संविधान दिवस भव्यरुपमा मनाउने तयारी गर्दै ‘कोशी प्रदेश सरकार’
काठमाडौं । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन कोशी प्रदेश सरकारले तयारी तिब्र बनाएको छ । असोज २,३ र ४ गते संबिधान दिवस भब्यताका साथ मनाइने भएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा ५०१ सदस्यीय संबिधान दिवस,२०८३ मुल समारोह समिति गठन भइसकेको छ । कोशी प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाका अनुसार १० हजारको सहभागिता रहने गरी कार्यक्रमको तयारी गरिएको छ ।
संबिधान दिवसका दिन असोज ३ गते बिराटनगर स्थित शहीद रंगशालामा मूल समारोह हुने छ । असोज ३ गते बिहान साढे ६ बजे आदर्श माबि बिराटनगर अगाडी भेला भएर बिभिन्न जातजाती,समूदाय तथा भेषभुषाको झाँकीहरु सहित प्रभातफेरी कार्यक्रम गरिने छ । शहीद रंगशालामा प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यतामा मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा मुल समारोह हुने छ । मुल समारोहमा खेलकौशल,प्रसिद्ध कलाकारहरुद्वरा राष्ट्रिय गीत प्रस्तुती र पुरस्कार बितरण लगायत कार्यक्रम गरिने छ ।
असोज २ गते खेलकुद बोर्डको आयोजनामा म्याराथुन दौड र ब्याडमिन्टन प्रतियोगिता हुने छ । सामाजिक बिकास मन्त्रालयले जिल्ला बाट छनौट भएर आएका प्रतियोगीहरुको नेपालको संबिधान र संघीयता कार्यावन्यन बिषयमा बक्तृत्वकला प्रतियोगिता गर्ने छ । जलबायु परिवर्तन र बिपद ब्यबस्थापनमा प्रदेश सरकारको भूमिका बिषयमा खुल्ला निबन्ध प्रतियोगिता गरिने छ । संबिधानदिवसका अवसरमा अन्तरसंबाद तथा भिडियो प्रतियोगिता समेत आयोजना हुने कार्यक्रम छ । यस्तै असोज ४ गते स्वास्थ्य मन्त्रालयको अगुवाईमा रक्तदान कार्यक्रम तथा पर्यटन वन तथा वातावरण मन्त्रालयको अगुवाईमा बृक्षारोपण कार्यक्रम गरिने भएको छ । कार्यक्रमको समग्र समन्वय तथा अनुगमन आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गरिरहेको छ ।
Comments
अरु समाचार
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
कांग्रेस नेतृ विनिता खड्काले भनिन्- सत्य अलिक ढिलो होला, तर पराजित हुँदैन
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ विनिता खड्काले राजनीति र जीवनमा कहिलेकाहीँ नसोचेका परीक्षाहरू आउने उल्लेख गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
कांग्रेस उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न, को-को भए विजयी ?
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार...
-
पूर्व प्रधानन्यायाधीशदेखि उच्च पदस्थ व्यक्ति जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोप, अख्तियारमा उजुरी
काठमाडौँ। “स्याउको कार्टुनमा करोडौँ रकम ओसार्ने चोलेन्द्र शमशेर जबरामाथि अनुसन्धान गर्ने हिम्मत देखाउने सरकारले सर्वोच्च अदालतबाटै ५ हजार रोपनी सरकारी...
-
‘विपद्को समयमा सरकार फराकिलो सोचका साथ अघि बढ्नुपर्छ’
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्निर्माण तथा पुनःस्थापनामा जुट्न...
-
बूढीगण्डकी बाढीबाट प्रभावितको सहयोगमा जुट्न पार्टीका सदस्यहरूलाई लामिछानेको निर्देशन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोरखाको चुमनुब्री क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको...
-
विराटनगरमा हुने ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’ को तयारी पूरा
विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा विराटनगरमा सञ्चालन हुन लागेको ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन-२०८३’ को सम्पूर्ण तयारी पूरा भएको छ ।...












