(ब्लग)सतहमा दरिद्र मानसिकता

एउटा भनाई छ ‘बाँदरले आफ्नो घर पनि बनाउँदैन,अर्काको पनि भत्काउँछ’ त्यस्तै समाजमा केही यस्ता मानिसहरु पनि भेटिन्छन् जो न आपूm राम्रो काम गर्छन् न अरुले गरेका उचित कदमप्रति सकारात्मक टिप्पणी वा समर्थन नै ।
ज्योतिषशास्त्र अनुसार समाजमा तीन प्रकारका मानिस हुन्छन् । तीनथरी गण भएका देवगण,मनुष्यगण र राक्षसगण।यसको नियम अनुसार मनुष्यगण भएको मान्छेले राक्षसगण भएकासँग बिहे गर्नु या साइनो गाँस्नु उचित हुँदैन। किनकि राक्षसगणवालाको राक्षसी प्रवृत्तिसँग जुध्न सक्ने क्षमता देवगणवालासँग मात्रै हुन्छ नकि मनुष्यगणवालासँग।
सत्य तीतो हुन्छ त्यसैले सबैलाई नपच्न सक्छ तर सत्य आखिर सर्वश्रेष्ठ नै हुन्छ। सङ्कोच नमानी भन्नुपर्दा यस्ता दरिद्र मानसिकता विशेषगरी राक्षसीगणका मानिसमा हुन्छ। जुन कुराको गहिरिदैँ अनुसन्धान गर्दै जाने हो भने समाजमा जति पनि उदाहरण पाउन सकिन्छ।अहिले यसैप्रकारका दरिद्र मानसिकता भएका मान्छेहरुको विचार सामाजिक सञ्जालमा सतहमा आएको छ।
काङ्ग्रेस केन्द्रीय सदस्यद्वय धनराज गुरुङ र विश्वप्रकाश शर्मा लगायतले सामाजिक सञ्जालमा चलाएको ट्रेन्डको उनीहरुले चौतर्फी आलोचना गरिरहेका छन्। गुरुङले भनेका छन्,’म गुरुङ हुँ,कसैले जनजाति समुदायको भनेर माग तेर्साएमा नपत्याउनुस,ऊ राजनीतिक ठग हो। लोकतन्त्रमा समुदायको ठेकेदार कोही हुँदैन।’तर ,यसैको विरोधमा समाजमा नाम चलेका केही पत्रकारलगायत व्यक्तित्वहरुलेसमेत चौतर्फी आवाज उठाइरहेका छन्।
अहिले देशमा जातियताको आधारमा संघीयताको कुराले देशको अस्तित्व नै सङ्कटमा परिरहेको सर्वविदितै छ। केही ठूलाठालुहरुले राजनीतिमा आफ्नो भविष्य सुरक्षित गर्न र कुनै एक समुदायको मन जित्न पार्टीमा जातियताको एजेन्डा उठाएका छन्। यो त राजनीतिमा अरु केही एजेन्डा उठाउन नसकेर धर्मको उठाएझैँ भन्दा पनि गम्भीर भो।पछाडि परेका वर्गका लागि यस्ता माग उठाउनु अनुपयुक्त त भएन नै,तर यसको कार्यान्वयनले शतप्रतिशत स्वच्छ र निष्पक्ष परिणाम भने दिन सक्दैन।जस्तो सहरको कुनै करोडपति जनजातिको छोरो एमबीबीएस टेस्ट परीक्षामा ८५ प्रतिशत ल्याएर छात्रवृतिमा डाक्टरी पढ्न पाउँछ तर एक गरिब परिवारको बाहुनको छोरो त्यसै परिक्षमा ९० प्रतिशत ल्याएर पनि वञ्चित हुन पुग्छ। यस्तो प्रकरण सरकारी सेवाका हर क्षेत्रमा देख्न पाइन्छ। यी त उदाहरण मात्र हुन्,अहिले देशैभर प्रसङ्ग निस्कँदा यसबारे चर्चा हुन्छ।
