नेपालमा पहिलो पटक मौरी वैज्ञानिक सम्मेलन हुने
काठमाडौँ, १३ असोज । आगामी कात्तिक ७ र ८ गते काठमाडौँस्थित होटेल ह्यातमा प्रथम मौरी वैज्ञानिक सम्मेलन हुने भएको छ ।
हाइल्यान्ड एग्रिकल्चर रिसर्च एन्ड डेभलपमेन्ट अफ नेपाल ९हार्डिन०ले आयोजना गर्न लागेको उक्त सम्मेलनमा विश्वका आठ देशका वैज्ञानिकको सहभागिता रहनेछ । अमेरिका, चीन, भारत, कोरिया, फिलिपिन्स, जर्मनी, अष्ट्रिया, इट्लीका वैज्ञानिकले सो सम्मेलनमा मौरी विषयमा विभिन्न कार्यपत्र प्रस्तुत गर्नुहुने आयोजक संस्थाका अध्यक्ष प्राडा रत्न थापाले जानकारी दिनुभयो ।
नेपाल सरकार, कृषि विभाग, व्यावसायिक किट विकास निर्देशनालय र एसियन एग्रिकल्चर, एसोसिएसनले मौरी संरक्षण र मौरीजन्य उत्पादनको प्रवद्र्धन खाद्य सुरक्षा तथा पर्यावरणको संरक्षण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागेको हो । विश्वमा पाइने नौ प्रजातिकामध्ये नेपालमा मात्र चार प्रजातिका मौरी पाइन्छन् । नेपालमा हाल १० देखि १५ हजार जङ्गली ९भिर मौरी०को गोला रहेको छ । विभिन्न अध्ययनअनुसार तीनदेखि पाँच वर्षभित्रमा भिर मौरीका गोला नासिन्छन् ।
प्रसिद्ध वैज्ञानिक अल्वर्ट आइन्स्टाइनले आफ्नो लेखमार्फत पृथ्वीबाट मौरी लोप भयो भने त्यसको चार वर्षपछि सम्पूर्ण मानव जगत् लोपोन्मुख हुनेछ भनी उल्लेख गर्नुभएको छ । अहिलेसम्म मौरी पालन नीति बन्न सकेको छैन । सरकारसँग नीति बनाइदिन र महको गुणस्तरीयता मापन गर्ने आधिकारिक प्रयोगशालाको व्यवस्था गरिदिन व्यवसायी र किसानले आग्रह गर्दै आएका छन् ।
सरकारले मौरी व्यवसायीका लागि मौरी विकास बोर्डको गठन गर्न सकेको छैन तर उपकरणमा अनुदान, मौरीको उच्च नश्ल सुधार, तालिम, सामग्री, घार तथा अन्य उपकरणमा अनुदान भने उपलब्ध गराउँदै आएको छ ।
नेपालमा २०५२ सालबाट व्यावसायिक रुपमा मौरी पालन सुरु भएको इतिहास छ । मौरीपालनबाट करिब चार हजार घरपरिवार र करिब १० हजार जनसङ्ख्याले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाएको नेपाल मौरी पालन केन्द्रीय सहकारी सङ्घले जनाएको छ । सङ्घसँग आबद्ध सदस्यले वार्षिक एक हजार मेट्रिक टन मह उत्पादन गरेका छन् ।
सरकारले यस वर्ष मह उत्पादनका लागि देशको ५० जिल्लालाई पकेट क्षेत्र चुनेको छ । नेपाल महमा समेत परनिर्भर भएको छ । नेपालले भारत, अमेरिका, डेनमार्क र चीनबाट करिब रु ६० करोडको मह आयात गरेको छ । मुख्यतः नेपालमा मेलिफेरा, केरेना, कठ्यौरी, भिरमौरी र सिनकुश ९खागो० जातका मौरीबाट मह उत्पादन हुँदै आएको छ ।
सबैभन्दा महँगो मह भिरमौरीको हो । जुन प्रतिकिलो रु दुई हजार ५०० सय देखि रु तीन हजार, केरेनाको रु ७०० देखि रु एक हजार र मेलिफेराको रु ४०० देखि रु ५०० सम्ममा बिक्री हुने गरेको छ । विश्वमा सबैभन्दा बढी मह उत्पादन गर्ने देश टर्की हो । त्यसपछि क्रमशः अमेरिका, भारत र चीन पर्छन् । नेपालमा हाल प्रतिवर्ष दुई हजार ५० मेट्रिक टन मह उत्पादन हुने गरेको किट विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार नेपालले बर्सेनि २० हजार मेट्रिक टन मह उत्पादन गर्ने क्षमता राख्दछ ।
नेपालको मह विश्वमा नै उत्कृष्ट मानिन्छ । नेपाली महले विश्व बजारमा अग्र्यानिक, प्राकृतिक र हर्वलको पहिचान स्थापित गरेको जोन हकको दाबी छ । मौरी पालन व्यवसायबाट वातावरणलाई समेत टेवा पुग्ने बताइन्छ । मौरी पालन व्यवसाय वातावरणमैत्री व्यवसाय हो । व्यवसायी अर्जुनप्रसाद पोखरेलका अनुसार प्रागसेचन प्रक्रियामा मौरीको महत्व रहेको र वनस्पतिको अस्तित्वसमेत मौरीले नै जोगाइराखेको पाइन्छ । रासस
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...












