खाना पकाउने ग्यासको मूल्य घट्यो
काठमाडौं, १७ भदौ । नेपाल आयल निगमले नजिकिँदो चाडबाडलाई ध्यानमा राखी खाना पकाउने ग्यासको मूल्य घटाएको छ ।
चाडबाडको अवसर पारेर प्रतिसिलिन्डर मूल्य रु ५० घटाइएको निगमका प्रवक्ता भानुभक्त खनालले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार अब उपभोक्ताले प्रतिसिलिन्डर ग्यास रु एक हजार ३२५ मा किन्न सक्नेछन् । यसअघि उपभोक्ताले प्रतिसिलिन्डर ग्यासको रु एक हजार ३७५ तिर्दै आएका थिए ।
निगमले बिहीबार रातिदेखि लागू हुने गरी नयाँ मूल्य कायम गरिएको जनाएको छ ।
आपूर्ति मन्त्रालयले यसअघि नै ग्यासको मूल्य घटाउने योजना बनाएको थियो । खाना पकाउने ग्यासको मूल्य घटे पनि पेट्रोलियम पदार्थको मूल्य भने तत्काल नघट्ने प्रवक्ता खनालले बताउनुभयो ।
निगमलाई बिहीबारसम्म खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर रु १११ नाफा थियो । रासस
Comments
अरु समाचार
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै खुलेन
रुकुमपूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन । बुधबार दिनभर हिमपात भएपछि सडकको हिउँ...











