कुमाल समुदायको पेसा सङ्कटमा
दाङ, ४ असोज । यहाँका कुमाल समुदायको माटोको भाँडा बनाउने पेसा सङ्कटमा पर्न थालेको बताएका छन् ।
परम्परादेखि अपनाउँदै आएको माटोका भाँडा बनाउने पेसा आवश्यक कच्चा पदार्थ अभावका कारण सङ्कटमा परेको कुमाल गाउँ शान्ति उत्पादन समूहका अध्यक्ष प्रेमबहादुर कुमाल बताउनुहुन्छ ।
भाँडा निर्माण गर्न आवश्यक माटो, दाउरा, पराल, गुइँठालगायत कच्चा पदार्थको अभावका कारण माग अनुरुप भाँडाकुँडा बनाउन नसकिएको उहाँले बताउनुभयो । तुलसीपुर– १५ पर्सेनिमा बस्दै आएका ५२ कुमाल परिवारले माटोका भाँडा बनाउँदै आएका छन् ।
भाँडा बनाउनका लागि तुलसीपुर– १५ कालाखोलाको मटेराबाट माटो लिने गरेपनि सो स्थानमा प्रर्याप्त माटो पाउन छाडेको छ । “अब चाडपर्व सुरु भएका छन् बजारमा माटोका सामग्रीको माग छ, तर कच्चा पदार्थ नहुँदा पेसा सङ्कटमा छ,” उहाँले भन्नुभयो ।
दशैँ-तिहारका लागि कुमालले पाला, घोडा, कराइ, गमला, ठेकी, करुवा, हाडी बनाउने गरेका छन् । बजारमा माटोका भाँडाको माग अत्यधिक रहेको छ । तर कच्चा पदार्थ सहज रुपमा उपल्ब्ध नहुँदा समस्या भएको छ ।
एउटा करुवा ४०० रुपैयाँ र पाला २० रुपैयाँमा बिक्री गर्दैआएको स्थानीय बदाउरी कुमालले बताउनुभयो । दसैँका लागि आवश्यक भाँडा बनाउन थालेपनि कच्चा पदार्थको अभाव भएको उहाँले बताउनुभयो । कुमाल गाउँ शान्ति उत्पादन समूहअन्तर्गत पेसालाई आधुनिकरण गर्नका लागि तालिम समेत दिइएको र सो तालिमले माटोका भाँडा उत्पादनमा सहज भएको अध्यक्ष कुमाल बताउनुहुन्छ ।
सो समूहलाई पेसा सुनिश्चिता तथा बजारीकरणका लागि गरिबी निवारण कोषअन्तर्गत जापानि सामाजिक विकास कोष कार्याक्रमले ६ लाख ३४ हजार रुपैयाँ लगानी गरेको हो । रासस
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...













