वैदेशिक रोजगार छोडेर रिसोर्ट सञ्चालनमा
वासुदेव पौडेल/लेखनाथ (भरतपोखरी), २९ भदौ । विगतमा वैदेशिक रोजगारमा रहेका युवाको सामूहिक प्रयासमा लेखनाथ नगरपालिका–१७ बागमारामा ‘सेती रिभर साइड रिर्सोट’ सञ्चालनमा आएको छ ।
सात तालको बगैँचा सहर लेखनाथ नगरपालिका र आसपासका पर्यटकीय सम्भावनालाई उजागर गर्न सहयोग पु¥याउँदै पोखरा आउने स्वदेशी एवम् विदेशी पर्यटकको बसाई न्यूनतम एक दिन लम्ब्याउने सोचका साथ सेती नदीको किनारामा रिसोर्ट सञ्चालन गरिएको हो ।
रिसोर्टका अध्यक्ष सरोजराज अधिकारीका अनुसार पोखराबाट लेखनाथ आउने पर्यटकलाई अधिकतम सेवा सुविधाका साथ सेती नदीको सुसेलीसहित माछापुच्छ«े, तथा धौलागिरि हिमालको दृश्यावलोकन गराउँदै अर्गानिक उत्पादन खुवाउने सोच राखिएको छ । “विगतमा वैदेशिक रोजगारमा संलग्न युवा स्वयम्को अनुभव र भोगाइलाई अधिकतम उपयोग गर्ने तवरबाट रिसोर्ट सञ्चालन गरेका हौँ,” उहाँले भन्नुभयो ।
कोरिया, साउदी अरब, दुबईलगायत देशमा कामको अनुभव हासिल गरेका युवाको सामूहिक प्रयासमा रिसोर्ट सञ्चालनमा आएको हो । रु तीन करोडको लागतमा करिब २० रोपनी जग्गामा विभिन्न संरचना निर्माण गरिएको छ । रिसोर्ट परिसरमा रहेको प्राकृतिक बागमारा गुफालाई थप व्यवस्थित गरिएको छ भने ठूलो र सानो दुई पौडी पोखरी, पाँच छुट्टाछुट्टै ठाउँमा १० वटा सुविधा सम्पन्न कोठा र सात वटा कटेजको निर्माण सम्पन्न भइसकेको सो रिसोर्टका अर्का सञ्चालक नारायण भण्डारीले बताउनुभयो ।
भौतिक संरचनालाई स्थानीयपन दिने उद्देश्यले पाँच वटा कोठालाई गण्डकी, कोसी, मेची, कर्णाली र महाकाली कक्षको नाम दिइएको छ भने सात वटा कटेजको नाम लेखनाथका सात वटा तालबाट राखिएको छ । रिसोर्टमा निर्माण गरिएको प्राकृतिक गुफामा करिब ३०० जना अटाउने व्यवस्था मिलाईएको छ ।
पृथ्वी राजमार्गमा पर्ने आदर्शचोकबाट तीन किलोमिटरको दूरीमा रहेको सो रिसोर्टसम्म बाटोको सहज सुविधा भएका कारण पर्यटकलाई आकर्षित गर्न सम्भव भएको अर्का सञ्चालक भुपालबहादुर थापा बताउनुहुन्छ । गर्नसके नेपालमा नै धेरै सम्भावना रहेको बताउँदै थापाले विदेशमा गएर न्यूनतम आठ घन्टा काम गर्नुपर्छ भन्ने सोच पछिल्ला समयमा नेपाली युवामा पनि बढ्दै गएको बताउनुभयो ।
“रिसोर्टमा आउने पर्यटकलाई विषादीरहित स्थानीय उत्पादन खुवाइने छ, बागमारा आफँैमा राम्रो तरकारी तथा सुन्तला उत्पादन हुने ठाउँ हो,” उहाँले भन्नुभयो –“स्थानीय रुपमा उत्पादित ताजा तरकारी तथा माछा मासुको स्वाद लिन पाउनु यहाँको विशिष्टता हो ।” रासस
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