यसरी देशमा माओवादीले स्थापित गरेका यी समावेशी समानुपातिकका एजेन्डाले पछाडि परेका वर्गलाईमाथि पु¥याएको त छ नै,सँगसँगै अगाडि जानसक्ने सम्भावित वर्गलाई पनि बाटो बन्द गरिदिएको छ। पछाडि परेका समुदायलाई माथि उठाउन गरिएको माओवादीको योगदानको कदर त गर्नुपर्छ नै तर योग्य र दक्ष भएर पनि अगाडि जान वञ्चित भएका वर्गको अवस्थालाई मध्यनजर नगर्नु भने कदापि न्यायसंगत हुँदैन।समावेशीताको परिणाम वर्गमा नभई जातजातिमा केन्द्रित छ।देशैभर हर योग्य मानिसले यस्ता हविगतको सामना गर्नुपरेको छ।अनि देशमा यस्ता दुष्परिणाम आइरहेका बेला,जनतामा आआफ्नै टोलछिमेकबीचमा जातिगत हिसाबमा मनमुटाव चलिरहेका बेला स्वयं जनजाति समुदायका धनराज गुरुङले लोकतन्त्रमा समुदायभन्दा माथि समग्र नेपाली जनताको पक्षमा उभिनुपर्छ भन्दा उनकै विरोधमा केही मानिसहरुले आवाज उठाइरहेका छन्।
त्यसो त अस्ति भर्खर व्यवस्थापिका संसदमा महाभियोग प्रकरणमा मुदा नमिलेपनि सांसदको तलब (भत्ता वृद्धिका विषयमा मत मिलेर उक्त विषयलाई पारित गर्दा पनि गुरुङले त्यसको विरोधमा आवाज उठाएका थिए र त्यतिखेर पनि उनलाई सस्तो लोकप्रियता कमाउनेको बिल्ला भिराइएको थियो।भुकम्पपीडित जनताले समयमै उचित राहत नपाएर चिसो टहरामै जीवन गुजारिरहँनुपर्दा पनि सांसदहरुलाई उनीहरुको भन्दा बढी आफ्नो तलब(भत्ताकै चिन्ता हुन्छ भने यो कस्तो लोकतन्त्र भन्दै उनले बढेको सांसदभत्ता नलिने उद्घोष गरेका थिए।जनताकै लागि तलब लिन्न भन्दा पनि उनले आलोचना खेप्नु पर्यो।
यस्तै प्रवृत्ति डा.गोविन्द केसीमाथि पनि आइनलागेको होइन।जनताको सेवामा समर्पित रहँदारहँदै विवाह समेत नगरेका डा।केसीले अहिले ३ करोड नेपाली जनताको भविष्यका लागि आफ्नो प्राण धरापमा राखेर अनशन बस्दा पनि उनलाई केही व्यक्तिद्वारा सस्तो लोकप्रियताको बिल्ला भिराइएको थियो।न त सरकारले पनि बेलैमा उनको माग पुरा गर्नुपर्ने आफ्नो कर्तव्य सम्झियो।आफ्नो घर नै बेचेर भुकम्पपीडित जनताको सेवामा सिन्धुपाल्चोकको गिरान्चौरमा एकीकृत बस्ती निर्माणमा लागिरहँदा लोकप्रिय कलाकार धुर्मुस(सुन्तली पनि यसबाट अछुतो रहेनन्।हालको प्रचण्ड सरकारका मन्त्रीहरुले सपथ लिँदा सबै माओवादी मन्त्रीहरुमा अपवाद रहेर दौरा (सुरुवाल र ढाकाटोपीमा सपथ लिँदा सञ्चारमन्त्री सुरेन्द्र कार्कीलाई पनि त्यसै गरियो।शोषक र शासक वर्गको मात्र पहिचान भनेर आफ्नै पार्टी अध्यक्ष पुष्पकमल दाहालले समेत दौरा (सुरुवाल नलाउँदा र समग्र जनताकै मानका लागि आफ्नै पार्टीको नीतिविपरीत उभिँदा पनि उनले आलोचना प्राप्त गर्नुपर्यो।त्यस्तै उर्जामन्त्री हुँदा विद्युतीय महशुल नतिर्नेलाई कारबाही गर्दा आफ्नै कर्मचारीले पो बचाउलान् कि भनेर दुरदृष्टि राख्दै घरमा आफैँले गएर लाइन काट्दा पनि एमाले सचिव गोकर्ण विष्टले सुख पाएनन्।
