ताजा समाचार

‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने उनको भनाइ छ।

हिजो सर्वोच्च अदालतले संविधान संशोधनका लागि राष्ट्रिय सभामा पनि दुई तिहाइको हुनैपर्ने र प्रतिनिधि सभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न आदेश दिएको थियो।

आदेशपछि ज्ञवालीले भनेका छन्, ‘भनेकै थियौँ– संसद् नियमावली मार्फत संविधान संशोधन गर्न मिल्दैन । तर संख्याको दम्भमा संविधानमा छेडखानी गर्न खोज्नु भयो । संविधान गतिशील दस्ताबेज हो, यो असंशोधनीय छैन ।’

लामो सङ्घर्ष र बलिदान तथा दु–दुइटा संविधानसभाबाट निकै कठिनाइसाथ निर्मित संविधान लहडका भरमा संशोधन हुन नसक्ने उनको भनाइ छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org