको छ । निजी क्षेत्रको प्रवर्धन र सुशासनलाई केन्द्रमा राखिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् । बजेट अपराह्न ४ बजे सार्वजनिक गरिनेछ ।
बजेटमार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डा. वाग्लेले बताउँदै आउनुभएको छ । आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थानविन्दु बनाएर आउने पाँच वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्रीको तयारी छ ।
बजेटमा बर्सौंदेखि विभिन्न कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चिततासहित दु्रत सम्पन्न गर्ने व्यवस्था, कमजोर अवस्थाका सार्वजनिक निकाय खारेजीलगायतको घोषणा गर्ने सरकारको तयारी छ । त्यस्तै निजामती कर्मचारीको न्यूनतम १५ प्रतिशत तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समयानुकूल बनाउने, व्यक्तिगत आयकरको सीमा बढाउनेलगायतका घोषणा पनि बजेटमार्फत गर्ने तयारी छ ।
उपभोग र लगानी बढाउँदै बढीमा सात वर्षभित्र एक सय अर्ब डलरको अर्थतन्त्र बनाउने गरी अर्थ मन्त्रालयले लक्ष्य निर्धारण गरेको छ । बजेटको आकार २० खर्ब नाघ्ने अनुमान गरिएको छ । अर्थमन्त्री वाग्लेले संसद्मा आयव्ययको अनुमान समावेश हुने विनियोजन विधेयकसहित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक पनि प्रस्तुत गर्नुहुने छ ।
नेपालको संविधान, २०७२ अनुसार हरेक वर्ष जेठ १५ गते आगामी आवको आयव्यय विवरण प्रस्तुत गर्ने प्रावधान छ । संसद्मा बजेट प्रस्तुत गर्ने अघिल्लो दिन बिहीबार अर्थमन्त्री डा. वाग्लेले आगामी बजेटबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउनुभएको छ ।
स्रोतको दबाब, खर्च भने कमजोर
पछिल्लो १० वर्षमा बजेटको आकार दुई गुणा बढीले विस्तार भए पनि त्यसै अनुसार राजस्व र खर्च भने बढेको देखिँदैन । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२/७३ मा आठ खर्ब १९ अर्ब रुपियाँ रहेको मुलुकको बजेटको आकार चालु आर्थिक वर्ष २०८२/८३ मा १९ खर्ब ६४ अर्ब रुपियाँ पुगेको छ ।
बजेटको आकार विस्तार भए पनि त्यसै अनुसार स्रोत भने बढेको देखिँदैन । बजेटको मुख्य स्रोत राजस्व सङ्कलन बजेटको तुलनामा विस्तार नहुँदा सरकारलाई प्रत्येक वर्ष स्रोत व्यवस्थापनको दबाब देखिन्छ । यसले गर्दा चालु आवमै पनि १९ खर्ब ६४ अर्ब रुपियाँको सुरु बजेट विनियोजन गरिएकोमा राजस्व भने १० खर्ब २१ अर्ब रुपियाँ मात्र सङ्कलन हुने संशोधित अनुमान छ । यसले सुरु विनियोजन र वास्तविक राजस्व सङ्कलनबिच ठुलो खाडल बन्न पुगेको छ । उक्त खाडल पूरा गर्न सरकारले बर्सेनि लिने सार्वजनिक ऋणको आकार बढिरहेको छ ।
ठुलो आकारमा बजेट विनियोजन भए पनि खर्च गर्ने क्षमता भने बढेको देखिँदैन । कुल विनियोजनको २० देखि २५ प्रतिशत खर्च हुन नसक्ने समस्या पछिल्ला वर्षहरूमा नियमित जस्तै बनेको छ । यसले बजेट विनियोजनको कुशलतामा प्रश्न उठ्न थालेको छ ।
Comments
अरु समाचार
-
दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध...
-
गोपनीयता चुहाउनेलाई कुनै उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल (एपीएफ) का अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई गरिएको निलम्बनको प्रसङ्गलाई लिएर राज्यको गोप्य...
-
आज न्यायपरिषद्को बैठकः सर्वोच्चमा ५ न्यायाधीश नियुक्ति मुख्य एजेन्डा, जुनियर पनि आकांक्षी
काठमाडौं। आज (मंगलबार) दिउँसो १ बजे बस्ने न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भएको छ...
-
विशेष अदालत थुना पठाउँदै, सर्वोच्च छोड्दै
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हिमालय रि-इन्स्योरेन्स कम्पनीका सञ्चालक अमित मोरलाई सर्वोच्च...
-
वरिष्ठतम् नायव महान्यायाधिवक्तामा लोकराज पराजुली
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम् नायव महान्यायाधिवक्ता लोकराज पराजुली भएका छन् । निवर्तमान वरिष्ठतम् नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी यही असोज...
-
‘लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन’
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनु...
-
संघीय निजामती सेवा विधेयकका प्रावधान विभेदकारी, अदालत पुगे खारेज हुनसक्छ : उमेश मैनाली
काठमाडौं । लोक सेवा आयोगका पूर्वअध्यक्ष तथा पूर्वगृहसचिव उमेश मैनालीले संसद्मा दर्ता भएको संघीय निजामती सेवा विधेयकका केही प्रावधान गैरन्यायिक,...
-
नेपाली कांग्रेसको १५ ओैं महाधिवेशनको तयारी पूरा, दिउँसो खुलामञ्चमा उदघाटन कार्यक्रम
-किशोर शर्मा (काठमाडौं )। आज असाेज १८ गतेदेखि नेपाली कांग्रेस गगन कुमार थापा पक्षकाे १५ ओैं राष्ट्रिय महाधिवेशन काठमाडौंकाे खुलामञ्चमा...
-
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, ७ हजार पाँच सय बढी प्रतिनिधि सहभागी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका...













