व्यावसायिक घाँस उत्पादन फस्टायो
पाल्पा, ८ असोज । जिल्ला पशु सेवा कार्यालयले सञ्चालन गरेको ‘घाँस विकास’ कार्यक्रमले किसानलाई व्यावसायिकतातर्फ उन्मुख गराएको छ ।
घाँस उत्पादनलाई प्राथमिकता दिएर अनुदानमा विभिन्न जातका घाँसका बिउ वितरण गर्न थालेपछि व्यावसायिक घाँस खेतीमा किसानको आकर्षण बढ्दो छ ।
विसं २०३८ देखि सुरु भएको ‘घाँस विकास’ कार्यक्रम यतिबेला किसानको आयआर्जनको माध्यम बनेको छ । दुई नगरपालिका र सबै गाविसका किसानले सामूहिक तथा व्यक्तिगतरुपमा व्यावसायिक घाँस खेती गरेका छन् ।
यहाँ २७ हेक्टरमा वर्षे, दुई हजार ८७० हेक्टरमा बहुवर्षे र ३४ हेक्टर क्षेत्रफलमा हिउँदे घाँस खेती गरिन्छ । निजी जग्गामा एक हजार ४०४, सामुदायिक कबुलियती वन क्षेत्रमा ९९३, सामुदायिक चरन र बाटो क्षेत्रमा २१३ र सामुदायिक वन तथा नहर क्षेत्रमा २२३ हेक्टर क्षेत्रफलमा व्यावसायिक घाँस खेती गरिएको छ ।
वर्षे घाँस ९१ हजार ३७७, हिउँदे घाँस ९५६, बहुवर्षे घाँस ३८ हजार ७८०, डाले घाँस ३४ हजार ५४०, वनजङ्गलबाट ७८ हजार ४७५ र कृषिजन्य उपपदार्थबाट ७३ हजार ६३५ मेट्रिकटन घाँस उत्पादन हुने गरेको पशु विकास अधिकृत चन्द्रबहादुर रानाले बताउनुभयो ।
जिल्लाका तीन लाख ६७ हजार ६७ पशुका लागि तीन लाख ७० हजार ९७३ मेट्रिकटन ड्राइमेट गरेर राखेको घाँस पशुआहारका लागि आवश्यक रहेको कार्यालयको तथ्याङ्क छ । ४५ समूहका ६०० किसान व्यावसायिक घाँस खेतीमा लागेका छन् ।
कार्यालयले किसानलाई स्टाइलो, मोलाटो, पासपलम, सम्भासेटेरियालगायत घाँसका बिउ अनुदानमा उपलब्ध गराउँदै आएको वरिष्ठ पशु विकास अधिकृत तुल्सीराम भण्डारीले बताउनुभयो ।
फोक्सिङकोटको झोकेदी महिला कृषक समूहले रु दुई लाख, तानसेनको घाँस विकास महिला काजीपौवा समूहले रु डेढ लाख, रामपुरको नवदुर्गा महिला घाँस विकास समूहले रु डेढ लाख र मदनपोखराको बेलगैरा घाँस समूहले रु ७० हजार घाँस बिक्रीबाट वार्षिक आम्दानी लिन सफल भएका छन् ।
घाँसबाट राम्रो आम्दानी भएपछि महिलाहरुको आम्दानीको स्रोत घाँस खेती बनेको छ । ‘जग्गा बाँझो भयो भन्न नपर्ने, भिरालो उच्च भेगमा घाँस लगाएर मनग्गे आम्दानी लिन सकिने हुँदा घरखर्च चलाउन सजिलो भएको छ’–रामपुरकी भगवती बोटेले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...













