नेपाल अझै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा, थप सुधार आवश्यक
काठमाडौँ। सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई अझै निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’ मा नै रहेको जनाएको छ । नेपालले सुधारका प्रयास जारी राखे पनि अझै अपर्याप्त रहेको र थप सुधार आवश्यक रहेको एफएटिएफले जनाएको छ । एफएटिएफले यही असार ५ गते अर्थात् (१९ जुन)मा सोसम्बन्धी निर्णय भएको उल्लेख गरेको छ ।
एफएटिएफले आफ्ना कमजोरी सम्बोधन गर्ने गरी कार्ययोजना तयार पारी गर्नुपर्ने कार्यान्वयनलाई निरन्तरता दिन नेपाललाई आवश्यक सुझावसमेत दिएको छ । उसले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी वित्त पोषणसम्बन्धी प्रमुख जोखिमको बुझाइलाई अझ सुदृढ बनाउन सुझाव दिएको छ ।सुधारका लागि केही कदम चालेको भए पनि नेपालले रणनीतिक सुधारका प्रयास थाल्नुपर्ने तथा स्पष्ट कार्ययोजना बनाएर कार्यान्वयनमा लैजानुपर्ने आवश्यकतामा जोड दिँदै एफटिएफले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा हुने लगानीको जोखिमबारे स्पष्ट बुझाइ आवश्यक रहेको उल्लेख गरेको छ ।
वाणिज्य बैँक, उच्च जोखिम भएका सहकारी संस्था, क्यासिनो, बहुमूल्य धातु तथा पत्थर व्यवसायी, घरजग्गा कारोबारलगायतका क्षेत्रको जोखिममा आधारित निरीक्षण गरी सुधारका उपाय अवलम्बन गर्नसमेत सुझाव दिइएको छ । हुण्डीलगायत गैरकानुनी कारोबारको पहिचान र रोकथाम गर्न, सम्पत्ति शुद्धीकरण मामिला हेर्ने निकायको क्षमता अभिवृद्धि गर्न तथा यसको अनुसन्धान र अभियोजन प्रक्रियालाई थप चुस्त बनाउन सुझाव दिएको छ ।
वित्तीय समावेशीकरणमा बाधा नपुर्याइ, अवैध मुद्रा तथा मूल्य हस्तान्तरण सेवा तथा हुण्डी कारोबार सञ्चालन गर्ने महत्वपूर्ण सेवा प्रदायकको पहिचान गरी उनीहरूलाई कानुनी कारबाही तथा सजाय गर्नुपर्नेमा जोड दिइएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान गर्ने निकायको क्षमता र आपसी समन्वय अभिवृद्धि गर्ने, सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान तथा अभियोजनको सङ्ख्या र प्रभावकारिता बढेको प्रमाणित गर्नुपर्ने छ ।जोखिमको प्रकृति अनुसार अपराधबाट प्राप्त आय तथा अपराधमा प्रयोग भएका साधनको पहिचान, खोजी, रोक्का, जफत तथा आवश्यकता अनुसार राज्यको स्वामित्वमा ल्याउने कार्य प्रभावकारी रूपमा गर्नुपर्ने र कार्ययोजना अन्तर्गत रहेका रणनीतिक कमजोरी हटाइ आफ्नो प्रणालीलाई अन्तरराष्ट्रिय मापदण्ड अनुरूप थप प्रभावकारी बनाउनुपर्ने छ ।
यसअघि सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनको परिपालनामा चुक्दा नेपाल विसं २०८१ फागुनमा खैरौ सूचीमा राखेको थियो । त्यस लगतै नेपालले एफएटिएफ र एसिया प्यासिफिक ग्रुप (एपिजी) सँग आफ्नो सम्पत्ति शुद्धीकरण निवारण प्रणालीको प्रभावकारिता बलियो बनाउन उच्चस्तरीय राजनीतिक प्रतिबद्धता जनाएको थियो । यसअघि नेपाल सन् २०१४ मा खैरो सूचीबाट बाहिर निस्किएको थियो । त्यसबेला नियामकीय सुधार गर्ने स्पष्ट मार्गचित्र तयार पारी कार्यान्वयनमा ल्याएपछि एफटिएफको प्रत्यक्ष निगरानी हटाइएको थियो । रासस
Comments
अरु समाचार
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...












