एलेप्पोमा बीस लाख मानिस घेराबन्दीमा पर्नसक्ने राष्ट्रसङ्घको चेतावनी
सिरिया, २५ साउन । सिरियाको प्राचिन शहर अलेप्योमा द्वन्द्वका कारण करिव २० लाख मानिस घेराबन्दीमा पर्नसक्ने खतरा रहेकको संयुक्त राष्ट्रसङ्घले जनाएको मङ्गलबार जनाएको छ ।
राष्ट्रसङ्घले सिरिया द्वन्द्वका क्रममा ठूलो मात्रामा बम बर्षा भएको उक्त शहरमा मानवीय सहायता पु¥याउन तत्काल सहायता टोलीलाई प्रवेशको पहँुच पु¥याउनसक्ने वातावरणको ग्यारेन्टी समेत प्रवन्ध गर्न सरकारी तथा विद्रोही पक्षलाई आग्रह गरेको छ ।
पछिल्ला केही हप्ताहरुमा भएको भयङ्करका भडपले अलेप्पोलाई विद्रोही र सरकारी पक्ष गरी दुई भागमा विभाजित गरेको छ जहाँ नागरिकलाई आहोर दोहोर गर्न द्वन्द्वरत पक्षबीचको तनावको कारण कठिन परेको बताउदै संयुक्त राष्ट्रसङ्घका सिरियाका लागि उच्च मानविय सहायता मामिला अधिकारी याकुव एल हिलो र क्षेत्रीय संयोजक केभिन केनेडीले मानवीय सहयोगका लागि द्वन्द्वरत क्षेत्रमा युद्धनिवराम रोक्न आग्रह गर्नुभएको छ ।
अलेप्यो शहर र बरपरका क्षेत्रमा करिव २० लाख मानिस घेराबन्दीमा पर्ने भयमा दिन बिताउन बाध्य छन् जहाँ अहिले नै दुई लाख ७५ हजार नागरिक शहरको पूर्वी क्षेत्रमा फसेका राष्ट्रसङ्घद्वारा मङ्गलबार जारी विज्ञप्तिमा जनाइएको छ ।
जुलाईको अन्त्यपछि अलेप्पो शहरमा १३० नागरिकले ज्यान गुमाएका छन् भने उक्त क्षेत्रमा भएको आक्रमणका कारण अस्पताल, औषधि पसल, विद्युत तथा पानीका स्रोतहरु पनि प्रभावित हुँदा जनजीवन अस्तव्यस्त एवम् दयनीय अवस्थामा पुगको राष्ट्रसङ्घले बताएको छ ।
राष्ट्रसङ्घले द्वन्द्वबाट प्रभावित नागरिकलाई मानवीय सहायता पु¥याउने सम्भव भएमा पूर्ण युद्धबिराम वा हप्तामा दुईदिन आक्रमण रोकी अति आवश्यकताकीय खाद्यान्न तथा औषधि आपूर्ति गर्ने वातावरण मिलाउन सरकार र विद्रोही पक्षलाई अनुरोध गरेको छ । उक्त क्षेत्रमा खाद्यान्न तथा औषधि लगायतका सामानको अभावका कारण जनजीवन नराम्ररी प्रभावित बनेको छ ।
सिरियाको पूर्वआर्थिक शक्तिको भण्डारण क्षेत्र अलेप्पो आफँै प्रभावित हुँदा देशको अर्थतन्त्रमा समेत नराम्रो असर परेको छ ।
सिरिया द्वन्द्वका कारण सन् २०११ को मार्च पछि अहिलेसम्म आउँदा कम्तिमा दुई लाख ९० हजार मानिसले ज्यान गुमाएका छन् । त्यसैगरी देशकै आधा जनसङ्ख्या द्वन्द्वका कारण विस्थापित बनेको छ । रासस/एएफपी
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












