सिटिसी मोबाइल एक्स्पो सुरु, छुटैछुट र सुविधाको बहार
न्युज-नेपाल संवाददाता/काठमाडौं, ७ असोज । मुलुककै सर्वाधिक ठुलो सिटिसी मोबाइल बजारमा नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा आकर्षक छुट र यथेष्ठ सुबिधासहितको सामसङ ग्यालेक्सी जे २ सिक्स सिटिसी मोबाइल एक्स्पो २०१६ सुरु भएको छ ।
असोज १५ गतेसम्म सञ्चालन हुने एक्स्पोको उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले उद्घाटन गरेका हुन् । मोबाइल एक्स्पोका उद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री महराले मोबाइलले सूचना प्रबिधीको क्षेत्रमा क्रान्ति ल्याएको बताए ।
उनले आफु सञ्चार मन्त्री हुँदा ल्याएको हातहातमा मोबाइल घर घरमा इन्टरनेटकोे बिशेष कार्ययोजना अनुसार नै नेपालमा सूचना प्रबिधीको विकास भैरहेको दाबी समेत गरे । आफ्नो सोही योजना नेपाल टेलिकमले थप ३५ लाख सिमकार्ड बजारमा पठाएको समेत जानकारी दिए ।
वर्तमान युगमा जनताको भावनलाई समेट्दै अघि बढ्नुपर्नेमा पनि उनले जोड दिएका थिए । सिभिल ग्रुपका अध्यक्ष तथा सांसद इच्छाराज तामाङले मोबाइल एक्स्पोले मलको व्यवसायीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले मलमा रहेका व्यवसायीहरुको हितका पक्षमा मलले सबै खाले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । उनले सिटिसी मललाई मल्टिपल सपिङ डेस्टिनेशनका रुपमा विस्तार गर्ने तयारी भैरहेको समेत जानकारी दिएका थिए ।
त्यस्तै सामसङ नेपालका प्रणय रत्न स्थापितले नेपालकै ठुलो मोबाइल बजारमा आयोजना गरिएको मोबाइल एक्स्पोले कम्पनीको बजार प्रवद्र्धनमा समेत मदत पुग्ने अपेक्षा सहित मुख्य प्रायोजक बनेको बताए ।
टेलिटकका प्रबन्ध निर्देशक सञ्जय अग्रवालले पनि यसपालीको एक्स्पोबाट कम्पनीको बजारीकरणमा ठुलो योगदान पुग्ने अपेक्षा व्यक्त गरे ।
उद्घाटन समारोहमा सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले बजार प्रवद्र्धनको मुख्य योजनासहित एक्स्पोको आयोजना गरेको बताए । सिटिसी मोबाइल बजारमा ग्रे मार्केटका फोनलाई पुर्णत निषेध गरिएको बताउँदै उनले सस्तो र गुणस्तरीय मोबाइल खरिदका लागि सिटिसीम मोबाइल बजार उपयुक्त गन्तव्य भएको समेत बताएका थिए ।
मोबाइल बजारका बरिष्ठ सल्लाहकार रामबाबु अधिकारीले सिटिसी मोबाइल बजारलाई मोबाइल हवका रुपमा विकास गर्न सकिने धारणा राखेका थिए ।
एक्स्पोको मुख्य प्रायोजन सामसङ मोबाइलले गरेको छ । सिटिसी मोबाइल बजारले आयोजना गरेको एक्स्पो सिटिसी मलको ग्राउण्ड फ्लोर (भूइँतल्ला), तेस्रो, चौथो र पाँचौ तल्लामा सञ्चालन भैरहेको छ ।
मोबाइल एक्स्पोको पावर्ड बाइमाकलर्स र जियोनीमोबाइल रहेका छन् । यसैगरि मुख्यप्रायोजनमामाइक्रोम्याक्स मोबाइल, लाभा र एमआई मोबाइल रहेका छन् । यसैगरि सह प्रायोजकमावनप्लस वन, इन्टेक्स,एपेक्स डिजिटल, सिजी, रेज, केन्ट, स्पाइस मोबाइल र ओबिआई मोबाइल रहेका छन् ।
