ताजा समाचार

कञ्चनपुरमा गड्यौलापालन

download-1

भीमदत्तनगर, २९ भदौ । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा गड्यौलापालन सुरु गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाका अनुसार प्राङ्गारिक मल उत्पादन गर्न जिल्लामा पहिलो पटक गड्यौलापालन सुरु गरिएको हो ।

कृष्णपुर नगरपालिका–२ वाणीमा ५० घरधुरी किसानले जिल्ला कृषि विकास कार्यालयाबाट अनुदान रकम लिएर गड्यौलापालन गरिरहेका छन् । कृषि सहकारीमार्फत बेदकोट नगरपालिकाका तीन जना किसानले समेत गड्यौलापालन गरिरहेका थापाले बताउनुभयो । कार्यालयले पचास जना किसानलाई रु २५ हजारका दरले गड्यौलापालनका लागि अनुदान उपलब्ध गराएको छ ।

“गोठे मलभन्दा गड्यौलाबाट उत्पादित मल अझ बढी राम्रो हुन्छ,” थापाले भन्नुभयो । गड्यौलापालनलाई व्यावसायिक रुपमा अघि बढाइने भएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org