ताजा समाचार

मेची भन्सारको राजस्व बृद्धि

भद्रपुर, १० असोज । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७२/७३ मा कुल रु छ अर्ब ८४ करोड ३३ लाख दुई हजार राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले सो अवधिमा रु छ अर्ब ४० करोड २६ लाख १२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।
गएको वर्ष लक्ष्यको १०६ प्रतिशत प्रगति गरेको कार्यालयले आव २०६८÷६९ मा लक्ष्यको १३५ प्रतिशत प्रगति गरि रु दुई अर्व ४४ करोड ४८ लाख १६ हजार राजस्व सङ्कलन गरेको थियो ।

अहिले भन्सार राजस्व बढेको देखिए पनि आव २०६९/७० मा १०६ प्रतिशत, आव २०७०/७१ मा १०३ प्रतिशत, २०७०/७१ मा ११३ प्रतिशत र आव २०७१/७२ मा १०२ प्रतिशत मात्र प्रगति हासिल गरेको थियो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org