ताजा समाचार

प्रतिबन्धीत जडीबुटी पाँचऔंलेसहित एक जना पक्राउ

विमला शर्मा/जाजरकोट ४ माघ  । प्रतिबन्धीत जडीबुटी पाँचऔलेसहित जाजरकोटमा एक जना पक्राउ परेका छन् । नर्कृु १ डोल्पाका ६७ वर्षीय नामबहादुर वोहरालाई जाजरकोट प्रहरीले आइतवार पक्राउ गरेको हो । भगवति गाविस वाट रिम्ना तर्फ आउदै गरेको भे.१ ज ५७६ को जिपमा सवार वोहराको झोला बाट ३ किलो प्रतिबन्धीत जडीबुटी पाँचऔले खगेनकोट ८ मेदै जाजरकोटमा सवारी साधन चेकजाँचका क्रममा बरामत गरेको जाजरकोटका प्रहरी प्रमुख डिएसपी भावेस रिमालले जानकारी दिए । विक्रि वितरणका लागि नेपालगन्ज लिदै गरेको जडीबुटीलाई आवश्यक कारवाहीका लागि जिल्ला बन कार्यालय जारकोटमा वुझाइएको डिएसपी रिमालले वताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org