एभोकाडोको एउटै बोटबाट ५० हजार आम्दानी
२४ पुस । पोखरा उपमहानगरपालिका–१७ विरौटीकी विष्णुमाया शर्माले एभोकाडोको एउटा बोटबाट यस वर्ष रु ५० हजार आम्दानी गर्नुभएको छ ।
नौ वर्षअघि सोखले लगाएको एभोकाडोको बिरुवाले लगाएको पाँच वर्षपछि लगातार फल दिँदैआएको र यस वर्ष आफूले खाएर र इष्टमित्रलाई चखाएर दुई सय केजी फल बिक्री गरेको उहाँले बताउनुभयो । “उत्पादन भएको फल बिक्री हुँदैन कि भन्नु पर्दैन, घरबाटै प्रतिकेजी रु दुई सय ५० का दरले बिक्री हुने गरेको छ,” उहाँले भन्नुभयो, “स्वास्थ्य र आम्दानीको हिसाबले राम्रो हुने भएकाले दुई वर्षअघि दुईवटा बिरुवा थपेकी छु ।”
जेठ–असार महिनामा फुल्ने र पुस महिनामा पाक्ने गरेको यो फल टिपेको चार–पाँच दिनपछि मात्र खान उपयुक्त हुने बताउँदै उहाँले नयाँ फल उत्पादनसँगै बिक्री गरेर आम्दानी हुन थालेकामा खुसी व्यक्त गर्नुभयो । एक महिनाको अवधिमा लगभग ७० केजी एभोकाडो बिक्री गरेको बताउने विरौटाका व्यापारी वसन्त भण्डारीका अनुसार एकपटक स्वाद लिएको ग्राहकले पटकपटक खोज्ने गरेका छन् ।
एभोकाडो पोखराको बजारमा रु तीन सय ५० देखि छ सयसम्ममा बिक्री हुने गरेको छ । नेपालमा घिउ फलको उपनामले परिचित एभोकाडोको फल बाहिरबाट बिक्रीका लागि ल्याइए पनि उत्पादनको हिसाबले कास्की जिल्लाका लागि भने नौलो मानिन्छ । आँपजस्तो आकारमा तर गोलो फल्ने प्रोटिनयुक्त एभोकाडोको फल मधुमेह र मुटु रोगका बिरामीलाई समेत उपयोगी हुने भएकाले यसको माग बढ्दै गएको छ ।
संसारकै फलमध्येमा धेरै पोषक तत्व भएको फलका रुपमा लिइने एभोकाडो नेपालको पूर्वी पहाडी जिल्लामा केही वर्ष अगाडिदेखि व्यावसायिक खेती सुरु भएको पाइन्छ । बहुगुणी बहुमूल्य यस फलको विस्तार र व्यावसायिक उत्पादनका लागि सरकारीस्तरबाट समेत चासो दिन थालिएको छ । कृषि अनुसन्धान केन्द्र बागवानीमा परीक्षणका लागि लगाइएका १२ वटा बोटले उत्पादन दिन थालेको बताउँदै बागवानी प्रमुख तीर्थराज पोख्रेलले प्रत्येक वर्ष बागवानीबाट दुई सय बिरुवा वितरण हुँदै आएको जानकारी दिनुभयो ।
उहाँका अनुसार कास्की जिल्लाका साथै स्याङ्जा, लमजुङ, तनहुँ लगायतका जिल्लामा पनि पछिल्ला वर्षमा एभोकाडोको खेती विस्तार हुँदै गएको छ । पाकेपछि गिलो हुने यो फलको स्वाद भने खल्लोे तर बासनायुक्त हुन्छ । यसको पात र डाँठ भने काउलोसँग मिल्दोजुल्दो हुन्छ । एभोकाडो मध्यअमेरिका र मेक्सिकोमा उत्पत्ति भएको यो उष्ण प्रदेशीय फल हो । प्रशस्त रेशा हुने एभोकाडो फल आँखाको दृष्टि र पाचन प्रणालीका लागि लाभदायी मानिन्छ । क्यान्सर रोगी र गर्भवती महिलाका लागि एवम् मोटोपन घटाउनसमेत यो फल उपयोगी मानिन्छ । रासस ९तस्बिर उपलव्ध छ०
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












