जलवायुको ह्रासोन्मुख फल
प्याट्रिसीया इस्पीनोसा र मारियो मोलिना/न्यूयोर्क – पृथ्वीको ओजोन तहलाई क्षति पुर्याउने तत्व नियन्त्रण सम्बन्धी सन् १९८९ को मोन्ट्रियल प्रोटोकल (सहमति) मा हस्ताक्षर गर्ने राष्ट्रहरू आगामी महिना रुवाण्डाको राजधानी किगालीमा भेला हुँदैछन् । भेलाको उद्देश्य सो पूर्वहस्ताक्षरित सहमतिमा संशोधन गर्नुु हो । यस संशोधनबाट विश्वभर हाइड्रोफ्लुरोकार्वन्स (एचएफसी) को प्रयोगलाई क्रमशः कम गर्दै अन्ततः बन्द गराउने आशा गरिएको छ । छ वटा प्रमुख हरितगृह ग्यासमध्ये एक रहेको एचएफसी एयर कन्डिसनर र रेफ्रिजरेटरमा विश्वभरी प्रयोग हुँदै आएको छ । यस संशोधन, दिगो विकासका लागि वरदान सावित हुने र परिणाम स्वरुप सन् २०५० सम्ममा झण्डै १०० देखि २०० अर्ब टन जलवायु परिवर्तनकारी उत्सर्जन तत्वलाई फैलिनबाट रोक्न सकिने छ । यसो भएमा डिसेम्बर २०१५ पेरिस जलवायु सम्झौताले निर्धारण गरेको दुई डिग्री सेल्सियसको भूमण्डलीय तापक्रम वृद्धिको लक्ष्य हासिल गर्नेतर्फको एक–चौथाई मार्ग विश्वले यात्रा गरिसक्नेछ ।
परावैजनी किरण (अल्ट्राभायलेट रे) को भयानक परिमाणबाट पृथ्वीमा रहेका सबै प्रणालीलाई रक्षा गर्ने ओजोन तहको मर्मत गर्न मोन्ट्रियल प्रोटोकलको जन्म भएको थियो । हालसम्म यो एउटा उल्लेखनीय सफलताका रुपमा उभिएको छ । सो सन्धिअन्तर्गत झण्डै १०० वटा ओजोन–नाशक रसायनहरूलाई विगतको तीन दशकमा उन्मूलन गरिसकिएको छ । ओजोन तहको हाल उपचार भइरहेको र पछिल्लो अनुमान अनुसार सन् २०६५ सम्ममा यो पूर्ण रुपमा स्वस्थ भइसक्नेछ र त्यसबाट विश्वव्यापी स्वास्थ्य सेवा र कृषिमा खर्च हुने खर्बौं डलर बचत हुनेछ ।
यो सुधार धेरै हदसम्म एचएफसीका कारण सम्भव भएको हो जुन पहिला प्रयोग हुने क्लोरोफ्लोरोकार्वन भन्दा ज्यादै उत्कृष्ट ओजोनमैत्री विकल्प हो । क्लोरोफ्लोरोकार्वनको प्रयोग भने हाल बन्द भइसकेको छ । यद्यपि, एचएफसी पनि हरितगृह ग्यासका रुपमा कार्वोनडाइअक्साइड भन्दा ४,००० गुणा बढी प्रभावी छ र त्यसकारण जलवायु परिवर्तनका लागि विपद् सरह हो । यसको प्रयोग भने बार्षिक १० %ले वृद्धि भइरहेको छ ।
त्यसैकारण, जलवायु परिवर्तनका सम्बन्धमा कदम चाल्दा एचएफसीमाथि केन्द्रित हुने कार्यले अर्थ राख्छ । सुरुवाती कदमका रुपमा त्यसको प्रयोग कम गर्दा आर्थिक लाभ हुन्छ, किनभने नयाँ एयर कन्डिसनिङ्ग र रेफ्रिजरेसन प्रणालीका कारण उर्जा खपतमा उल्लेखनीय कमी आएको छ । अझ बढी किफायती एयर कन्डिसनिङ्ग प्रणाली ल्याउनु भनेको उच्चतम प्रवाहको अवस्थामा रहेका २,५०० वटा मध्यम आकारका जलविद्युत गृहलाई बन्द गरिए बराबरको उत्सर्जन हो ।
चीनमा जलवायुमैत्री रेफ्रिजरेटरको प्रयोग गर्ने र एयर कन्डिसनर र रेफ्रिजरेटरको उर्जा किफायतलाई बढाउने हो भने त्यो आठवटा थ्री गोर्जेज जलविद्युत बाँधको उत्सर्जन बचत बराबर हुनेछ । भारतमा, त्यही कदम चालिएमा त्यो सौर्य उर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने भारत सरकारको विद्यमान राष्ट्रिय सौर्य उर्जा अभियानलाई अझ दुई पटक सञ्चालन गरे बराबरको उत्सर्जन बचत हुन्छ ।
युरोपियन युनियन र संयुक्त राज्य अमेरिकासहित धेरै राष्ट्रहरूका साथै बेलिजे, बुर्किना फासो, कोलोम्बिया, इजिप्ट, सर्बिया र यमनले त्यस्तो दीर्घकालीन लाभको पहिचान गरी एचएफसीको प्रयोगलाई बन्द गर्नेतर्फ व्यक्तिगत कदम चालिसकेका छन् । किगालीमा एचएफसीसम्बन्धी ठोस सम्झौता हुनसकेमा त्यस्ता प्रयासलाई गति प्रदान गर्न र नयाँ प्रविधि अँगाल्न चाहने तर हाल त्यसलाई धान्न नसक्ने विकासोन्मूख देशहरूलाई आर्थिक सहयोग पनि उपलब्ध गराउन सकिनेछ ।
