फागुन १५ देखि अत्याधुनिक सुविधासहित ११ तले धरहरा बन्ने
काठमाडौं, ४ माघ । कहिले ठडिएला धरहरा? राजधानीको सुन्धारामा रहेको ऐतिकासिक धरहरा अघिल्लो वर्षको भूकम्पले धुलीसात बनाएयता धेरैको मनमा यो कौतुहलता छ। ‘धरहार ढले पनि विश्वास ढलेको छैन, यो उठ्नेछ छिट्टै उठ्नेछ,’ यस्तै सोचेर अघिल्लो सरकारले अघि सारेको म बनाउँछु धरहरा अभियानमा हजारौं नेपालीले करोडौं सहयोग गरे। धरहरा बनाउन विदेशी सहयोग नलिने, नेपालीकै सहयोगबाट सम्पन्न गर्ने नारासहित अघि सारिएको उक्त अभियानमा साथ दिँदा पनि किन ढिलो हुँदै छ धरहरा पुननिर्माण? नेपालीको यो जिज्ञासा अब छिट्टै मेटिनेछ। किनकि सरकारले अर्को महिनाबाट धरहरा पुननिर्माण सुरु गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री कार्यालयमा आईतबार बसेको प्रधानमन्त्री कार्यालय, पुननिर्माण प्राधिकरण, पुरातत्व विभाग, सञ्चार मन्त्रालय, काठमाडौं महानगरपालिकालगायत सरोकारवाला निकायका सचिवस्तरीय बैठकले फागुन १५ गते भित्र धरहराको पुननिर्माण कार्य थाल्ने निर्णय गरेको हो। धरहरा पुननिर्माणको जिम्मा नेपाल टेलिकमलाई दिने निर्णय छलफलले गरेको छ। अब बन्ने धरहरा ११ तला र उचाइ पहिलेजत्तिकै २ सय ४५ फिट राखिनेछ। अपांगता भएका, बालबालिका बालबालिका र वृद्धवृद्धालाई ध्यानमा राखी दुई वटा लिफ्ट राखिनेछ। थपिएका दुई तलामा भूमिगत पार्किङ र म्युजियम राखिनेछ। नागरिक दैनिकबाट
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












