अर्बौंको व्यापार हुँदा कर शून्य
सोलुखुम्बु, ३० भदौ । जिल्लाको खुम्बु क्षेत्र (नाम्चे र खुम्जुङ)मा स्टार होटलसरहको सुविधा र त्योभन्दा बढी महँगी छ, तर त्यहाँका अधिकांश होटल होमस्टेअन्तर्गत सञ्चालित छन् ।
यसको मुख्य कारण हो कर नतिर्ने काइदा । सगरमाथाको आधार शिविरअन्तर्गत पर्ने ती गाविसमा सञ्चालित होटल तथा लजले वार्षिक करोडौँको व्यापार गर्दा पनि कर नतिरेको पाइएको छ ।
नाम्चे र खुम्जुङ गाविसमा ३२१ वटा होटल तथा लज रहेको गाविस सचिव विनोद बस्नेतले जानकारी दिनुभयो । ती होटलले वार्षिक करिब रु एक खर्बको कारोबार गर्छन । तर कारोबारबाट राज्यले भने ‘करिब शून्य’ कमाइ गरेको छ । राज्यको तर्फबाट व्यवसायीलाई सहज बाटो नबनाइदिएका कारण कर तिर्न नसकेको व्यवसायीहरुको भनाइ छ ।
बजार नियन्त्रण, भौतिक पूर्वाधार निर्माणजस्ता कुरामा राज्यको उपस्थिति शून्य रहेकाले राज्यलाई कर तिर्न व्यवसायीले कर तिर्न नचाहेको स्थानीय व्यापारी लामाकाजी शेर्पा बताउनुुहुन्छ । “राज्यले निभाउनुपर्ने दायित्व पूरा नगरेसम्म एकोहोरो कर मात्र तिर्न हामी बाध्य छैनौँ,” उहाँले भन्नुभयो । आफूहरुलाई राज्यले अन्याय गरेको उहाँको आरोप छ ।
त्यहाँ एउटा अन्डाको मूल्य रु ७० पर्न जान्छ भने ग्यासको मूल्य प्रतिसिलिन्डर रु १४ हजार पछ । “हामी रु १० हजार कर तिर्न यहाँबाट लुक्लासम्म हिँडेर जानुपर्छ । त्यहाँबाट हवाई जहाजमा काठमाडौँ अनि मोटर चढेर लहान, यो त अन्याय भयो हैन ?,” शेर्पाले आक्रोश व्यक्तगर्नुभयो ।
सगरमाथा क्षेत्र पर्यटकको आकर्षक गन्तव्य हो । अत्यन्तै महँगो व्यापार हुने त्यस क्षेत्रमा सामान्यतया नेपाली पर्यटकको पहुँच छैन । हवाई यातायात एक मात्र विकल्प भएको उक्त क्षेत्रमा सामान ढुवानी अत्यन्तै महँगो छ । बर्सेनी चार महिना मात्र व्यापार हुन्छ । बाँकी समय ढोका थुनेर व्यवसायी काठमाडौँ लाग्छन । तर पनि चार महिनामै अर्बौं व्यापार हुने ती होटललाई करको दायरामा ल्याउन सकिएको छैन । रासस
Comments
अरु समाचार
-
अर्थतन्त्र लयमा फर्कँदै छ, यही कार्यकालमा देशले समृद्धितर्फ फड्को मार्नेछः उपप्रधान एवं अर्थमन्त्री पौडेल
काठमाडौं । (नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल वर्तमान सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री हुनुहुन्छ । कोरोना महामारी, रुस युक्रेन युद्ध आदिका...
-
‘अर्थतन्त्रलाई बलियो बनाउन सामूहिक प्रयासको खाँचो छ’
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको उद्देश्यमा केन्द्रित रहेर उद्योगी तथा व्यवसायी अगाडि बढ्नुपर्ने...
-
आज बढेन सुनको मूल्य
काठमाडौं । पछिल्लो समय लगातार उकालो लागेको सुनको मूल्य आज भने स्थिर रहेको छ। हिजो एकै दिन दुई हजार रुपैयाँले...
-
वीरगञ्जबाट डिजेल आयात घट्दा राजश्वमा गिरावट
काठमाडौं । वीरगञ्जबाट डिजेल आयातमा घटेको छ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा डिजेलको आयात नौ दशमलव ४१ प्रतिशतले...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
लगातार ६ दिन घटेको सेयर बजार आज उच्च अंकले बृद्धि
काठमाडौं । लगातार विगतका ६ दिन कारोबार घटेको सेयर बजार आज उच्च अंकले बढेको छ । आज बुधबार नेपाल स्टक...
-
सुनको मूल्य तोलामा दुई हजारले बढ्यो
काठमडौं । आज सुनको मूल्यमा तोलामा दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यावसायी संघका अनुसार अन्तरराष्ट्रिय बजारमा सुनको...
-
आर्थिक कूटनीतिलाई पहिलो प्राथमिकता दिन परिसङ्घको आग्रह
काठमाडौं । नेपाल उद्योग परिसङ्घले विभिन्न ११ देशका लागि प्रस्तावित राजदूतहरुसँग आर्थिक कूटनीतिमा केन्द्रित रहेर छलफल गरेको छ । सोमबार...
-
सुनको मूल्य बढ्यो
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा आज प्रतितोला सुन रू. दुई हजार एक सय बढेको छ...