नेपालमा पहिलो पटक मौरी वैज्ञानिक सम्मेलन हुने
काठमाडौँ, १३ असोज । आगामी कात्तिक ७ र ८ गते काठमाडौँस्थित होटेल ह्यातमा प्रथम मौरी वैज्ञानिक सम्मेलन हुने भएको छ ।
हाइल्यान्ड एग्रिकल्चर रिसर्च एन्ड डेभलपमेन्ट अफ नेपाल ९हार्डिन०ले आयोजना गर्न लागेको उक्त सम्मेलनमा विश्वका आठ देशका वैज्ञानिकको सहभागिता रहनेछ । अमेरिका, चीन, भारत, कोरिया, फिलिपिन्स, जर्मनी, अष्ट्रिया, इट्लीका वैज्ञानिकले सो सम्मेलनमा मौरी विषयमा विभिन्न कार्यपत्र प्रस्तुत गर्नुहुने आयोजक संस्थाका अध्यक्ष प्राडा रत्न थापाले जानकारी दिनुभयो ।
नेपाल सरकार, कृषि विभाग, व्यावसायिक किट विकास निर्देशनालय र एसियन एग्रिकल्चर, एसोसिएसनले मौरी संरक्षण र मौरीजन्य उत्पादनको प्रवद्र्धन खाद्य सुरक्षा तथा पर्यावरणको संरक्षण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागेको हो । विश्वमा पाइने नौ प्रजातिकामध्ये नेपालमा मात्र चार प्रजातिका मौरी पाइन्छन् । नेपालमा हाल १० देखि १५ हजार जङ्गली ९भिर मौरी०को गोला रहेको छ । विभिन्न अध्ययनअनुसार तीनदेखि पाँच वर्षभित्रमा भिर मौरीका गोला नासिन्छन् ।
प्रसिद्ध वैज्ञानिक अल्वर्ट आइन्स्टाइनले आफ्नो लेखमार्फत पृथ्वीबाट मौरी लोप भयो भने त्यसको चार वर्षपछि सम्पूर्ण मानव जगत् लोपोन्मुख हुनेछ भनी उल्लेख गर्नुभएको छ । अहिलेसम्म मौरी पालन नीति बन्न सकेको छैन । सरकारसँग नीति बनाइदिन र महको गुणस्तरीयता मापन गर्ने आधिकारिक प्रयोगशालाको व्यवस्था गरिदिन व्यवसायी र किसानले आग्रह गर्दै आएका छन् ।
सरकारले मौरी व्यवसायीका लागि मौरी विकास बोर्डको गठन गर्न सकेको छैन तर उपकरणमा अनुदान, मौरीको उच्च नश्ल सुधार, तालिम, सामग्री, घार तथा अन्य उपकरणमा अनुदान भने उपलब्ध गराउँदै आएको छ ।
नेपालमा २०५२ सालबाट व्यावसायिक रुपमा मौरी पालन सुरु भएको इतिहास छ । मौरीपालनबाट करिब चार हजार घरपरिवार र करिब १० हजार जनसङ्ख्याले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाएको नेपाल मौरी पालन केन्द्रीय सहकारी सङ्घले जनाएको छ । सङ्घसँग आबद्ध सदस्यले वार्षिक एक हजार मेट्रिक टन मह उत्पादन गरेका छन् ।
सरकारले यस वर्ष मह उत्पादनका लागि देशको ५० जिल्लालाई पकेट क्षेत्र चुनेको छ । नेपाल महमा समेत परनिर्भर भएको छ । नेपालले भारत, अमेरिका, डेनमार्क र चीनबाट करिब रु ६० करोडको मह आयात गरेको छ । मुख्यतः नेपालमा मेलिफेरा, केरेना, कठ्यौरी, भिरमौरी र सिनकुश ९खागो० जातका मौरीबाट मह उत्पादन हुँदै आएको छ ।
सबैभन्दा महँगो मह भिरमौरीको हो । जुन प्रतिकिलो रु दुई हजार ५०० सय देखि रु तीन हजार, केरेनाको रु ७०० देखि रु एक हजार र मेलिफेराको रु ४०० देखि रु ५०० सम्ममा बिक्री हुने गरेको छ । विश्वमा सबैभन्दा बढी मह उत्पादन गर्ने देश टर्की हो । त्यसपछि क्रमशः अमेरिका, भारत र चीन पर्छन् । नेपालमा हाल प्रतिवर्ष दुई हजार ५० मेट्रिक टन मह उत्पादन हुने गरेको किट विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार नेपालले बर्सेनि २० हजार मेट्रिक टन मह उत्पादन गर्ने क्षमता राख्दछ ।
नेपालको मह विश्वमा नै उत्कृष्ट मानिन्छ । नेपाली महले विश्व बजारमा अग्र्यानिक, प्राकृतिक र हर्वलको पहिचान स्थापित गरेको जोन हकको दाबी छ । मौरी पालन व्यवसायबाट वातावरणलाई समेत टेवा पुग्ने बताइन्छ । मौरी पालन व्यवसाय वातावरणमैत्री व्यवसाय हो । व्यवसायी अर्जुनप्रसाद पोखरेलका अनुसार प्रागसेचन प्रक्रियामा मौरीको महत्व रहेको र वनस्पतिको अस्तित्वसमेत मौरीले नै जोगाइराखेको पाइन्छ । रासस
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...













