व्यावसायिक घाँस उत्पादन फस्टायो
पाल्पा, ८ असोज । जिल्ला पशु सेवा कार्यालयले सञ्चालन गरेको ‘घाँस विकास’ कार्यक्रमले किसानलाई व्यावसायिकतातर्फ उन्मुख गराएको छ ।
घाँस उत्पादनलाई प्राथमिकता दिएर अनुदानमा विभिन्न जातका घाँसका बिउ वितरण गर्न थालेपछि व्यावसायिक घाँस खेतीमा किसानको आकर्षण बढ्दो छ ।
विसं २०३८ देखि सुरु भएको ‘घाँस विकास’ कार्यक्रम यतिबेला किसानको आयआर्जनको माध्यम बनेको छ । दुई नगरपालिका र सबै गाविसका किसानले सामूहिक तथा व्यक्तिगतरुपमा व्यावसायिक घाँस खेती गरेका छन् ।
यहाँ २७ हेक्टरमा वर्षे, दुई हजार ८७० हेक्टरमा बहुवर्षे र ३४ हेक्टर क्षेत्रफलमा हिउँदे घाँस खेती गरिन्छ । निजी जग्गामा एक हजार ४०४, सामुदायिक कबुलियती वन क्षेत्रमा ९९३, सामुदायिक चरन र बाटो क्षेत्रमा २१३ र सामुदायिक वन तथा नहर क्षेत्रमा २२३ हेक्टर क्षेत्रफलमा व्यावसायिक घाँस खेती गरिएको छ ।
वर्षे घाँस ९१ हजार ३७७, हिउँदे घाँस ९५६, बहुवर्षे घाँस ३८ हजार ७८०, डाले घाँस ३४ हजार ५४०, वनजङ्गलबाट ७८ हजार ४७५ र कृषिजन्य उपपदार्थबाट ७३ हजार ६३५ मेट्रिकटन घाँस उत्पादन हुने गरेको पशु विकास अधिकृत चन्द्रबहादुर रानाले बताउनुभयो ।
जिल्लाका तीन लाख ६७ हजार ६७ पशुका लागि तीन लाख ७० हजार ९७३ मेट्रिकटन ड्राइमेट गरेर राखेको घाँस पशुआहारका लागि आवश्यक रहेको कार्यालयको तथ्याङ्क छ । ४५ समूहका ६०० किसान व्यावसायिक घाँस खेतीमा लागेका छन् ।
कार्यालयले किसानलाई स्टाइलो, मोलाटो, पासपलम, सम्भासेटेरियालगायत घाँसका बिउ अनुदानमा उपलब्ध गराउँदै आएको वरिष्ठ पशु विकास अधिकृत तुल्सीराम भण्डारीले बताउनुभयो ।
फोक्सिङकोटको झोकेदी महिला कृषक समूहले रु दुई लाख, तानसेनको घाँस विकास महिला काजीपौवा समूहले रु डेढ लाख, रामपुरको नवदुर्गा महिला घाँस विकास समूहले रु डेढ लाख र मदनपोखराको बेलगैरा घाँस समूहले रु ७० हजार घाँस बिक्रीबाट वार्षिक आम्दानी लिन सफल भएका छन् ।
घाँसबाट राम्रो आम्दानी भएपछि महिलाहरुको आम्दानीको स्रोत घाँस खेती बनेको छ । ‘जग्गा बाँझो भयो भन्न नपर्ने, भिरालो उच्च भेगमा घाँस लगाएर मनग्गे आम्दानी लिन सकिने हुँदा घरखर्च चलाउन सजिलो भएको छ’–रामपुरकी भगवती बोटेले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...
-
‘मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैन’
काठमाडौँ । आगामी मौद्रिक नीतिमार्फत कर्जा प्रवाह विस्तार, उत्पादनमुखी लगानी प्रोत्साहन र नीतिगत स्थायित्व सुनिश्चित गर्न नसके अर्थतन्त्रले अपेक्षित गति...













