सुविधासम्पन्न बन्दै गोङ्गबुको नयाँ बसपार्क
काठमाडौँ, २९ भदौ । काठमाडौँ महानगरपालिकाले गोङ्गबुस्थित नयाँ बसपार्कमा निर्माण गर्न लागेको सुविधासम्पन्न बसपार्कको काम द्रुतगतिमा अघि बढेको छ ।
आमागी तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी भौतिक संरचना निर्माण गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने तयारी भइरहेको निर्माणको जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिका कार्यकारी अध्यक्ष दीपक कुँवरले जानकारी दिनुभयो ।
बसपार्कलाई व्यवस्थित र आधुनिक पूर्वाधारसम्पन्न बनाउने उद्देश्यअनुरुप अहिले वरिपरिका टहरा हटाएर भौतिक पूर्वाधार निर्माणका काम भइरहेको अध्यक्ष कुँवरले बताउनुभयो । कुँवरका अनुसार हाल फोहोर व्यवस्थापन, टिकट काउन्टर व्यवस्थापनको कामसँगै टहरा विस्थापन गरिएको स्थानमा सुविधासम्पन्न सपिङ कम्प्लेक्स बनाउने तयारीको काम भइरहेको छ ।
प्रालिले विसं २०५६ सालदेखि नयाँ बसपार्कको व्यवस्थापनको जिम्मा लिँदै आएको छ । बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि २०७१ साउन २५ गते काठमाडौंं महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच सम्झौतासमेत भइसकेको छ । अन्तर्राष्ट्रियस्तरको बन्ने भएसँगै काठमाडौँ महानगरपालिकालाई प्रालिले तिर्नुपर्ने शुल्कमा समेत वृद्धि गरेको महानगरका राजस्व शाखा प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो । काफ्लेका अनुसार ल्होत्सेले यसअघि वार्षिक रु ५१ लाख तिर्दै आएकोमा अब भने कामपालाई रु ९८ लाख तिर्नुपर्नेछ ।
बाहिरी जिल्लाबाट एक दिनका लागि काठमाडौँमा आउनेले एक दिनका लागि पनि अहिले गेस्ट हाउसको कोठा भाडामा लिनुपर्ने बाध्यता रहेकाले त्यो बाध्यतालाई हटाउन लकरको व्यवस्थासमेत गर्न लागिएको छ । उक्त लकर प्रयोग गरेबापत न्यून शुल्क तिर्नुपर्ने हुन्छ । बसपार्क निर्माण भएसँगै निःशुल्क बस्ने सुविधा, शौचालयको सुविधा र पानीको सुविधासँगै हेल्प तथा इन्फरमेसन डेस्कबाट सुविधा लिन सकिनेछ । कम्पनीले बैकिङ सुविधा दिने उद्देश्यका साथ बैंकको शाखासहित एटिएम लाउन्जसमेत निर्माण गर्ने जानकारी दिएको छ ।
सम्झौताअनुसार अबको ३० वर्षपछि ल्होत्सेले नयाँ बसपार्कमा निर्माण गरेको सबै भौतिक संरचना काठमाडौँ महानगरको हुनेछ । बसपार्कमा सुुरक्षा संयन्त्र बलियो बनाउन सिसिटिभी जडान तथा प्रहरी पोस्टका लािग समेत भवन निर्माण गर्ने ल्होत्सेको योजना छ ।
त्यस्तै, नयाँ बसपार्कको कम्पाउन्डमा सुविधासम्पन्न होटलसमेत निर्माण गर्ने कम्पनीको योजना छ । यस्ता होटल सुविधासम्पन्न र सस्तो हुने कुँवरको भनाइ छ । बसपार्कमा मानिसको चहलपहल हुने भएकाले विद्युत् प्राधिकरणसँग सम्झौता गरी चौविसै घन्टा विद्युत् सुविधासमेत दिइनेछ । रासस
Comments
अरु समाचार
-
नेप्से परिसूचक १७ दशमलव ८० अङ्कले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ८० अङ्कले बढेर दुई हजार सात सय ७५ दशमलव ८५ अङ्कमा...
-
सिलीगुडी–झापा र अमलेखगञ्ज चितवन पाइपलाइन विस्तारबारे छलफल
काठमाडौं । भारतको भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र उनका भारतीय समकक्षी पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह...
-
सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो
काठमाडौं । सुनको मूल्य प्रतितोला रू एक हजारले बढेको छ । सोमबार प्रतितोला रू एक लाख ४९ हजार तीन सयमा...
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलः मध्यराति पर्यटनमन्त्रीद्वारा अवलोकन
काठमाडौं । मुलुकको व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिको काम तीव्र गतिमा भइरहेको छ । गत कात्तिक २३ गतेदेखि दैनिक...
-
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा साढे १० अर्बको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । परिसूचक १९ दशमलव ९७ अङ्कले बढेर दुई हजार...
-
पर्सामा सशस्त्र प्रहरीद्वारा १५ करोड १८ लाख बराबारको सामान पक्राउ
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल पर्साले अन्तरदेशीय सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार छली रोक्न उच्च प्राथमिकता दिएको छ...
-
सुनको मूल्य घट्यो
काठमाडौं । आज सुनको मूल्य प्रतितोला रू एक हजार दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आईतबार...
-
हेटौंडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि उत्पादन गर्दै
काठमाडौं । हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योग...
-
नेप्से परिसूचक नौ दशमलव ९९ अङ्कले घट्यो
काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज परिसूचक नौ दशमलव ९९...