भाडामा सामूहिक गोलभेँडा खेती सुरु
रामपुर (पाल्पा), २२ भदौ । विदेश गएर फर्किएका र विदेशिन लागेका गल्धा गाविस–७ गेझा पाल्पाका चार युवाले सामूहिक रुपमा गोलभेँडा खेती सुरु गरेका छन् ।
एघार रोपनी जग्गा वार्षिक रु ५० हजारमा भाडामा लिएरयुवाले रु २० लाखको लगानीमा आधुनिक प्रविधिबाट गोलभेँडा खेती सुरु गरेका हुन् । गोलभेँडा खेतीका लागि अहिले ३५ वटा प्लास्टिक टनेलभित्र बनाइएको छ ।
विदेशिएका अर्जुन थापा, शेरबहादुर सोती, पूर्णबहादुर पचभैया र विदेशिन लाग्नुभएका किसान सारुले सामूहिक रुपमा जग्गा भाडामा लिएर थालनी व्यवसाय जिल्लामै नमुनाका रुपमा अघिबढेको छ ।
यो व्यवसायका लागि पाल्पा जिल्ला कृषि विकास कार्यालयले रु दुई लाख ४० हजारका साथै १५ वटा प्लास्टिक टनेल अनुदानमा उपलब्ध गराएको वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोइरालाले बताउनुभयो । सो व्यवसायका लागि जापानी समाजसेवी काजुमासा काकीमी (ओकेबाजे) ले रु तीन लाख सहयोग गरेको व्यवसायी शेरबहादुर सोतीले जानकारी दिनुभयो ।
त्यस्तै किसान परियोजना नामक संस्थाले सिमेन्ट पोखरी निर्माणका लागि रु ४५ हजार २०० र दुई वटा प्लास्टिक टनेल उपलब्ध गराएको परियोजनाका कृषि बजार प्राविधिक अशोक गुरुङले बताउनुभयो । मासिक रुपमा एक बोटमा चार किलो गोलभेँडा उत्पादन गर्ने लक्ष्यका साथ यहाँका युवाले आधुनिक प्रविधिबाट सो व्यवसाय गरेका हुन् ।
“पाँच वर्षसम्म विदेश बसेर खाली हात स्वदेश फर्किए, विदेश जाँदाको लगानी मुस्किलले पाँच वर्षमा उठाएर स्वदेश फर्किए” अर्का व्यवसायी अर्जुन थापाले भन्नुभयो– “अहिले यस व्यवसायले विदेशको पीडा भुलाएको छ भने अर्कोतिर आम्दानी पनि राम्रो हुँदै गएको छ”
“गाउँका साथीभाइ विदेशिएको देख्दा पासपोर्ट बनाएर जाने तयारी गरे, विदेशिएका साथीको पीडा सुन्दा हातमा पासपोर्ट बोकेर खाडीमा पसिना बगाउने होइन, यहीको पाखा पखेरामा कृषि व्यवसाय गरेर आर्थिक उपार्जन गर्ने सोच बनाए” किसान सारुले भन्नुभयो । जापानीज प्रविधिबाट सुरु गरिएको गोलभेँडा खेतीबारे इन्टरनेटबाट थाहा पाएपछि विभिन्न क्षेत्रबाट अवलोकनका लागि दिनहुँ आउने गरेको पूर्णबहादुर पचभैयाले बताउनुभयो ।
रामपुरको बजारलाई लक्षित गरी ती चार युवाले गोलभेँडा खेती सुरु गरेका हुन् । आउँदो माघसम्ममा ६४ वटा टनेल निर्माण गरी गोलभेँडाबाट वार्षिक रुपमा रु १० देखि १५ लाखसम्म आम्दानी लिने उनीहरुको सोच छ । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












