आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याउने निर्णय गरेको हो । मध्यपूर्वको तनाव तथा बजारमा ग्यासको अभावपछि निगमले गएको फागुन अन्तिम हप्तादेखि बजारमा आधा तौल (७.१ किलो) भएको सिलिन्डर प्रयोगमा ल्याएको थियो ।
चार महिनापछि उपभोक्ताले पूरा तौल भएको ग्यास सिलिन्डर पाउन लागेका हुन् । भारतबाट प्रतिदिन १०० बुलेट ग्यास आउने सुनिश्चितता भएकाले आजदेखि पूर्ण तौल भएको सिलिन्डर प्रयोगमा ल्याउने निर्णय भएको आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो । स्टक रहुन्जेल केही दिन आधा तौल भएको सिलिन्डर पनि बजारमा रहनेछ । पूर्ण तौलको ग्यास सिलिन्डरको भाउ दुई हजार ६० रुपैयाँ पर्नेछ ।
Comments
अरु समाचार
-
भोटेकोसी बाढीमा डुबेको कृषि विकास बैंकको नगद र सुन सुरक्षित
काठमाडौं । काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण डुबानमा परेको कृषि विकास बैंकको त्रिशूली ढुंगे शाखाबाट करिब १...
-
बाढी प्रभावितका लागि ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने इप्पानको निर्णय, उद्धार कोषमा कुन समूहले कति जम्मा गरे ?
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) एवं इप्पान सम्बद्ध जलविद्युत् कम्पनीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५...
-
रसुवा बाढी पीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गर्यो ४ करोड १ लाख रुपैयाँ सहयोग
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवा बाढी पिडितका लागि ४ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । रसुवा...
-
आईएमई ग्रुपद्वारा बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १० करोड सहयोग
काठमाडौं । आईएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धार, तत्काल राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...












