शर्मिला श्रेष्ठको तीज गीतको अडियो बजारमा
बनेपा, ५ भदौ । काभ्रेपलाञ्चोककी लोक गायिका शर्मिला श्रेष्ठले तीज गीतको नयाँ अडियो बजारमा ल्याउनुभएको छ ।
चारवटा गीतिएल्बमसहित विभिन्न अडियो एल्बम सार्वजनिक गर्नुभएकी गायिका श्रेष्ठले ‘नाच्दा नाच्दै सङ्गी हो झुम्का हरायो, उनले गाली गर्छन्की सासू आँखा तर्छन्की’ नामक २२औँ संस्करण बजारमा ल्याउनुभएको हो ।
विनोद बञ्जराको शब्द रचना भएको सो अडियोमा जीवन परियार र शर्मिला श्रेष्ठले गीत गाएका छन् ।
नाच्दानाच्दै महिलाहरु आफ्नै गहना हराएको पनि थाहापाउनुहुन्न त्यसैले उहाँहरुलाई सचेत गराउन पनि यो गीत ल्याएको हो लोक गायिका श्रेष्ठले भन्नुभयो ।
विसं २०६५ देखि निरन्तर लोक गायनमा संलग्न काभ्रेपलाञ्चोकको शङ्खु गाविसमा जन्मिनुभएकी उहाँले तीजका लागि तीन वर्षदेखि गीत गाउँदै आएको बताउनुभयो ।
मलाई दर्शक, स्रोताको माया भए पुग्छ उहाँले भन्नुभयो । अडियो गीतका लागि रु दुई लाख खर्च भएको र त्यसलाई युट्युबमा समेत हेर्न सकिने श्रेष्ठको भनाइ छ ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












