कृषिको व्यावसायीकरणमा प्रधानमन्त्रीको जोड
काठमाडौँ, २३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले कृषिको आधुनिकीकरण, यान्त्रीकरण र व्यावसायीकरणमा जोड दिनुभएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यसैवर्षदेखि किसानका लागि पेन्सन कोष खडा गरिने र कृषि उपजको उत्पादन, प्रशोधन र बजारीकरणमा विशेष ध्यान दिइने बताउनुभयो ।
सरकारले आव २०७३/७४ को बजेट वक्तव्यमार्फत किसानलाई पेन्सन उपलब्ध गराउने घोषणा गरेको हो ।
उहाँले कृषि बिमामा ७५ प्रतिशत अनुदान दिइने र पशुपक्षी, माछा र मौरीपालन विस्तार गरिने पनि बताउनुभयो । सहकारी खेतीमार्फत चक्लाबन्दीमा खेती गर्नेलाई कृषि सामग्री, मल, बीउ, प्राविधिक सेवा, तालिम र यान्त्रिकीकरणमा अनुदान दिने सरकारको नीति रहेको उहाँले स्पष्ट पार्नुभयो ।
कृषकको आयआर्जन बढाउन राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि सारिएका सिक्टा, रानी जमरा कुलरिया र बबई सिँचाइ आयोजनालाई आवश्यकताअनुसार बजेट विनियोजन गरिने उहाँले बताउनुभयो ।
कुल गार्हस्थ्य उत्पादनको करिब ३३ प्रतिशत योगदान रहेको कृषि क्षेत्रसँग झन्डै दुईतिहाइ जनता आबद्ध छन् । रासस
Comments
अरु समाचार
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै खुलेन
रुकुमपूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन । बुधबार दिनभर हिमपात भएपछि सडकको हिउँ...












