रास्वपा महाधिवेशनको बन्द सत्र आजदेखि, नेता चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरू हुँदैछ। आइतबार भरतपुरको गेस्ट हाउस चउरमा उद्घाटन समारोह भएको महाधिवेशनको बन्द सत्र चितवन प्रदर्शनी केन्द्रमा हुनेछ।
बन्द सत्रमा अध्यक्ष रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। त्यस्तै विधान संशोधन प्रस्ताव लगायत अन्य प्रस्ताव पनि बन्द सत्रमा पेश हुनेछ। रास्वपाले बन्द सत्रसँगै निर्वाचन कार्यक्रम पनि सँगसँगै अघि बढाउने भएको छ। आइतबार मात्रै रास्वपाले निर्वाचन कार्यतालिका संशोधन गरेको थियो। संशोधित निर्वाचन कार्यक्रम अन्तर्गत बिहान आइतबार बिहान ७ बजे महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशन गरिसकिएको छ। बाँकी रहेको मधेस प्रदेशका प्रतिनिधिहरुको सूची पनि सार्वजनिक गरिएको छ। सोमबार बिहान १० बजे निर्वाचन कार्यालयले महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गर्ने छ।
सोमबार १ बजेदेखि पहिलो चरणको निर्वाचन (पार्टी सभापति र केन्द्रीय सदस्य) उम्मेदवारी मनोनयनका लागि निर्वाचन आयोगको सम्पर्क कार्यालयबाट फाराम वितरण सुरू गरिने छ। दिउँसो २ बजेदेखि उम्मेदवारी मनोनयन पत्र दर्ता सुरू गरिने छ। दर्ता ४ बजेसम्म गरिने छ। सोमबार साँझ ८ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिने छ। पार्टीको वेबसाइट र निर्वाचन आयोगको सम्पर्क सचिवालयमा नामावली प्रकाशन गरिने छ।
उम्मेदवारहरूविरूद्ध दाबी विरोध गर्ने समय प्रथम नामावली प्रकाशनपछि १ घण्टा दिइएको छ। ७ बजेदेखि ९ बजेसम्म ती दाबी परेका उम्मेदवारहरूबारे जाँचबुझ गरिने छ। सोमबार राति ९ बजेर १५ मिनेटसम्म उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिन पाउने अन्तिम समय तोकिएको छ। राति ११ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने छ।
मंगलबार बिहान ७ देखि ८:३० सम्म मौन अवधि तोकिएको छ। त्यसपछि ८:३० बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदानको समय तोकिएको छ। त्यसपछि दोस्रो चरणको (पार्टी पदाधिकारीका लागि) निर्वाचन प्रक्रिया सुरू हुने छ। तर दोस्रो चरणको कार्यतालिका पछि तोकिने जनाइएको छ।
Comments
अरु समाचार
-
पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन
काभ्रेपलाञ्चोक । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय दम बढेर...
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...











