फागुन १५ देखि अत्याधुनिक सुविधासहित ११ तले धरहरा बन्ने
काठमाडौं, ४ माघ । कहिले ठडिएला धरहरा? राजधानीको सुन्धारामा रहेको ऐतिकासिक धरहरा अघिल्लो वर्षको भूकम्पले धुलीसात बनाएयता धेरैको मनमा यो कौतुहलता छ। ‘धरहार ढले पनि विश्वास ढलेको छैन, यो उठ्नेछ छिट्टै उठ्नेछ,’ यस्तै सोचेर अघिल्लो सरकारले अघि सारेको म बनाउँछु धरहरा अभियानमा हजारौं नेपालीले करोडौं सहयोग गरे। धरहरा बनाउन विदेशी सहयोग नलिने, नेपालीकै सहयोगबाट सम्पन्न गर्ने नारासहित अघि सारिएको उक्त अभियानमा साथ दिँदा पनि किन ढिलो हुँदै छ धरहरा पुननिर्माण? नेपालीको यो जिज्ञासा अब छिट्टै मेटिनेछ। किनकि सरकारले अर्को महिनाबाट धरहरा पुननिर्माण सुरु गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री कार्यालयमा आईतबार बसेको प्रधानमन्त्री कार्यालय, पुननिर्माण प्राधिकरण, पुरातत्व विभाग, सञ्चार मन्त्रालय, काठमाडौं महानगरपालिकालगायत सरोकारवाला निकायका सचिवस्तरीय बैठकले फागुन १५ गते भित्र धरहराको पुननिर्माण कार्य थाल्ने निर्णय गरेको हो। धरहरा पुननिर्माणको जिम्मा नेपाल टेलिकमलाई दिने निर्णय छलफलले गरेको छ। अब बन्ने धरहरा ११ तला र उचाइ पहिलेजत्तिकै २ सय ४५ फिट राखिनेछ। अपांगता भएका, बालबालिका बालबालिका र वृद्धवृद्धालाई ध्यानमा राखी दुई वटा लिफ्ट राखिनेछ। थपिएका दुई तलामा भूमिगत पार्किङ र म्युजियम राखिनेछ। नागरिक दैनिकबाट
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












