महिला व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित
बैतडी, १३ असोज । गुरुखोला गाविस–८ सतबाँझका महिला व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका छन् ।
तरकारीबाट फाइदा हुने भएकाले उनीहरु महिला कृषक समूह गठन गरेर व्यावसायिक तरकारी खेतीमा लागेका छन् । परम्परागत रुपमा लगाइने धान, मकै, गहुँलगायत बालीबाट खासै उत्पादन लिन नसकेपछि उनीहरु तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।
मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका महिलाले अहिले वार्षिक रु एक लाखभन्दा बढी आम्दानी गर्दैआउनुभएको छ । करिब दुई दशकदेखि तरकारी खेतीको सुरुवात गरेका उनीहरु पछिल्लो समय महारुद्र कृषक समूह गठन गरी सामूहिक तरकारीखेतीमा लागेका छन् ।
एकापसमा कृषि अनुभव साटासाट गर्न सामूहिक तरकारी खेती सुरु गरेको महारुद्र महिला कृषक समूहका उपाध्यक्ष राधा भट्ट बताउनुहुन्छ । बीस जना महिला मिलेर सामूहिक तरकारीखेती सुरु गरेपछि उनीहरु सबै जना आत्मनिर्भर बनेका छन् ।
तरकारी खेतीमा लागेपछि घरपरिवार चलाउन सहज हुनुका साथै महिलाको आर्थिक अवस्था बलियो भएको छ । “वार्षिक रु एक लाखदेखि रु दुई लाखसम्म बचत गर्ने गरेका छौँ,” भट्टले भन्नुभयो । समूहमा आबद्ध भएसँगै अहिले किसान परियोजनाले तरकारीखेती गर्न प्राविधिक सहयोग गरेपछि उनीहरुलाई सजिलो भएको छ ।
युएसएआइडीको सहयोगमा किसान परियोजनाले तरकारी खेती गर्न अपनाउने तरिका, रोग किराको प्रकोप हटाउने विधि र समय–समयमा आवश्यक तालिम तथा उन्नत बीउ समेत उपलब्ध गराउँदै आएको किसान परियोजनाका कृषि कार्यक्रम अधिकृत अनुप वमले बताउनुभयो ।
तरकारी बेचेर आम्दानी हुन थालेपछि महिलाको दैनिकी फेरिएको छ । सामान्य घरखर्च चलाउन, नुनतेल किन्न समेत श्रीमान्को भर पर्ने अवस्था अहिले हट्दै गएको छ । आफैँ घरखर्च चलाउनेदेखि बचत समेत गर्न थालेका समूहका अध्यक्ष भागरथी भट्टले बताउनुभयो । साठी रोपनीमा तरकारी खेती सुरु गरेका उनीहरुको बारीमा अहिले काउली, बन्दागोभी, खुर्सानी, भन्टा, प्याज, लसुन, तिते करेलालगायत तरकारी रहेका छन् ।
यस्तै उनीहरुले प्लास्टिक टनेल बनाएर गोलभेँडा रोपेका छन् । “अन्न फलाउनुभन्दा तरकारी फलाउन सजिलो हुँदो रहेछ,” अध्यक्ष भट्टले भन्नुभयो– “मनग्य आम्दानी हुने भएपछि यसतर्फ आकर्षण बढ्दै गएको छ ।” तरकारी फलाएर घरखर्च मात्र होइन बचत समेत गर्ने गरेका छन् ।
विगतमा गाउँमा बढी उत्पादन भएको तरकारी गाईवस्तुलाई समेत खुवाउनुपर्ने अवस्था थियो । तर अहिले तरकारीले बजार पाउन थालेको छ । महिला कृषि पेसामा लागेपछि परिवर्तन आएको भन्दै व्यावसायिक साक्षरता कक्षा र किसानमा किसान परियोजनाले प्रदान गरेको सीपले कृषिलाई आधुनिकीकरण गर्नमा सहयोग गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारी बताउनुहुन्छ ।
पछिल्लो समय जिल्लाको ग्रामीण क्षेत्रमा सडक सञ्जाल विस्तार भएसँगै दुर्गम गाविसमा समेत तरकारी खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । यहाँ उत्पादित तरकारी स्थानीय बजार, सदरमुकामहुँदै तराईका विभिन्न जिल्लामा समेत खपत हुने गरेको बताइएको छ । रासस
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...












