निगमले ठूला जहाज खरिदका लागि बोलपत्र आह्वान
काठमाडौँ, १० असोज । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दुई वटा ठूला (वाइड बडी) जहाज खरिदका लागि आज बोलपत्र (टेन्डर) आह्वान गरेको छ । आगामी १८ महिनाभित्र जहाज खरिद गर्नेगरी अन्तर्राष्ट्रिय टेन्डर प्रकाशित गरिएको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिनुभयो ।
‘दुई ठूला जहाज खरिद प्रक्रियाका लागि ४५ दिने टेन्डर आह्वान गरिएको छ, एक वर्षमा एउटा र छ महिनामा अर्को जहाज खरिद गर्छौं,’ उहाँले भन्नुभयो, ‘सेवा विस्तार र गुणस्तरका लागि निगम अब पूर्णरुपमा लागेको छ ।
सन् २०१७ को मार्चसम्म दुईवटा ‘एयरबस ३३०–२२०’ वाइड बडी खरिद गर्ने योजना रहेको निगमले जनाएको छ । निगमको बोलपत्रअनुसार २५ अर्बमा दुई वटा वाइड बडी विमान खरिद गर्ने योजना बनाएको छ प्रतिविमान दुई वटा ‘रोल्सरोयस ट्रेन्ट ७७२ बी’ इन्जिनसहित एक हजार घन्टाभन्दा कम उडेको विमान हुनुपर्ने सर्त राखिएको छ ।
त्यस्तै निगमले खरिद गर्ने जहाजमा २–२–२ फम्र्याटमा ४० देखि ६० इन्चसम्मको पिच भएका १२ देखि १८ सम्म विजनेस क्लास, २–४–२ फम्र्याटमा ३० देखि ३६ इन्चसम्मको पिच भएका इकोनोमी क्लासका सिटसहित जम्मा २५० देखि २८० सम्म सिट हुनुपर्नेछ ।
निगमलाई जहाज किन्न आवश्यक पर्ने ऋण दिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष तयार भएका छन् भने अर्थमन्त्रालयले ऋणका लागि जमानत बस्न स्वीकृति दिइसकेको छ । रासस
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...













