विराटनगर उपमहानगरपालिकालाई कर नबढाउन विज्ञको सुझाव
हरि अधिकारी/विराटनगर २७ भदौ । विराटनगर उपमहानगरपालिकाले गठन गरेको घरजग्गा कर सुझाव समितिले १५ प्रतिशत भन्दाबढि कर नबढाउन सुझाव दिएको छ । अर्थशास्त्री डा. भेषप्रसाद धमलाको संययोजकत्मा गठन गरेको सुझाव समितिले गतबर्षको अनुपातमा १५ प्रतिशत भन्दा बढि कर नअसुल्न उपमहानगरलाई सुझाव दिएको हो ।
सुझाव समितिले शनिवार प्रतिवेदन कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीलाई बुझाउदै २०७२/०७३ मा उठाएको करमा अधिकतम १५ प्रतिशत मात्र बृद्धि गर्न सुझाव दिएको हो ।
समितिले २०७३/०७४ मा बढेको कर बुझाएकाहरुलाई रकम फिर्ता गर्न भनेको छ । पहिले नै कर बुझाएकाहरुको हकमा बढि भएको रकम आगामी बर्षको करमा समावेस हुने गरी फिर्ता गर्न सुझाव दिएको एमाओवादी केन्द्र विराटनगर संयोजक नमिता न्यौपानेले जानकारी दिइन ।
समितिले चार बुँदे सुझाव विराटनगर उपमहानगरपालिकालाई बुझाएको थियो । समितिले घरजग्गा करको विषयमा केन्द्रीत रहेर सुझाव पेश गरेको हो ।
समितिले पहिलो बुँदामा आर्थिक वर्ष २०७२/७३ मा अशुल गरेको कर रकममा १५ प्रतिशतमा नबढ्नेगरी कर वृद्धि गर्न सक्ने उपमहानगरपालिकालाई भनेको छ ।
यस्तै घरजग्गा करको दर निर्धारण गर्ने विधि सच्याउन स्थानीय विकास मन्त्रालयमा संयुक्त पहल गर्नुपर्ने सुझाव दिइएको छ । समितिले करको दायरा बढाउन पहल गर्न सुझाव दिइएको हो । राजनीतिक दलहरुलेपनि मन्त्रालयमा पहल गर्ने बताइएको छ ।
स्थानीय स्वायत्त शासन नियमावली २०५६, गत वर्ष भएको संशोधनले घरजग्गा करको दर निर्धारण गर्ने पुरानो मापदण्ड परिमार्जन गरेपछि विराटनगर उपमहानगरपालिकाले त्यसलाई कार्यान्वयनमा ल्याएको थियो । नयाँ मापदण्ड अनुसार घरजग्गा कर कार्यान्वयनमा ल्याउ“दा साना करदाताहरुको मारमा परेका थिए ।
कर परिमार्जनको बिषयमा राजनीतिक राजनीतिक दलहरुको सहमती लिएको कार्यकारी अधिकृत रेग्मीले बताएपछि राजनीतिक दल रेग्मीसँग रिसाएका थिए ।
कर परिमार्जनको माग गर्दै कांग्रेस, एमाले माओवादी केन्द्रलगायत राजनीतिक दलहरु आन्दोलनमा उत्रिएका थिए । राजनीतिक दलहका स्थनीय नेता विरोधमा उत्रिएपछि उपमहानगरपालिकाले अर्थशास्त्री डा. धमलाको संयोजकत्वमा समिति गठन गरेको थियो । भदौ ८ गते गठन गरिएको समितिले प्रतिवेदन बुझाउदै अव्यावहारिक रक प्रणली खारेज गर्न सुझाव दिएको हो ।
समितिले अघिल्लो आर्थिक वर्षमा अशुल भएको रकममा १५ प्रतिशतमा नबढ्ने गरी कर वृद्धि गर्न लिखित सुझाव दिएको हो । तर गतबर्ष ठूला करदाताको सवालमा कर बढि भएको भन्दै कांग्रेस नगर सभापति भिमपराजुलीले कर घटाउन मन्त्रालय सम्म लभिङ गरेका थिए । मन्त्रालयले तोकेको थ्रेसहोल्डका आधारमा उपमहानगरपालिकाले ठूला करदातालाई कम र साना करदातालाई बढि भार पर्ने गरी कर लागु गरेको थियो । तर उनी उपमहानगरपालिकाको ठूला करदातालाई राहत मिल्ने गरी गरेको निर्णयको विरोधमा उत्रिएका थिए । वैज्ञानिक कर प्रणलि लागु गर्नु पर्ने उनको भनाई छ ।
नेकपा माओवादी केन्द्रका नगर संयोजक नमिता न्यौपाने कर रकम परिमार्जनकालागि सुझाव समितिले बुझाएको प्रतिवेदनमा १५ प्रतिशतमा नबढ्ने गरी कर रकम बढाउन सकिने निर्णय सहितको सुझाव पेश गरेको बताइन् । त्यसो गर्दा साउन १ गतेदेखि कार्यान्वयनमा आएको नयाँकरको दरबाट ५ सय प्रतिशतसम्म वृद्धि भएको कर रकम अधिकतम १५ प्रतिशतमा सिमित हुन्छ ।
समितिले दिएको सुझावलाई विराटनगर उपमहानगरपालिकाले कानुन अनुसार कार्यान्वयनको दाहेरमा ल्याउने कार्यकारी अधिकृत रेग्मीले बताए । शनिवार समितिले प्रतिवेदन बुझाएको बताउदै उनले नगरपरिषदको बैठक बसेर निर्णय गर्ने बताए । सबै करदाताको समान प्रतिशतले वृद्धि गरेको खण्डमा विराटनगर उपमहानगरपालिकाको आय बढेर करिव ९ करोड ६४ लाख रुपैंया पुग्ने अनुमान गरिएको छ ।
पहिले घर बाहाल कर ६ सय ३५ रुपैया पर इस्कवाइर फिट थियो । तर साउन देखि बढाएर पर इस्कवाइरफिट एक हजार पाचसय रुपैया पुर्याइएको थियो । त्यस्तै घर जग्गा मुल्याङकनका आधारमा बृद्धि गरिएको करले ठूला करदातालाई राहत मिलेको थियो । भने साना करदाता बढी मारमा परेका थिए ।
गतबर्ष सम्म ३० लाख सम्मको जग्गाको ०.०५ प्रतिशतका दरले कर तिर्नु पथ्यो । तर साउन देखि बढाएर ०.१ प्रतिशत पूर्याएको थियो । ५० लाख सम्म मूल्याङकन गरिएका जग्गाको कर ०.१७ प्रतिशत तिर्नु पथ्र्याे । गतबर्ष सम्म ०.२५ प्रतिशतका दरले तिर्नु पथ्यो ।
त्यस्तै एक करोड सम्म मूल्याङकन गरिएका जग्गाको राजस्व आधा घटेको थियो । पहिले ०.५० प्रतिशतका दरले उठाउदै आएको राजस्व साउन यता ०.२५ का दरले उठाउने निर्णय भएको थियो । तर समितिले दिएको सुझाव कार्यनयनमा आए साना ठूला दुवैले समान १५ प्रतिशत बढि कर तिर्नु पर्छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...













