पर्यटकीय यामसँगै व्यवसायी उत्साहित
चितवन, २३ भदौ । भूकम्प र नाकाबन्दीका कारण प्रभावित बनेको यहाँको पर्यटन व्यवसाय पर्यटकीय मौसम सुरु भएसँगै गरिएका अग्रिम बुकिङका कारण व्यवसायी उत्साहित भएका छन् ।
गत वर्ष वैशाखमा आएका भूकम्प र त्यसपछि तराईमा गरिएको आन्दोलन तथा भारतीय नाकाबन्दीका कारण पर्यटक आगमनमा निकै कमी आएको थियो । स्वदेशी पर्यटकले मात्र व्यवसायी चित्त बुझाउन बाध्य भएका थिए ।
सेप्टेम्बर, अक्टोबर र नोभेम्बर तथा फेब्रुअरी, मार्च र अप्रिल पर्यटक आउने समय हो । सेप्टेम्बर सुरु हुँदै गर्दा दुई महिनाका लागि यहाँका अधिकांश होटल बुकिङ भइसकेका छन् । अहिले विदेशी पर्यटक ट्रेकिङमा गएका कारण सेप्टेम्बर १५ पछि यहाँ पर्यटकको चाप बढ्ने अनुमान व्यवसायीको छ । अन्तर्राष्ट्रिय जगत्मा भूकम्पको खतरा र बन्द हडताल एवम् आन्दोलनका बारेमा फैलाइएको नकारात्मक सन्देशका कारण गत वर्षको पर्यटन प्रभावित बनेको थियो ।
होटल सेभेन स्टार सौराहाका प्रबन्ध निर्देशक माधव दुवाडीका अनुसार यस वर्ष अन्तर्राष्ट्रिय जगत्मा नेपालको सकारात्मक सन्देश पुग्ने गरी प्रचार गरिएको हुँदा बुकिङ सकारात्मक छ । सबैभन्दा बढी पर्यटक आउने चीनमा नेपालका ८० जना पर्यटन व्यवसायीले पर्यटन प्रवद्र्धनका लागि सन्देश फैलाउने गरी कार्यक्रम गरेर फर्किएका छन् । दुवाडीका अनुसार थाइल्यान्डबाट समेत पर्यटक नेपाल भित्र्याउनका लागि प्रचारप्रसार गरिएको छ ।
त्यसैगरी सार्क र अन्य राष्ट्रहरुमा सरकारी र निजी क्षेत्रबाट नेपालमा पर्यटक भित्र्याउन सकारात्मक सन्देश प्रवाहको काम भइरहेको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका वरिष्ठ उपाध्यक्ष सुमन घिमिरे होटलमा अनलाइन बुकिङ र एजेन्सी बुकिङ राम्रो रहेको बताउनुहुन्छ । गत वर्ष मुख्य मौसममा ५० प्रतिशतभन्दा कम बुकिङ भएको थियो ।
यस वर्ष ७० प्रतिशत बुकिङ कट्ने अनुमान व्यवसायीको छ । “सरदर ७० प्रतिशत बुकिङ कट्छ भन्ने अपेक्षा छ,” उहाँले भन्नुभयो । भूकम्प आउनुअघि सौराहाका होटल ८५ प्रतिशतसम्म बुकिङ भएका थिए । यस वर्षको दोस्रो मौसममा ८० प्रतिशत बुकिङ हुने अपेक्षा घिमिरेको छ ।
विगतका वर्षमा सौराहा आउने पर्यटकमा ३० प्रतिशत स्वदेशी र ७० प्रतिशत विदेशी हुने गर्दथे । पछिल्लो समय स्वदेशी ४० प्रतिशत पुग्ने अनुमान छ । तीस प्रतिशतको हाराहारीमा चिनियाँ, बाँकी भारतीय र सार्कका बाँकी देश तथा तेस्रो देशका पर्यटक आउने अनुमान छ ।
पोखरामा व्यावसायिक सफलता हासिल गरेपछि पश्चिम चितवनको मेघौलीमा पनि खोलिएको होटल बाराहीमा यस वर्ष पनि पर्यटकको बुकिङ राम्रो छ । अफ्रिका जाने पर्यटक के चाहँदा रहेछन् र उनीहरुलाई नेपाल ल्याउन कसरी सकिन्छ भन्ने विषयमा बुझ्न अफ्रिका पुगेर बुधबार मात्रै फर्किनुभएका बाराहीका प्रबन्ध निर्देशक विप्लव पौडेलले यस वर्ष नेपालमा पर्यटक आगमन उत्साहजनक रहने बताउनुभयो ।
नारायणगढ–मुग्लिन सडकखण्डका कारण पर्यटक चितवन ल्याउन कठिन भए पनि बुकिङ राम्रो छ । “गत वर्षभन्दा २० प्रतिशत बुकिङ बढी छ,” पौडेलले भन्नुभयो । होटल बाराहीमा आउने ७५ प्रतिशत पर्यटक विदेशी हुने गर्छन् ।
पश्चिम चितवनको मेघौलीमा रहेको सराङ वाइल्डलाइफ सेन्चुरीका सञ्चालक सुबोध प्रधान गत वर्ष पर्यटक आगमनमा कमी आएकाले यस वर्ष पर्यटक भित्र्याउन बजार प्रवद्र्धनको काममा जुटेको बताउनुहुन्छ । भूकम्पसँगै तातोपानी भन्सार बन्द छ । केरुङ पनि त्यति सहज छैन । चीनबाट हवाई यात्राका लागि जहाज कटौती भएका छन् ।
व्यवसायीकै अनुरोधमा उडान कम्पनीहरुले चीनबाट काठमाडौँका लागि उडान सङ्ख्या थप गर्ने आश्वासन दिएका घिमिरेले बताउनुभयो । हवाई र स्थल मार्गको राम्रो सुविधा पाएमा चिनियाँ पर्यटक पूर्ववत् अवस्थामा नेपाल भित्रिने देखिन्छ । काठमाडौँ र पोखरापछि ठूलो सङ्ख्यामा पर्यटकको रोजाइ चितवन हुने गरेको छ । सौराहामा दुई हजार ५०० जना क्षमताका ११० होटल छन् । जगतपुर, मेघौली र गोलाघाटमा करिब ३० वटा पर्यटकीय होटल रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका प्रवेशद्वारमा पर्यटकीय होटल खोल्ने क्रम जारी रहेको छ । रासस
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