धेरै भन्दा धेरै मोबाइलकम्पनीहरुको साथपाएको मोबाइलएक्स्पोको प्रायोजकमा सेल्कनमोबाइल, सिटिभी मोबाइल र सिटिसी मल रहेका छन् । एक्सपोलाई हुवावे मोबाइलले सपोर्टरका रुपमा सघाएको छ ।
एकै छाना मुनी डेढ दर्जन मोबाइल कम्पनीहरुले सर्भिस सेन्टर संचालनमा ल्याएको मोबाइल बजारमा जियोनी, लाभा, कार्बन, पानासोनिक, स्पाइस, हुवावे, माइक्रोम्याक्स, वनप्लस वन, एमआई, सामसङ, सेल्कन, टचकन, किवी, वीनकम, फ्लाई र ओबिआई मोबाइलले आफ्नो सर्भिस दिइरहेका छन् ।
८ सय देखि १ लाख ५० हजार रुपैयाँ सम्मका मोबाइल कारोबार गरिने एक्स्पोमा ब्राण्डेड मोबाइल र एशेसरिजको खरिदमा आकर्षक छुट सुबिधा उपलब्ध गराइएको छ । त्यसका अलवा केहि कम्पनीहरुले ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरेका छन् ।
निःशुल्क प्रवेश तथा पार्किङको व्यवस्था गरिएको एक्स्पोमा फ्रि वाइफाईको मज्जा पनि उठाउन सकिन्छ । एक्स्पोमा आउने अवलोकन कर्ताहरुलाई हरेक दिन लक्की ड्र मार्फत मोबाइल जित्ने अवसर प्रदान गरिएको छ ।
मोबाइल एक्स्पोमा आधुनिक प्रबिधिका मोबाइल, ट्याबलेट, फ्याबलेट र एसेसरिजको बिक्रीबितरण गरिने छ । धेरै भन्दा धेरै उपहार अफर, लक्की ड्र, तथा सुपथ मुल्यमा मोबाइलको कारोबार गर्ने लक्ष्य लिएको सामसुङ मोबाइल एक्सपोमा ३ लाख भन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ ।
एक्स्पोमा सिटिभी मोबाइलले एलजी मोबाइलको एल ६ मोडलको खरिदमा अर्कौ मोबाइल उपहार स्वरुप प्रदान गरेको छ । यसैगरि युरोपका ३० वटा देशमा ख्याती कमाएको र नेपालमा पहिलो पटक भित्रिएको युएमआइ मोबाइले आफ्नो बुकिङ शुरु गरेको छ । एक्स्पोका अवलोकन कर्ताहरुमध्ये एक एक जनालाई लक्की ड्र मार्फत मोटरसाइकल , फ्रिज, टिभी लगायतका उपहार समेत प्रदान गरिनेछ ।
Comments
अरु समाचार
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
बाढीमा ज्यान गुमाएका १३ सय ९५ को शव फेला, पाँच हजार अझै सम्पर्कविहीन
काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन...
-
आफूविरुद्ध तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरिएको डिआइजी खत्रीको दाबी, कानूनी उपचारमा जाने चेतावनी
काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) भूपेन्द्र बहादुर खत्रीले आफ्नो चरित्र हत्या गर्ने गरी...
-
आज हरितालिका तीज: पशुपतिनाथमा बिहानैदेखि व्रतालुको घुइँचो
काठमाडौँ । हिन्दुको महान् चाड हरितालिका तिज आइतबार दर खाएर सुरु भएको छ। महिला दिदीबहिनीले आइतबार दर खाने र सोमबार...
-
कोरोला नाकामा तस्करी बढ्दो, तीन शंकास्पद ट्रक भित्रिए नेपाल
काठमाडौं । एकातिर सरकारले राजस्व चुहावट नियन्त्रणको लागि नाकाहरुमा कडाइ गर्ने चेतावनीसहित गरिब नागरिकले सीमापारीबाट किनेर ल्याएका सय रुपैयाँका सामानमा...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
नीराहार व्रतको पूर्वतयारीका रूपमा दर, तर बढ्दो तामझामले तीजको सांस्कृतिक अर्थ ओझेलमा
काठमाडौँ । हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आइतबार दर खाने तयारी गरेका छन् । दर खाएसँगै...
















