एक अर्ब विप्रेषण भित्रियो
म्याग्दी, १९ भदौ । म्याग्दीेका बैंक तथा वित्तीय संस्थाका शाखाले एक वर्षको अवधिमा रु एक अर्बभन्दा बढी विप्रेषण ९रेमिट्यान्स० भुक्तानी गरेका छन् ।
विसं २०७२ साउनदेखि २०७३ असार मसान्तसम्ममा ती शाखाले रु एक अर्ब सात करोड ६५ लाख ५० हजार रेमिट्यान्स भुक्तानी गरेका नेपाल राष्ट्र बैङ्कको पोखरा क्षेत्रीय कार्यालयले जनाएको छ ।
कार्यालयका सहनिर्देशक रितुनाथ लम्सालले म्याग्दीका १४ बैंक तथा वित्तीय संस्थाका २० वटा शाखाबाट सो मात्रामा रेमिट्यान्स भुक्तानी भएको जानकारी दिनुभयो । बेनी, दरवाङ, बाबियाचौर र भुरुङ तातोपानीमा रहेका बैंकका शाखाबाहेक विभिन्न कम्पनीका एजेन्टमार्फत भएको भुक्तानी जोड्दा अझ बढी रेमिट्यान्स जिल्लामा भित्रिएको छ ।
पछिल्लो समय युवायुवती रोजगारी र अध्ययनका लागि विदेशीएसँगै रेमिट्यान्स पनि भित्रन थालेको प्रभू बैंक बेनी शाखाका प्रबन्धक निरज पन्तले बताउनुभयो ।
रेमिट्यान्सको धरै हिस्सा अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको पाइएको छ । रासस
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












