राजनीतिक समझदारीमा विधेयक अघि बढाइनुपर्छ : अध्यक्ष थापा
काठमाडौँ, २२ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधनको प्रस्तावलाई राजनीतिक समझदारीका आधारमा अघि बढाइनुपर्ने बताउनुभएको छ ।
पार्टी कार्यालय, धुम्बाराहीमा आज रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै उहाँले भन्नुभयो– “यथास्थितिमा समझदारी नगरीकन विधेयक अघि बढाए राजनीतिक प्रतिउत्पादक हुने खतरा बढ्न सक्छ ।”
अध्यक्ष थापाले भन्नुभयो – “सर्वोच्चको फैसलापछि संशोधन विधेयकबारे संसद्मा बहस गर्ने बाटो खुलेको छ, तर यो कानुनी विषय मात्र होइन, राजनीतिक विषय पनि भएकाले संसद्मा रहेका राजनीतिक दलहरुसँग छलफल र सहमति गरेर अघि बढेर जानु बुद्धिमानी हुन्छ ।”
फरक प्रसङ्गमा अध्यक्ष थापाले पार्टी एकीकरणपछि स्वाभाविक रुपमा राप्रपाको सिट सङ्ख्याका आधारमा पार्टीको तर्फबाट मन्त्रिमण्डलमा थप सदस्य थप्नुपर्ने भए पनि यसबारे प्रधानमन्त्री, सत्ता साझेदार काँग्रेस र माओवादी केन्द्रको भूमिकामा भरपर्ने बताउनुभयो ।
“पार्टी एकीकरणपछि स्वाभावतः हामी सत्ता पक्ष भएका छौँ, सङ्ख्याको अनुपातमा सरकारमा प्रतिनिधित्वको सङ्ख्या वृद्धि हुनु स्वाभाविक हो, यसमा सत्ता साझेदार दलको व्यवहारमा भर पर्छ, भन्दै उहाँले अहिले हामीसँग तीन विकल्प छन्, पहिलो अहिलेकै दुई मन्त्रीलाई निरन्तरता दिने, दोस्रो सङ्ख्या वृद्धि गर्ने र तेस्रो भएका मन्त्रीलाई पनि फिर्ता बोलाउने हो बताउनुभयो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












