११ महिनामा आयातनिर्यात दुवै बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ। भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा आयात १५.१६ प्रतिशतले बढेर १८ खर्ब ९४ अर्ब ९८ करोड ८७ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा आयात १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख रुपैयाँ रहेको थियो।
यसैगरी, निर्यात पनि १२.२८ प्रतिशतले वृद्धि भई दुई खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निर्यात दुई खर्ब ४७ अर्ब ५७ करोड तीन लाख रुपैयाँ रहेको थियो।
आयातको तुलनामा निर्यात वृद्धि कम भएकाले व्यापार घाटा समेत बढेको छ। ११ महिनामा व्यापार घाटा १५.६७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब १३ करोड १६ लाख रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख रुपैयाँ थियो।
आयात र निर्यात दुवै बढेसँगै नेपालको कुल वैदेशिक व्यापार पनि उल्लेखनीय रूपमा विस्तार भएको छ। चालु आर्थिक वर्षको ११ महिनामा कुल वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढेर २१ खर्ब ७२ अर्ब ६६ करोड १३ लाख रुपैयाँ पुगेको छ, जबकि गत वर्ष सोही अवधिमा यो १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख रुपैयाँमा सीमित थियो।
भन्सार विभागका अनुसार सबैभन्दा धेरै आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ अग्रस्थानमा रहेको छ। समीक्षा अवधिमा दुई खर्ब ९७ अर्ब १४ करोड ४४ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। त्यस्तै, एक खर्ब १९ अर्ब ६३ करोड २० लाख रुपैयाँ बराबरको भटमासको कच्चा पदार्थ तथा ५५ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ बराबरको खाद्यान्न आयात गरिएको छ।
निर्याततर्फ भने भटमासको तेल प्रमुख वस्तु बनेको छ। ११ महिनामा एक खर्ब २२ अर्ब ८६ करोड ६३ लाख रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ। नेपालमा तेस्रो मुलुकबाट भटमासको कच्चा पदार्थ आयात गरी प्रशोधनपछि निर्यात गर्ने अभ्यास रहेको छ।
Comments
अरु समाचार
-
राष्ट्रपति पौडेलको आह्वान : ‘यो विभाजन होइन, राष्ट्रिय एकता र पुनर्निर्माणको समय हो’
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।...
-
रसुवा बाढीमा १२१ जना सुरुङभित्र फसेको सेनाको अनुमान
काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान नेपाली सेनाले गरेको...
-
काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव
काठमाण्डाै । काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ । साउनको पहिलो हप्तादेखि नै सहजरूपमा ग्यास...
-
विनाशकारी बाढीमा मृत्यु भएका व्यक्तिहरूको सम्झनामा झुकाइयो आधा राष्ट्रिय झण्डा
काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। भदौ १८...
-
‘सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइयो एमाले अध्यक्ष ओलीको एआई तस्बिर’
काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइएको एआई तस्बिरप्रति गम्भीर...
-
बाढी पीडितको पक्षमा निकालियो ऐक्यवद्धता र्याली, बेपत्ताहरूको खोजीमा उच्च प्राथमिकता दिन माग
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले पुर्याएको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गर्दै काठमाडौँमा ऐक्यवद्धता र्याली निकालिएको छ ।...
-
पदीय मर्यादाको उल्लंघन: प्रहरी इन्स्पेक्टर र गाउँपालिका अध्यक्ष रातभरि क्यासिनोमा
काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना वीरगञ्जस्थित एक क्यासिनोबाट पक्राउ परेका छन् । क्यासिनो प्रवेश गरी...
-
भोटेकोशी बाढी: आठ जिल्लामा १,३३१ शव फेला, ५ हजार जना अझै सम्पर्कविहीन
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला परेको...
-
बाढी प्रभावितलाई प्रधानमन्त्री शाहको सन्देश– हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ
काठमाडौँ भदौ २० गते । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य...












