उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण असफल भएको अमेरिकी दावी
वासिङटन, ३० असोज । उत्तर कोरियाले पछिल्लो पटक गरेको मध्यम दुरीको एक शक्तिशाली क्षेप्यास्त्र परीक्षण असफल भएको अमेरिकी सेनाले शनिबार दावी गरेका छन् ।
सो क्षेप्यास्त्र उत्तर कोरियाको गुआमबाट अमेरिकी सैन्य शिविरसम्म हान्नसक्ने क्षमता रहेको बताइएको थियो ।
उत्तर कोरियाले गतःशनिबार मध्यान्हपछि परीक्षण गरेको क्षेप्यास्त्र “मुसुदान” नामक शक्तिशाली क्षेप्यास्त्र भएको अमेरिकी सेनाको एक निकाय द युएस स्ट्राटेजिक कम्माण्डले अनुमान लगाएको जनाइएको छ ।
यस अघि उत्तर कोरियाले यस मुसुदान क्षेप्यास्त्र सात पटक परीक्षण गरिसकेको र एक पटक आंशिक सफलता पनि पाइसकेको छ ।
मुसुदान क्षेप्यास्त्रको सफल परीक्षण भइ सो उपकरण प्रयोगमा ल्याइएमा दुई हजार ५०० किलो मिटरदेखि चार हजार किलो मिटरसम्मको दूरीमा जता सुकै पनि प्रहार गर्नसक्ने क्षमता हासील हुनेछ ।
उत्तर कोरियाले यस्तो क्षेप्यास्त्र सन् २०१० को अक्टोबरमा भएको सैनिक परेडमा पहिलो पटक प्रदर्शन गरेको थियो ।
संयुक्त राष्ट्रसङ्घको एक सङकल्प प्रस्तावद्वारा ब्यालिस्टिक क्षेप्यास्त्र प्रविधि प्रयोगमा ल्याउन गर्न प्रतिबन्ध लगाएको अवस्थामा सो प्रस्तावको उल्लङ्घन गरी उत्तर कोरियाले जबर्जस्ती ब्यालिस्टिक क्षेप्यास्त्र उत्पादन र परीक्षणकार्य गरेको समेत जनाइएको छ ।
गत सेप्टेम्बरमा उत्तर कोरियाले उत्तरपश्चिमी तटबाट करिब चार हजार किलोमिटर टाढासम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्रको पाँचौ पटक परीक्षण गरेपछि राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले प्योङ्गयाङगलाई थप प्रतिबन्ध लगाउने विषयमा छलफल गरिरहेकै बखत उत्तर कोरियाले यस्तो गैह«जिम्मेवार क्रियाकलाप प्रदर्शन गरेको हो ।
संयुक्त राष्ट्रसङ्घलगायत विभिन्न देशहरुले आणविक क्षेप्यास्त्र उत्पादन र परीक्षण नगर्न चेतावनी दिँदै आए तापनि उत्तर कोरियाले भने पटकपटक क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ । रासस/एएफपी
Comments
अरु समाचार
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...













