वैदेशिक व्यापार साढे आठ खर्बमा सीमित
काठमाडौँ, २४ भदौ । गत आर्थिक वर्षमा मुलुकको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको तुलनामा २.२ प्रतिशतले ह्रास आइ रु आठ खर्ब ५२ अर्ब २९ करोडमा सीमित भएको छ ।
कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ८.३ प्रतिशत र ९१.७ प्रतिशत रहेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । गत आवको तथ्याङ्कको विश्लेषणका आधारमा मुलुकको व्यापारघाटा निरन्तर रुपमा वृद्धि हुने क्रम जारी छ ।
आव २०७२÷७३ मा अघिल्लो आवको तुलनामा व्यापार घाटा १.७ प्रतिशतले वृद्धि भई नेपालको कुल व्यापार घाटा रु सात खर्ब १० अर्ब एक करोड पुगेको केन्द्रले जनाएको छ । केन्द्रले आज सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्क अनुसार गत आवमा कुल निकासीमा १७.९ प्रतिशतले ह्रास आइ रु ७१ अर्ब ६४ करोड तथा कुल पैठारीमा ०.४ प्रतिशतले ह्रास आइ रु सात खर्ब ७८ अर्ब १५ करोड पुगेको केन्द्रका निर्देशक सुयश खनालले जानकारी दिनुभयो ।
केन्द्रका अनुसार आव २०७१÷७२ अवधिमा निकासी– पैठारी व्यापारको अनुपात एक भागको ९.१ भाग भएकोमा आव २०७२÷७३ मा निकासी–पैठारी व्यापारको अनुपात एक भागको ११ भाग रहेको छ । समीक्षा अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऊनी गलैँंचाको निर्यातमा १६ प्रतिशतले वृद्धि भर्ई रु आठ अर्ब छ करोड, तयारी पोसाकको निर्यातमा ११.३ प्रतिशतले वृद्धि भर्ई रु पाँच अर्ब ८८ करोड र पस्मिना सलको निर्यातमा ९.१ प्रतिशतले वृद्धि भर्ई रु दुई अर्ब ८९ करोड पुगेको छ ।
फलाम तथा स्टिल र तिनका उत्पादनको निर्यातमा ५४.६ प्रतिशतले ह्रास आई रु चार अर्ब ६७ करोड, पोलिस्टर तथा अन्य धागोमा १९.४ प्रतिशतले ह्रास आइ रु पाँच अर्ब ३६ करोड पुगेको छ भने मुसुरोको दालमा २.६ प्रतिशतले वृद्धि भर्ई रु एक अर्ब २९ करोड पुगेको छ ।
सो अवधिमा रु ७३ करोडको छाला, रु चार अर्ब ६१ करोडको अलैँंची, रु दुई अर्ब ४० करोडको चिया, रु ६४ करोडको अदुवा, रु ६३ करोडको चाउचाउ, रु एक अर्ब २४ करोडको जडीबुटी, रु एक अर्ब दुई करोडको टुथपेष्ट, रु तीन अर्ब ३९ करोडको टेक्सटाइल, रु ७५ करोडको हस्तकलाका सामान, रु ६५ करोडको नेपाली हातेकागज, रु १३ करोडको चाँदीका गरगहना निकासी भएको केन्द्रले जनाएको छ ।
सो अवधिमा पैठारी भएका प्रमुख वस्तुमा अघिल्लो वर्षको तुलनामा फलाम तथा स्टिल र तिनका उत्पादनमा १.९ प्रतिशतले ह्रास आई रु ७८ अर्ब २५ करोड, पेट्रोलियम पदार्थमा ३८.३ प्रतिशतले ह्रास आई रु ६९ अर्ब १९ करोडको आयात भएको छ । यातायातका साधन र तिनका पार्टपुर्जाको आयातमा ३४.९ प्रतिशतले वृद्धि भई रु ६६ अर्ब ६३ करोड, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्रीमा ४.३ प्रतिशतले ह्रास आई रु ३४ अर्ब ५८ करोड, औषधिमा २२.९ प्रतिशतले वृद्धि भई रु २६ अर्ब ५३ करोडको आयात भएको छ ।
केन्द्रका अनुसार मेसिनरी तथा पार्ट्समा ११.९ प्रतिशतले वृद्धि भर्ई रु ५७ अर्ब ११ करोड, पोलिथिन ग्रेन्युल्समा १०.५ प्रतिशतले वृद्धि भई रु १५ अर्ब ८१ करोड र कच्चा पाम आयलमा ४२.५ प्रतिशतले ह्रास आर्ई रु दुई अर्ब ८५ करोड अर्ब आयात भएको छ ।
दुरसञ्चारका सामग्रीमा २२.८ प्रतिशतले वृद्धि भई रु २३ अर्ब ७३ करोड, रसायनमा १२.९ प्रतिशतले वृद्धि भई रु नौ अर्ब ९९ करोडको आयात भएको केन्द्रले उल्लेख गरेको छ । यसैगरी समीक्षा अवधिमा रु १६ अर्ब आठ करोड बराबरको सुन, रु १५ अर्ब ९५ करोड बराबरको रासायनिक मल तथा रु नौ अर्ब ५३ करोड बराबरका हवाईजहाज तथा हवाईजहाजका पार्ट्स पैठारी भएका छन् ।
गत वर्ष रु नौ अर्ब ८४ करोडको समेन्ट क्लिङ्कर, रु १२ अर्ब ३६ करोडको कच्चा भटमासको तेल, रु १२ अर्ब ८७ करोडको तयारी पोसाक, रु ३९ अर्बको ३४ करोडको अन्न र रु तीन अर्ब ८२ करोडको ऊन आयात भएको छ । रासस
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