निजी क्षेत्रमा थोक विक्रेताका रुपमा विश्वमै अग्रस्थानमा रहेका वालमार्ट, नेस्ले र टेस्को जस्ता संस्थाहरू सहकार्यात्मक जलवायु परिवर्तन कार्यक्रमका रुपमा रहेको कन्ज्यूमर गुड्स फोरममा आवद्ध भई एचएफसी रहेका सामग्रीहरूलाई क्रमशः हटाउन सहमत भएका छन् । प्राकृतिक रेफ्रिजेरेन्ट नामक कार्यक्रममार्फत संयुक्त राष्ट्रसङ्घ र ग्रीनपीसले त्यस्तै काम कोकाकोला, पेप्सीको, रेडबुल र युनिलिभरसँग गरिरहेका छन् ।
किगाली बैठकले एचएफसीसम्बन्धी ठोस संशोधन ल्याउने आशा गरिएको छ । यद्यपि, केही देशहरू, विशेषगरी बढी तापक्रम भएका राष्ट्रहरूले जलवायुमैत्री विकल्पहरू उनीहरूका लागि अत्यावश्यक एयर कन्डिसनिङ्गको हकमा राम्रो नहुने कुरामा चिन्तित छन् । त्यस्ता चासोहरूलाई ती देशहरूका लागि अस्थायी छुट दिएर सम्बोधन गर्दै सम्झौतामार्फत अन्यले भने त्यसको प्रभावकारिता प्रदर्शन गर्न नयाँ प्रविधि र प्रणाली अवलम्बन गर्नसक्छन् ।
पृथ्वीको बढ्दो तापक्रमले विश्वका सबैभन्दा संकटापन्न अवस्थानमा रहेका मानिसहरूमाथि विनाशकारी प्रभाव पारिसकेको छ र त्यसले निरन्तरता पाउने निश्चित छ । २०१५ पेरिस सम्झौतामा सहमत भए अनुसार राष्ट्रिय कार्ययोजना र उत्सर्जन न्यूनीकरणमार्फत अन्ततः सबै देशहरूले एचएफसीलाई न्यून गर्ने केही उपाय अवलम्बन गर्नैपर्नेछ । त्यसका लागि मोन्ट्रियल प्रोटोकल जस्ता सन्धिले स्थापित गरेका संयन्त्रहरूले सहयोग पुर्याउनसक्छ ।
एचएफसी आगामी नोभेम्बर महिनामा मोरोक्कोको मराकेश सहरमा आयोजना हुने संरासङ्घीय जलवायु परिवर्तन सम्मेलन (सीओपी२२)मा पनि एउटा मुख्य विषयवस्तुका रुपमा रहने निश्चत छ । किगालीमा भेला हुन तयार गरिरहेका सरकारहरूले एचएफसीसम्बन्धी ठोस संशोधनको आवश्यकता बुझेका छन् भन्ने कुरामा हामी विश्वस्त छौं, जसले मराकेसमा दिगो विकासका लक्ष्यहरू जस्ता अन्य महत्वपूर्ण अन्तर्राष्ट्रिय मुद्दाहरूलाई पनि गति प्रदान गर्नसक्छ ।
जलवायु परिवर्तनलाई प्रलयकारी स्तरमा पुग्नबाट रोक्न भूमण्डलीय उत्सर्जनलाई तत्कालै न्यून गर्न यदि विश्व सफल हुनुछ भने एचएफसीको न्यूनीकरण विवेकपूर्ण– सम्भवत सबैभन्दा विवेकपूर्ण– पहिलो कदम हुनेछ । (प्रोजेक्ट सिन्डिकेट, अनुवाद ः मनोज कार्की)
प्याट्रिसीया जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय फ्रेमवर्क कन्भेन्सनकी कार्यकारी सचिव हुनुहुन्छ भने मोलिना ओजोन तहलाई क्षति पुर्याउने ग्यासहरूसम्बन्धि कार्यका लागि रसायनशास्त्रमा सन् १९९५ को नोबल पुरस्कार विजेता हुनुहुन्छ ।
Comments
अरु समाचार
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
कर्णाली नदीमा २० यात्रु क्षमताको फोर्स गाडी खस्यो, उद्धार कार्य जारी
दैलेख । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख। १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतडा क्षेत्रमा...
-
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
काठमाडौं । नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लील क्रियाकलापमा लाग्ने पाँच विदेशी महिलालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको...













