डोटीमा ढिके नुनकै प्रयोग बढी
![]()
डोटी, पुस २६ गते । डोटीका अधिकांश ठाउँमा अझै ढिके नुनको प्रयोग बढी रहेको छ । जिल्लाका ग्रामीण भेकमा बसोबास गर्ने जनताले ढिके नुनलाई बढी मात्रामा प्रयोग गर्ने गरेका हुन् ।
ढिके नुनको सट्टा आयोडिन नुन प्रयोग गर्नाले मानव स्वास्थ्यमा गुणात्मक रुपमा बढी फाइदा मिल्ने भएता पनि यहाँका जनता ढिके नुन नै प्रयोग गर्दछन् । आफूले बारीमा फलाएको भटमास साटेर ढिके नुन लैजाने कृषकको अहिले ताँती लागेको छ ।
भटमास एक केजीको तीन केजीसम्म ढिके नुन साट्न पाइन्छ, मूल्य कम छ, गाईवस्तुलाई खुवाउनका निम्ति सजिलो छ, चवरा चौताराका कृषक चक्र बमले भन्नुभयो । पहिलेदेखि नै ढिके नुनको प्रयोग गर्ने गरेका कारण उपभोग गर्नमा पनि सजिलो लाग्ने उहाँले बताउनुभयो ।
केदारअखडा गाविस चालिसका शेरबहादुर बम पनि करिब तीन घन्टाको पैदल यात्रा गरी पिठ्युमा भटमासको भारी बोकेर ढिके नुन साट्न चवरा पुग्नुभयो । राससको एक प्रश्नमा उहाँले ढिके नुन हामी जस्ता कृषकका निम्ति सस्तो र कम मूल्यमा पाइने हँुदा यसकै प्रयोग बढी गर्ने गरेको बताउनुभयो । आयोडिन नुन पनि खान्छाँै तर ढिके नुन जस्तो स्वाद त्यसमा नभएको उहाँको बुझाइ छ ।
साल्ट ट्रेडिङ डोटीका बिक्रेता प्रकाश विकका अनुसार अधिकतम मात्रामा ग्रामीण भेकमा ढिके नुन बढी मात्रामा बिक्री भइरहेको छ । मागअनुसार हामी ढिके नुन नै बढी मात्रामा पठाउने गर्दछाँै । ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनता गाई, भैँसी, गोरु, बाख्रालाई खुवाउनका निम्ति पनि बढी मात्रामा ढिके नुनको नै प्रयोग गर्ने गर्दछन्, उहाँले भन्नुभयो ।
सरकारले दुई बालबालिकाको चिह्न अङ्कित आयोडिनयुक्त नुनको प्रयोग गरौँ भनेता पनि यहाँका जनतामा अझै चेतनाको कमी रहेको पाइएको छ । रासस
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












