वैदेशिक रोजगार छोडेर रिसोर्ट सञ्चालनमा
वासुदेव पौडेल/लेखनाथ (भरतपोखरी), २९ भदौ । विगतमा वैदेशिक रोजगारमा रहेका युवाको सामूहिक प्रयासमा लेखनाथ नगरपालिका–१७ बागमारामा ‘सेती रिभर साइड रिर्सोट’ सञ्चालनमा आएको छ ।
सात तालको बगैँचा सहर लेखनाथ नगरपालिका र आसपासका पर्यटकीय सम्भावनालाई उजागर गर्न सहयोग पु¥याउँदै पोखरा आउने स्वदेशी एवम् विदेशी पर्यटकको बसाई न्यूनतम एक दिन लम्ब्याउने सोचका साथ सेती नदीको किनारामा रिसोर्ट सञ्चालन गरिएको हो ।
रिसोर्टका अध्यक्ष सरोजराज अधिकारीका अनुसार पोखराबाट लेखनाथ आउने पर्यटकलाई अधिकतम सेवा सुविधाका साथ सेती नदीको सुसेलीसहित माछापुच्छ«े, तथा धौलागिरि हिमालको दृश्यावलोकन गराउँदै अर्गानिक उत्पादन खुवाउने सोच राखिएको छ । “विगतमा वैदेशिक रोजगारमा संलग्न युवा स्वयम्को अनुभव र भोगाइलाई अधिकतम उपयोग गर्ने तवरबाट रिसोर्ट सञ्चालन गरेका हौँ,” उहाँले भन्नुभयो ।
कोरिया, साउदी अरब, दुबईलगायत देशमा कामको अनुभव हासिल गरेका युवाको सामूहिक प्रयासमा रिसोर्ट सञ्चालनमा आएको हो । रु तीन करोडको लागतमा करिब २० रोपनी जग्गामा विभिन्न संरचना निर्माण गरिएको छ । रिसोर्ट परिसरमा रहेको प्राकृतिक बागमारा गुफालाई थप व्यवस्थित गरिएको छ भने ठूलो र सानो दुई पौडी पोखरी, पाँच छुट्टाछुट्टै ठाउँमा १० वटा सुविधा सम्पन्न कोठा र सात वटा कटेजको निर्माण सम्पन्न भइसकेको सो रिसोर्टका अर्का सञ्चालक नारायण भण्डारीले बताउनुभयो ।
भौतिक संरचनालाई स्थानीयपन दिने उद्देश्यले पाँच वटा कोठालाई गण्डकी, कोसी, मेची, कर्णाली र महाकाली कक्षको नाम दिइएको छ भने सात वटा कटेजको नाम लेखनाथका सात वटा तालबाट राखिएको छ । रिसोर्टमा निर्माण गरिएको प्राकृतिक गुफामा करिब ३०० जना अटाउने व्यवस्था मिलाईएको छ ।
पृथ्वी राजमार्गमा पर्ने आदर्शचोकबाट तीन किलोमिटरको दूरीमा रहेको सो रिसोर्टसम्म बाटोको सहज सुविधा भएका कारण पर्यटकलाई आकर्षित गर्न सम्भव भएको अर्का सञ्चालक भुपालबहादुर थापा बताउनुहुन्छ । गर्नसके नेपालमा नै धेरै सम्भावना रहेको बताउँदै थापाले विदेशमा गएर न्यूनतम आठ घन्टा काम गर्नुपर्छ भन्ने सोच पछिल्ला समयमा नेपाली युवामा पनि बढ्दै गएको बताउनुभयो ।
“रिसोर्टमा आउने पर्यटकलाई विषादीरहित स्थानीय उत्पादन खुवाइने छ, बागमारा आफँैमा राम्रो तरकारी तथा सुन्तला उत्पादन हुने ठाउँ हो,” उहाँले भन्नुभयो –“स्थानीय रुपमा उत्पादित ताजा तरकारी तथा माछा मासुको स्वाद लिन पाउनु यहाँको विशिष्टता हो ।” रासस
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