कहिलेसम्म चलिरहन्छ यस्तो दरिद्र प्रवृत्ति ? विशेषगरी यस्ता आलोचना विपक्षी कार्यकर्ताहरुबाट प्राप्त हुने गर्दछ।आफ्नै पार्टीका नेताले गरे ठिक,अर्काले गरे बेठिक भन्ने मानसिकताले नै यसलाई बढावा दिइरहेको छ।अन्ततः कसैले राम्रा काम गर्न खोज्दा त्यसमा नकारात्मक टिप्पणी गर्न खोज्नुभन्दा पनि त्यसलाई समर्थन गरेर आफुले केकति गरेको छु भन्ने हेक्का राख्नु नै उचित हुन्छ।गुट र दलभन्दामाथि उठि समग्र नेपालीकै हितमा अघि बढेमात्र समग्र राष्ट्रकै समुन्नति हुने कल्पना हर नेपाली जनता र पार्टीका कार्यकर्ताले गर्न जरुरी छ।
सुवेदीलाई @abishek_subedi9 मा भेट्न सकिन्छ ।
Comments
अरु समाचार
-
चिनियाँ जनताको जापानी आक्रमणविरुद्दको युद्ध विजय र विश्व फासिष्टविरुद्दको युद्ध विजयको ८० औं वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ ?
चिनियाँ राष्ट्रपति सी चिन् फीङ्ले भन्नु भएको छ, इतिहास भनेको एउटा ऐना हो , जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ।...
-
राष्ट्रपति सी चिनपिङसँग नजिकका दुई दिन
नेपाल सरकारले मलाई सन् २०२४ को अगष्ट २९ का दिन ल्हासाका लागि महावाणिज्यदूतका रुपमा नियुक्त गरेपछि ममा एक प्रकारको खुशी...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘संवैधानिक निकायमा हस्तक्षेपको प्रवृति लोकतन्त्रमाथिको प्रहार’
सागर पण्डित (विचार): सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्डका रुपमा रहेका संवैधानिक निकायहरु– अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
मृत्युनजिक पुगेको मानिसले कस्तो अनुभव गर्छ ?
काठमाडौं । मृत्यु जीवनको अन्त्य हो, यसको बारेमा हाम्रो ज्ञान धेरै सीमित छ। जब स्नायु प्रणालीको अध्ययन गर्ने वैज्ञानिक जिमो...
-
नेपाल बारको आसन्न निर्वाचन र डीएलए नेतृत्व !
विषय प्रवेश: बहुदलीय व्यवस्थाको प्रार्दुभावसँगै प्रजातन्त्रवादी कानून व्यावसायीहरुको समूहले गठन गरेको संस्था हो, डीएलए नेपाल। हाल यसको नेतृत्व सिताराम के.सी.जी...
-
अनुहारमा होइन विचारमा सुन्दरताको खोजी
काठमाडौं । जङ्गबहादुरको बेलायत यात्रा वृत्तान्तमा उमेरदार युरोपेली नारीहरुको सौन्दर्यको थोरै बयान गरिएको पढ्न पाइन्छ । त्यस यात्रा वृत्तान्तमा युरोपेली...












