‘कृषिको विकास नभएसम्म आर्थिक विकास असम्भव’
काठमाडौँ, २८ भदौ । कृषिमन्त्री गौरीशङ्कर चौधरीले नेपालमा कृषिको विकास नभएसम्म देशको आर्थिक विकास असम्भव भएको बताउनुभएको छ ।
फ्लोरिकल्चरल एसोसिएसन नेपालको २४औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री चौधरीले कृषि क्षेत्रमा आमूल परिवर्तन गरी कृषकलाई आत्मनिर्भर गर्न सरकारले कृषकका लागि नयाँ कार्यक्रम ल्याउने योजना गरिरहेको बताउनुभयो । बेरोजगार युवालाई कृषि क्षेत्रमा आकर्षित गरी परिचालन गर्न सरकार गम्भीरतापूर्वक लागिरहेको र कृषि क्षेत्रमा सरकारले ७० प्रतिशत लगानी गरिरहेको उहाँले बताउनुभयो ।
कृषि बिमा, कृषि निवृत्तिभरण तथा कृषि ऋण उपलब्ध गराउन सरकारले योजना बनाइरहेको मन्त्री चौधरीले बताउनुभयो । “नेपालमा अझैसम्म किसान आयोग बन्न सकेको छैन । यसै वर्षभित्र किसान आयोग गठन गरी नीति निर्माण गर्छाैँ,” उहाँले भन्नुभयो ।
मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले ७५ जिल्लामा पुष्प व्यवसाय विस्तार गर्न सक्ने सम्भावना रहेकोले सरकार व्यवसायीको चुनौती सामना गरी व्यावसायिक विस्तार गर्ने कुरामा साझेदारी गर्न तयार रहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेशकुमार श्रेष्ठले पुष्प व्यवसाय छरिएर रहेको अवस्थामा रहेकामा हाल आएर व्यवसायका रुपमा विकास भएकामा खुसी व्यक्त गर्नुभयो ।
एसोसिएसनका अध्यक्ष दिलीप बादेले पुष्प व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले रोजगारी पाएको बताउनुभयो । विसं २०११ मा सुरु भएको पुष्प व्यवसायले हाल वार्षिक रु २२ करोडको कारोबार गर्दै आएको छ । नेपालले विदेशबाट रु १० करोडको पुष्प व्यवसायसँग सम्बद्ध वस्तु आयात गर्दै आएको छ भने रु तीन करोडभन्दा बढीको निर्यात गर्दै आएको बताइएको छ । रासस
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











