उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण असफल भएको अमेरिकी दावी
वासिङटन, ३० असोज । उत्तर कोरियाले पछिल्लो पटक गरेको मध्यम दुरीको एक शक्तिशाली क्षेप्यास्त्र परीक्षण असफल भएको अमेरिकी सेनाले शनिबार दावी गरेका छन् ।
सो क्षेप्यास्त्र उत्तर कोरियाको गुआमबाट अमेरिकी सैन्य शिविरसम्म हान्नसक्ने क्षमता रहेको बताइएको थियो ।
उत्तर कोरियाले गतःशनिबार मध्यान्हपछि परीक्षण गरेको क्षेप्यास्त्र “मुसुदान” नामक शक्तिशाली क्षेप्यास्त्र भएको अमेरिकी सेनाको एक निकाय द युएस स्ट्राटेजिक कम्माण्डले अनुमान लगाएको जनाइएको छ ।
यस अघि उत्तर कोरियाले यस मुसुदान क्षेप्यास्त्र सात पटक परीक्षण गरिसकेको र एक पटक आंशिक सफलता पनि पाइसकेको छ ।
मुसुदान क्षेप्यास्त्रको सफल परीक्षण भइ सो उपकरण प्रयोगमा ल्याइएमा दुई हजार ५०० किलो मिटरदेखि चार हजार किलो मिटरसम्मको दूरीमा जता सुकै पनि प्रहार गर्नसक्ने क्षमता हासील हुनेछ ।
उत्तर कोरियाले यस्तो क्षेप्यास्त्र सन् २०१० को अक्टोबरमा भएको सैनिक परेडमा पहिलो पटक प्रदर्शन गरेको थियो ।
संयुक्त राष्ट्रसङ्घको एक सङकल्प प्रस्तावद्वारा ब्यालिस्टिक क्षेप्यास्त्र प्रविधि प्रयोगमा ल्याउन गर्न प्रतिबन्ध लगाएको अवस्थामा सो प्रस्तावको उल्लङ्घन गरी उत्तर कोरियाले जबर्जस्ती ब्यालिस्टिक क्षेप्यास्त्र उत्पादन र परीक्षणकार्य गरेको समेत जनाइएको छ ।
गत सेप्टेम्बरमा उत्तर कोरियाले उत्तरपश्चिमी तटबाट करिब चार हजार किलोमिटर टाढासम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्रको पाँचौ पटक परीक्षण गरेपछि राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले प्योङ्गयाङगलाई थप प्रतिबन्ध लगाउने विषयमा छलफल गरिरहेकै बखत उत्तर कोरियाले यस्तो गैह«जिम्मेवार क्रियाकलाप प्रदर्शन गरेको हो ।
संयुक्त राष्ट्रसङ्घलगायत विभिन्न देशहरुले आणविक क्षेप्यास्त्र उत्पादन र परीक्षण नगर्न चेतावनी दिँदै आए तापनि उत्तर कोरियाले भने पटकपटक क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ । रासस/एएफपी
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...













