‘संविधान कार्यान्वयनका लागि मेची-महाकाली अभियान’
![]()
इटहरी, ४ माघ । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले विदेशी भूमिमा जन्मिएर नेपालको सार्वभौममाथि खतरा ल्याउने तथा यहाँका भूमिपुत्रको अधिकार खोसेर राज्यको महत्वपूर्ण पदमा पुग्न पाउने गरी नेपाली नागरिकता प्राप्ति गर्ने कार्य एमालेका लागि स्वीकार नहुने बताएका छन्। महासचिव पोख्रेलले आज पार्टीले सुनसरीको दुहवीमा आयोजना गरेको संविधानको सहज कार्यान्वयनको गतिशीलताका लागि जनचेतना अभियान आमसभा समारोहलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्। महासचिव पोख्रेलले अन्य छिमेकी देश र विश्वका राष्ट्रका भन्दा हामी नेपालीले बनाएको संविधानमा नागरिकतासम्बन्धी व्यवस्था ज्यादै लचिलो र खुकुलो भएको जिकिर गरे। अर्को प्रसङ्गमा महासचिव पोख्रेलले नेपालको भूमिमा सबैले बुझ्दै आएको नेपाली भाषा राष्ट्रिय भाषा हुने र प्रदेशमा बोलिने थारु, मैथिली, नेवारी, लिम्बू ,किरात भाषा सबै नै सरकारी कामकाजी भाषाका रुपमा प्रयोग गर्न पाउेन वर्तमान संविधानले छुट दिएको बताए। महासचिव पोख्रेलले अब केही समय पछि नै एमालेले मेची र महाकालीबाट संविधान कार्यान्वयनका लागि जनमत तयार पार्न तथा जनतालाई सडकमा ओराल्ने अभियान अघि बढाउने निधो गरिसकेको जानकारी गराए। कार्यक्रममा पार्टी सचिव भीम आचार्यले संविधान संशोधनको माग स्थानीयवासीको नभएको बताउँदै अनावश्यक रुपमा संशोधनको विषय उछालेर सत्ता पक्षले मुठभेड र द्वन्द्व निम्त्याएको आरोप लगाए ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











