प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि छ करोड
कञ्चनपुर, १० असोज । कृषिमा यान्त्रीकरण गरी उत्पादकत्व बढाउने उद्देश्यले कञ्चनपुरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरिने भएको छ ।
जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउन सञ्चालन हुने परियोजनामा ‘पकेट, ब्लक र जोन’मा जग्गालाई विभाजन गरी व्यावसायिक खेती प्रवद्र्धन गरिने भएको हो । कञ्चनपुरमा परियोजना सञ्चालनका लागि रु छ करोड बजेट विनियोजन भएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले बताउनुभयो ।
पाँच सय हेक्टर जमिनलाई जोन, सय हेक्टर जमिनलाई ब्लक र १० हेक्टर जमिनलाई पकेट क्षेत्र निर्धारण गरी परियोजना अगाडि बढाइने उहाँले बताउनुभयो ।
अधिकृत थापाका अनुसार यहाँ परियोजनाअन्तर्गत एक जोन, दुई ब्लक र ४५ वटा पकेट क्षेत्र निर्धारण गरिएका छन् । जोन क्षेत्र धान खेतीका लागि छनोट गरिएको छ र ब्लक तथा पकेट क्षेत्रमा व्यावसायिक रुपमा हुने बाली, फलफूल र तरकारी खेती गरिनेछ ।
दीर्घकालीन रुपमा सञ्चालन हुने परियोजनामा कृषिको उत्पादन, यान्त्रीकरण, बजारीकरण, सिँचाइ, प्रशोधन, कृषि शिक्षा, रोगकिरा नियन्त्रण लगायतलाई प्राथमिकतामा राखिएको छ । “बजेटको अख्तियारी आएपछि परियोजनाका कार्यलाई बढाउने गरी तयारी गरेका छौँ,” वरिष्ठ कृषि विकास अधिकृत थापाले भन्नुभयो । परियोजनामा सुदूरपश्चिम क्षेत्रमा कैलालीमा मात्रै गहुँ खेतीका लागि एक हजार हेक्टर क्षेत्रफल जमिन सुपर जोनमा राखिएको छ । देशभर सञ्चालन हुने परियोजनाका लागि पाँच अर्ब ७८ करोड बजेट विनियोजन भएको बताइएको छ । रासस
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












