भारतीय सैनिक उच्च अधिकारीद्वारा प्रधानमन्त्री मोदीसँग भेट
नयाँदिल्ली, ९ असोज । भारतीय सेनाका सैनिक प्रमुख, हवाई बल तथा नौसेनाको उच्च पदस्थ अधिकारीले शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट गरी मुलुकको सुरक्षा अवस्थाबारे छलफल गरेका अल इन्डिया रेडियोले जनाएको छ ।
सैनिक प्रमुख जनरल दलवीर सिं, वायुसेना प्रमुख मार्सल अरुप राह र नौसेनाका उपप्रमुख करवीर सिंले भारतीय प्रधानमन्त्री मोदीको निवासमा देशको सुरक्षा अवस्थामा छलफल भएको उक्त सरकारी रेडियोले आफ्नो प्रसारणमा जनाएको हो ।
भेटका क्रममा भारत प्रशासित कास्मिरको उरी क्षेत्रमा चारजना बन्दुकधारीले गरेको आक्रमण र यस पछाडि यहाँको सुरक्षा अवस्थालगायतका कुरामा छलफल भएको बताइएको छ ।
यसै हप्ताको सुरुमा उरीमा भएको आक्रमणमा १८ जना सैनिक अधिकारीको मृत्यु भएको थियो भने २० सैनिक घाइते भएका थिए । उरी घटनापछि पाकिस्तान र भारतबीतको सम्बन्धमा चिसोपना छाएको छ ।
नयाँदिल्लीले उरी आक्रमणमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएको छ । उरी आक्रमणपछि केही भारतीय राजनीतिज्ञ तथा पूर्व सैनिकले आक्रमणप्रति कला प्रतिक्रिया दिइनुपर्ने बताएका छन् ।
पाकिस्तानले भने भारतीय पक्षबाट लगाएको आरोपको खण्डन गर्दै भारतीय पक्षबाट आएका प्रतिक्रियाप्रति विशेष चासो व्यक्त गरेको छ ।
उरी आक्रमणपछि भारतीय सरकारका उच्च अधिकारी तथा सैनिक अधिकारीको निरन्तर भेट तथा छलफल भइरहेको र यसबाट आगामी कूटनीतिक तथा रणनीतिक प्रतिक्रिया जनाउने योजना बनिरहेको विश्लेषकहरुको भनाइ छ ।
यसैबीच, शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले पाकिस्तानलाई विश्व समुदायबाट एक्लाउने बताउनु भएको छ ।
पाकिस्तानले एसियामा अस्थिरता निम्त्याउने कार्यमा लागेको आरोप लगाउनु भएको छ ।
उहाँले गएका चार महिनामा भारतीय सुरक्षा फौजले ११० जना आतंकबादी समूहमा सदस्यले युद्धविरामको रेखालाई काश्मिर इलाकामा काटेको बताउनु भएको छ ।
एसियामा खासगरी बङ्गलादेश र अफगानिस्तानमा आतंकवादी गतिविधि पाकिस्तानको उक्साहटका कारण भएका दावी गर्नुभयो ।
उहाँले पाकिस्तानलाई चेतावनीको शब्दमा भन्नुभयो, “म पाकिस्तानलाई एक्लाउने अभियानस्वरुप अवका दिनमा विश्व समुदायसँग पहल शुरु गर्नेछु”। एपी
Comments
अरु समाचार
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
बाढीमा ज्यान गुमाएका १३ सय ९५ को शव फेला, पाँच हजार अझै सम्पर्कविहीन
काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन...
-
आफूविरुद्ध तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरिएको डिआइजी खत्रीको दाबी, कानूनी उपचारमा जाने चेतावनी
काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) भूपेन्द्र बहादुर खत्रीले आफ्नो चरित्र हत्या गर्ने गरी...
-
आज हरितालिका तीज: पशुपतिनाथमा बिहानैदेखि व्रतालुको घुइँचो
काठमाडौँ । हिन्दुको महान् चाड हरितालिका तिज आइतबार दर खाएर सुरु भएको छ। महिला दिदीबहिनीले आइतबार दर खाने र सोमबार...
-
कोरोला नाकामा तस्करी बढ्दो, तीन शंकास्पद ट्रक भित्रिए नेपाल
काठमाडौं । एकातिर सरकारले राजस्व चुहावट नियन्त्रणको लागि नाकाहरुमा कडाइ गर्ने चेतावनीसहित गरिब नागरिकले सीमापारीबाट किनेर ल्याएका सय रुपैयाँका सामानमा...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
नीराहार व्रतको पूर्वतयारीका रूपमा दर, तर बढ्दो तामझामले तीजको सांस्कृतिक अर्थ ओझेलमा
काठमाडौँ । हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आइतबार दर खाने तयारी गरेका छन् । दर खाएसँगै...












