वैदेशिक व्यापार साढे आठ खर्बमा सीमित
काठमाडौँ, २४ भदौ । गत आर्थिक वर्षमा मुलुकको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको तुलनामा २.२ प्रतिशतले ह्रास आइ रु आठ खर्ब ५२ अर्ब २९ करोडमा सीमित भएको छ ।
कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ८.३ प्रतिशत र ९१.७ प्रतिशत रहेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । गत आवको तथ्याङ्कको विश्लेषणका आधारमा मुलुकको व्यापारघाटा निरन्तर रुपमा वृद्धि हुने क्रम जारी छ ।
आव २०७२÷७३ मा अघिल्लो आवको तुलनामा व्यापार घाटा १.७ प्रतिशतले वृद्धि भई नेपालको कुल व्यापार घाटा रु सात खर्ब १० अर्ब एक करोड पुगेको केन्द्रले जनाएको छ । केन्द्रले आज सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्क अनुसार गत आवमा कुल निकासीमा १७.९ प्रतिशतले ह्रास आइ रु ७१ अर्ब ६४ करोड तथा कुल पैठारीमा ०.४ प्रतिशतले ह्रास आइ रु सात खर्ब ७८ अर्ब १५ करोड पुगेको केन्द्रका निर्देशक सुयश खनालले जानकारी दिनुभयो ।
केन्द्रका अनुसार आव २०७१÷७२ अवधिमा निकासी– पैठारी व्यापारको अनुपात एक भागको ९.१ भाग भएकोमा आव २०७२÷७३ मा निकासी–पैठारी व्यापारको अनुपात एक भागको ११ भाग रहेको छ । समीक्षा अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऊनी गलैँंचाको निर्यातमा १६ प्रतिशतले वृद्धि भर्ई रु आठ अर्ब छ करोड, तयारी पोसाकको निर्यातमा ११.३ प्रतिशतले वृद्धि भर्ई रु पाँच अर्ब ८८ करोड र पस्मिना सलको निर्यातमा ९.१ प्रतिशतले वृद्धि भर्ई रु दुई अर्ब ८९ करोड पुगेको छ ।
फलाम तथा स्टिल र तिनका उत्पादनको निर्यातमा ५४.६ प्रतिशतले ह्रास आई रु चार अर्ब ६७ करोड, पोलिस्टर तथा अन्य धागोमा १९.४ प्रतिशतले ह्रास आइ रु पाँच अर्ब ३६ करोड पुगेको छ भने मुसुरोको दालमा २.६ प्रतिशतले वृद्धि भर्ई रु एक अर्ब २९ करोड पुगेको छ ।
सो अवधिमा रु ७३ करोडको छाला, रु चार अर्ब ६१ करोडको अलैँंची, रु दुई अर्ब ४० करोडको चिया, रु ६४ करोडको अदुवा, रु ६३ करोडको चाउचाउ, रु एक अर्ब २४ करोडको जडीबुटी, रु एक अर्ब दुई करोडको टुथपेष्ट, रु तीन अर्ब ३९ करोडको टेक्सटाइल, रु ७५ करोडको हस्तकलाका सामान, रु ६५ करोडको नेपाली हातेकागज, रु १३ करोडको चाँदीका गरगहना निकासी भएको केन्द्रले जनाएको छ ।
सो अवधिमा पैठारी भएका प्रमुख वस्तुमा अघिल्लो वर्षको तुलनामा फलाम तथा स्टिल र तिनका उत्पादनमा १.९ प्रतिशतले ह्रास आई रु ७८ अर्ब २५ करोड, पेट्रोलियम पदार्थमा ३८.३ प्रतिशतले ह्रास आई रु ६९ अर्ब १९ करोडको आयात भएको छ । यातायातका साधन र तिनका पार्टपुर्जाको आयातमा ३४.९ प्रतिशतले वृद्धि भई रु ६६ अर्ब ६३ करोड, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्रीमा ४.३ प्रतिशतले ह्रास आई रु ३४ अर्ब ५८ करोड, औषधिमा २२.९ प्रतिशतले वृद्धि भई रु २६ अर्ब ५३ करोडको आयात भएको छ ।
केन्द्रका अनुसार मेसिनरी तथा पार्ट्समा ११.९ प्रतिशतले वृद्धि भर्ई रु ५७ अर्ब ११ करोड, पोलिथिन ग्रेन्युल्समा १०.५ प्रतिशतले वृद्धि भई रु १५ अर्ब ८१ करोड र कच्चा पाम आयलमा ४२.५ प्रतिशतले ह्रास आर्ई रु दुई अर्ब ८५ करोड अर्ब आयात भएको छ ।
दुरसञ्चारका सामग्रीमा २२.८ प्रतिशतले वृद्धि भई रु २३ अर्ब ७३ करोड, रसायनमा १२.९ प्रतिशतले वृद्धि भई रु नौ अर्ब ९९ करोडको आयात भएको केन्द्रले उल्लेख गरेको छ । यसैगरी समीक्षा अवधिमा रु १६ अर्ब आठ करोड बराबरको सुन, रु १५ अर्ब ९५ करोड बराबरको रासायनिक मल तथा रु नौ अर्ब ५३ करोड बराबरका हवाईजहाज तथा हवाईजहाजका पार्ट्स पैठारी भएका छन् ।
गत वर्ष रु नौ अर्ब ८४ करोडको समेन्ट क्लिङ्कर, रु १२ अर्ब ३६ करोडको कच्चा भटमासको तेल, रु १२ अर्ब ८७ करोडको तयारी पोसाक, रु ३९ अर्बको ३४ करोडको अन्न र रु तीन अर्ब ८२ करोडको ऊन आयात भएको छ । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












