भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA ICC ले गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।
PNO ले जारी गरेको शोक वक्तव्यमा प्राकृतिक विपत्तिका कारण असामयिक रूपमा ज्यान गुमाउनु भएका सम्पूर्ण दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ। वक्तव्यमा यस विनाशकारी बाढीले असंख्य परिवार तथा प्रभावित समुदायमा अपूरणीय क्षति पुर्याएको उल्लेख गर्दै आफ्ना प्रियजन गुमाउनु भएका परिवारजनलाई यस दुःखद् घडीमा धैर्य, साहस र मानसिक शक्ति प्राप्त होस् भन्ने कामना गरिएको छ।
PNO ले दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै प्रभावित परिवार तथा समुदायप्रति दृढ ऐक्यबद्धता प्रकट गरेको छ। साथै, विपत्तिको यस कठिन समयमा सम्पूर्ण नेपाली मूलका व्यक्तिहरू एकताबद्ध भई प्रभावित समुदायको साथमा उभिनुपर्नेमा जोड दिइएको छ। PNO ले बाढीबाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको प्रार्थना गरेको छ।
Comments
अरु समाचार
-
पाँच सुधार प्याकेज : शिथिल अर्थतन्त्रलाई गति दिने सरकारको परीक्षा
काठमाडौं। अर्थतन्त्रमा देखिएको शिथिलता चिर्न सरकारले पाँचवटा विशेष सुधार प्याकेज अघि बढाउने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल...
-
सुरुङभित्र फसेकाको उद्धारमा सबैभन्दा ठूलो समस्या के ? टनलिङ एसोसिएसनले सार्वजनिक गर्यो कारण
काठमाडौं । उद्धारकर्मीहरू यो समाचार तयार पारुञ्जेलसम्म विभिन्न सुरुङ संरचनाभित्र फसेका हुनसक्ने मानिसहरूको खोजीमा जुटिरहेका छन्। तर, सुरुङभित्र फसेकाहरूको खोजी...
-
बाढीपछिको पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब रुपियाँ आवश्यक, अर्थसचिव उपाध्याय भन्छन्- बजेट अभाव हुन्न
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपछि पुनर्निर्माणका लागि सरकारले सात खर्ब २३ अर्ब ३१ करोड ५२...
-
यस्तोृ छ आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
भोटेकोशी बाढी: उत्पादन क्षेत्रमा १ खर्ब ५० अर्ब रुपियाँको क्षति !
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका कारण उत्पादन क्षेत्रमा रु एक खर्ब...
-
बाढीपीडितका लागि राहत सामग्री ढुवानीमा लाग्ने शुल्कमा छुट: वायुसेवा निगम
काठमाडौं । नेपाल वायुसेवा निगमले हालैको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्रीको ढुवानीमा लाग्ने निगमसम्बन्धी सम्पूर्ण...
-
होल्डिङ सेन्टरमा बसेकाको अस्थायी बसोबासका लागि सुरु भयो सर्वेक्षण
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित भइ अहिले विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहनुभएकालाई उहाँहरूको इच्छा बमोजिम अस्थायी बसोबासका...
-
रसुवा बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणको तयारी तीव्र: अर्थसचिव डा. उपाध्याय
काठमाडौँ । भोटेकोशी बाढीपछि ३३ देशले राहत तथा उद्धार सामग्री दिएको अर्थसचिव डा. घनश्याम उपाध्यायले जानकारी दिएका छन् । अर्थ...
-
रसुवा बाढीमा १२१ जना सुरुङभित्र फसेको सेनाको अनुमान
काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान नेपाली सेनाले गरेको...












